"अगमवाणी गर्ने उत्कट इच्छा राख......."(१ कोरिन्थी १४ः३९)
१.परिभाषाः "अगमवाणी" भनेको मानिसहरुलाई "उत्साह, प्रोत्साहन र सान्त्वना" को
लागि बोल्नु हो वा अर्को शब्दमा "उत्साह, बल र सान्त्वना" (१ कोरिन्थी १४ः३
एनएलटी) । हिब्रू ३ः१३ मा हामीलाई एकअर्कालाई प्रोत्साहन दिन, तिनीहरुलाई
प्रेममा उठाउन भनिएको छ । त्यसैले, अगमवाणीमा हामीले मुख्यरुपमा प्रोत्साहनमा
ध्यान केन्द्रित गर्नुपर्छ ताकि हामीले निरुत्साहित मानिसहरुलाई उठाउन सकौं, र
यसरी तिनीहरुलाई पापद्वारा कठोर हुनबाट रोक्न सकौं । यदि हामीले त्यो राम्ररी
गर्यौं भने, प्रभुले हामीलाई ती शब्दहरु बोल्न पनि सक्षम बनाउन सक्नुहुन्छ जसले
तिनीहरुलाई चुनौती दिनेछ, अर्ती दिनेछ र पापको दोषी ठहराउनेछ । अगमवाणी
अन्यभाषाहरुमा बोल्ने वरदान भन्दा राम्रो छ, किनभने अगमवाणीले मण्डलीमा
मानिसहरुलाई उन्नत बनाउँछ, जबकि "अन्यभाषा" ले बोल्नेलाई मात्र सुधार गर्छ (१
कोरिन्थी १४ः४) ।
२.अगमवाणी सबैको लागि होः मण्डलीमा सबैले अगमवाणी गर्ने वरदानको इच्छा
गर्नुपर्छ (१ कोरिन्थी १४ः३१ अनुसार) । यो एक वरदान दाजुभाइहरुले मात्र होइन
तर दिदीवहिनीहरुले पनि पाउन सक्छन् । अगमवाणी बोल्दा दिदीवहिनीहरुले आफ्नो
टाउको छोप्नुपर्छ । र कारण यो होः १ कोरिन्थी ११ः३-१५ ले स्त्रीको शीर पुरुष
हो भनी सिकाउँछ । र जब एउटी महिलाले आफ्नो टाउको छोप्छिन्, उनीले चुपचाप गवाही
दिन्छिन् कि पुरुषको महिमा मण्डलीमा ढाकिएको हुनुपर्छ, ताकि केवल परमेश्वरको
महिमा देखियोस् ।
३. निश्चित गर्नुहोस् कि यो व्यक्तिगत होः प्रचार गर्न सन्देशहरु तयार
गर्दैगर्दा, हामीले यो निश्चित गर्नुपर्छ कि यो हाम्रो व्यक्तिगत अनुभव हो र
केवल सिद्घान्त होइन । येशूले पहिले नै अभ्यास गरिसक्नु भएका कुराहरु मात्र
बोल्नुभयो (प्रेरित १ः१ ले भन्छः "येशूले पहिले गर्नुभयो र त्यसपछि
सिकाउनुभयो") । हामीले कहिल्यै अभ्यास नगरिएका सिद्घान्तहरुको प्रचार
गर्नुहुँदैन । यदि हामी सँग बाँड्नलाई कुनै नयाँ कुरा छैन भने, हामीले पहिले
नै बोलेका कुराहरु दोहोर्याउनु असल हुन्छ, तर हामीले हाम्रो जीवनमा कहिल्यै
अभ्यास नगरेका कुराहरु होइन । यदि उहाँको आज्ञाकारितामा हामीले जीवन व्यतित
गरेका छौं भने मात्र ख्रीष्टको अख्तियारले हामीलाई समर्थन गर्नेछ । र त्यसकारण
जब हामी परमेश्वरको वचन अध्ययन गर्छौं, सबैभन्दा पहिले हामीले यसलाई आफ्नो
जीवनमा पालन गर्नुपर्छ, हामीले त्यसो गर्नैपर्छ । त्यसपछि हामीले हाम्रो
जीवनमा अभ्यास र अनुभव गरेका कुराहरु बोल्नसक्छौं ।
४.नम्र हृदयहोस्ः हामीले आत्म-विश्वासको भावनामा कुनै पनि कुरा बाँड्नुहुन्न,
र हामीले मानिसहरुको माझमा कहिल्यै प्रचार पनि गर्नुहुन्न । जीवनका सबै
समस्याहरुको समाधान गरिसकेका छौं भन्ने छाप पनि अरुलाई हामीले दिनुहुँदैन ।
बरु हामीले हाम्रो विश्वासको स्तर अनुसार मात्र अगमवाणी गर्नुपर्छ (रोमी १२ः६)
। र हामीले सधैं नम्र हृदयले केवल येशूलाई उचाल्नलाई बोल्नुपर्छ । जब केवल येशू
उचालिनुहुन्छ, उहाँले मानिसहरुलाई आफूतिर तान्नुहुन्छ (यूहन्ना १२ः३२) । र
यसैले हामीले धेरै प्रार्थना गर्नुपर्छ कि उहाँको वचन घोषणा गर्दा प्रभुले
हामीलाई सधैं नम्र हृदय राख्न मद्दत गर्नुभएकोहोस् ।
५.शरीरमा भरोसा नराख्नुहोस्ः "शरीरमा विश्वास नराख्ने हामी साँचो खतना हौं"
(फिलिप्पी ३ः३) । यदि हामीमा सार्वजनिक रुपमा बोल्ने साहसको कमी छ भने, हामी
पछि हट्नुहुँदैन, तर सामथ्र्यको लागि प्रभुलाई खोज्नुपर्छ र उहाँले हामीलाई
बलियो बनाउनुहुनेछ । तर यदि हामीसँग सार्वजनिक रुपमा राम्रोसँग बोल्ने
प्राकृतिक क्षमता छ भने हामीले त्यसमा भर नपर्ने कुरामा सुनिश्चित गर्नुपर्छ,
तर हामीलाई बलियो बनाउनको लागि, प्रार्थनामा, अझै धेरै प्रभुमा भरपर्नुपर्छ ।
अगमवाणीमा विश्वास र प्रभुमा निर्भरता अत्यन्तै आवश्यक छ ।
६.धेरै प्रार्थना गर्नुहोस्ः हामीले के बाँड्ने र के बाँड्न नहुने भन्ने बारे
बुद्घिको लागि परमेश्वरसँग सोध्दै हामीले प्रार्थना गर्नुपर्छ (याकूब १ः५) ।
जसरी हामीले बोल्दछौं, हामीलाई सही आत्मा र सही मनसायमा बोल्न सक्षम बनाउनको
लागि हामीले पवित्रआत्माको शक्ति माग्नुपर्छ (लुका ११ः१३) । र हामीले यसलाई
समाप्त गरेपछि प्रार्थना गर्ने बानी बसाल्नुपर्छ । रोपिएको वचनको बीउ केही
मलिलो भूमिमा परेको होस् र फल फलेको होस् । र हामीलाई घमण्डबाट पनि टाढा
राख्नुभएको होस् यदि अरुले हामीले बाँडेका कुराहरुको कदर गर्छन् भने, र हामीले
बाँडेका कुराहरुको कदर नगर्नेलाई निरासाबाट पनि वन्चित गराउनुभएको होस् भनी
हामीले प्रार्थना गर्नैपर्छ । प्रभुले हामीले के बोलेको चाहनुहुन्छ त्यो कुरा
बोल्यौं र के त्यो नम्रतामा बोेल्यौं भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण हो ।
यदि हामीले ती गर्यौं भने, तब परमेश्वरको महिमा हुनेथियो, र त्यो सबै
महत्वपूर्ण छ ।
७.तयारीमा समय खर्चनुहोस्ः यदि हाम्रो लागि बोल्नु संघर्ष हो भने, हामीले
बोल्न खोजेको कुराको तयारीमा समय खर्च गर्नुपर्छ, बोल्नको लागि तोकिएको समय
भित्र रहेर, हामीले जोड दिइरहेका मुख्य कुरामा अडिग रहनुपर्छ । यदि हामीले
बाँड्न चाहेको कुरा लेख्यौं भने, ट्रयाकमा रहन सजिलो हुनेछ र दिइएको समयमा रहन
पनि सजिलो हुनेछ । तर हामीले पहिला कडा मेहनत गर्नुपर्छ । हामीले जे रोप्छौं
त्यही कटनी गर्छौं भनेर बाइबलले बताउँछ (गलाती ६ः७) । हितोपदेश १३ः४ ले
परिश्रमीको आत्मा धनी तुल्याइनेछ भनेर भन्छ । परमेश्वरले कडा मेहनतको इनाम
दिनुहुन्छ । १ कोरिन्थी १४ः४० ले हामीलाई बताउँछ कि "सबै कुराहरु ठीकसँग र
व्यवस्थित हुनुपर्छ" । त्यसैले सधैं स्पष्ट बोल्न खोज्नुहोस् र व्यवस्थित
तरीकामा । हामीले परमेश्वरको वचनलाई सधैं मानिसहरुले सजिलै बुझ्न सक्ने
तरीकामा प्रस्तुत गर्नुपर्छ, जसरी एक असल सेफले मानिसहरुले सजिलै पचाउन सक्ने
खाना तयार गर्न कडा मेहनत गर्छन् । सधैं केही नयाँ बोल्न नखोजेर हामी केही
कुराहरु दोहोर्याउन इच्छुक हुनुपर्छ । प्रभुले हाम्रो हृदयमा जे राख्नुभएको छ
त्यो अति उत्साहजनक नदेखिन सक्छ । तर यदि हामीले बाँडिरहेको (हाम्रो ज्ञानको
अतिउत्तममा) कुरा परमेश्वरको हामी द्वारा बाँड्ने इच्छा हो भनी विश्वस्त छौं
भने, हामी निश्चित हुनसक्छौं कि प्रभुले त्यसमा आशिष दिनुहुनेछ ।
८.यसलाई सरल राख्नुहोस्ः येशूले सधैं सरल बोल्नुभयो । उहाँले सिकाउनुभएको
कुरामा उहाँ व्यावहारिक हुनुहुन्थ्यो र उहाँका शब्दहरु सधैं बुझ्न सजिलो थियो
। सत्य हराउन सक्छ जब मानिसहरुले चलाखीपूर्ण शब्दहरु र तिनीहरुको वक्तृत्व
कौशल प्रयोग गर्ने प्रयास गर्छन् । सधैं बच्चाले पनि बुझ्ने र हामीले बोलेका
कुराबाट केही निकाल्न सक्ने तवरले हामीले बोल्नुपर्छ ।
९.कहिले रोकिने भनेर जान्नुहोस्ः येशूले आफ्ना सन्देशहरुलाई कहिल्यै
तन्काउनुभएन । डाँडामाथिको सन्देश केवल २० मिनेटको थियो । परमेश्वरले धेरै
छोटो समयमा धेरै शक्तिशाली वचन दिनसक्नुहुन्छ । धेरै लामो बोल्दा धेरै
मानिसहरुलाई पचाउन गाह्रो हुनसक्छ । यसले धेरै मानिसको ध्यान भंग गरिदिनसक्छ ।
गुणस्तर मात्रा भन्दा महत्वपूर्ण हो । उपदेशक ६ः११ ले भन्छ, "जति धेरै
शब्दहरु तिमीले बोल्छौ, त्यति नै कम मान्यता तिनले दिन्छन् । त्यसोभए के
तिनीहरु राम्रा हुन् ?" (एनएलटी) । लामो समयसम्म मानिसहरुको ध्यान खिच्नसक्ने
क्षमता धेरै कम व्यक्तिहरुमा हुन्छ । मानिसहरुले चासो गुमाएर आफ्ना घडीहरु
निरन्तर हेरिराख्ने तुल्याउने लामो सन्देश प्रचारगर्नु भन्दा प्रभुले हाम्रो
हृदयमा जे राख्नुभएको छ त्यो छोटो रुपमा बोल्नु राम्रो हो (लुका १४ः८-११) ।
१०.डराउने वा डरपोक होइन साहसी बन्नुहोस्ः "परमेश्वरले हामीलाई डर वा डरको
आत्मा होइन तर साहसको आत्मा दिनुभएको छ" (२ तिमोथी १ः७) । हामी साहसी
हुनसक्छौं किनकि ख्रीष्ट जो हुनुहुन्छ, र उहाँले हाम्रो आफ्नै जीवनमा के
गर्नुभयो भनेर हामीलाई थाहा छ । परमेश्वरले हाम्रा असिद्घताहरु पनि प्रयोग
गर्नसक्नुहुन्छ र तिनीहरु द्वारा अरुलाई आशिष दिन सक्नुहुन्छ । यदि हामीले
गर्नसक्ने सानो कुरा गर्यौं भने हामीले गर्न नसक्ने कुरा परमेश्वरले
गर्नहुनेछ, र हामीले जे बोल्छौं त्यसमा आशिष दिनुहुनेछ । यदि हामी पानीले
व्यारेलहरु भर्न विश्वासयोग्य छौं (कानामा जस्तै), तब प्रभुले पानीलाई
दाखमद्यमा परिणत गर्नुहुनेछ (यूहन्ना २ः१-११) । हामीले यो गर्न परमेश्वरमा
भरोसा गर्नुपर्छ । यदि हामीले उहाँमा भरोसा राख्यौं भने परमेश्वरले हाम्रो
कमजोरी मार्फत धेरैलाई आशिष दिनसक्नुहुन्छ ।
११.सधैं हृदयबाट अगमवाणी गर्नुहोस् ः हामीले हाम्रो मस्तिष्कबाट सिकाउनु
हुँदैन । बाइबलले भन्छ कि सबैले भविष्यवाणी गर्न सक्छन् (१ कोरिन्थी १४ः३१) तर
सबै शिक्षक हुन सक्दैनन् (१ कोरिन्थी १२ः२९) । सिकाइ धेरै महत्वपूर्ण कुरा हो ।
तर धेरै थोरैलाई शिक्षक हुन बोलाइन्छ । र यदि परमेश्वरले हामीलाई यस्तो गर्न
बोलाउनु भएको छैन भने हामीले कहिल्यै सिकाउने प्रयास गर्नु हुँदैन । १
कोरिन्थी ८ः१ ले भन्छ, "ज्ञानले मानिसलाई अहंकारी बनाउन सक्छ" । यसले हामीलाई
अरुलाई तुच्छ देख्ने तुल्याउन सक्छ । हामीले के भन्छौं त्यो मात्र होइन, तर
हामीले यसलाई कसरी भन्छौं (र कुन उद्देश्यले) भन्छौं त्यो पनि महत्वपूर्ण हो ।
यदि हामीसँग अरुको भलाइ सधैं मनमा छैन भने, हामी ज्ञान, सिद्घान्त, र
मानिसहरुको दिमागलाई उत्तेजित गर्ने र मनोरञ्जन गर्ने कुराहरुमा ध्यान
केन्द्रित गर्नेछौं । तर हाम्रो बोलाहट भनेको मानिसहरुलाई माथि उठाउनु र
तिनीहरुलाई चुनौती दिनु हो ।
१२.अगमवाणीको वरदान उत्सुकतापूर्वक खोज्नुहोस्ः अरुको प्रेमबाट (१ कोरिन्थी
१४ः१) । हामीले गर्ने सबै कुरा प्रेमबाट प्रवाहित हुनुपर्छ । प्रेमविनाको
उत्कृष्ट कार्य बेकार छ । त्यसैले हामीले मण्डलीको लागि प्रेम, र अरुलाई
निर्माण गर्ने र तिनीहरुलाई मद्दत गर्ने इच्छा लिएर अगमवाणीको वरदान खोज्नुपर्छ
। यो हाम्रो उद्देश्य सधैं हुनुपर्छ । भाइ जैक पुनेनले भनेझैं, "परमेश्वरको
सेवकको हृदयमा सधैं दुईवटा कुराहरु हुनुपर्छ, परमेश्वरको वचन र परमेश्वरका
जनहरु" ।
१३.व्यक्तिगत कुराकानीमा पनि अगमवाणी गर्नुहोस्ः अगमवाणी मण्डलीको वैठकमा
सार्वजनिक रुपमा बोल्दा मात्र गर्ने कुरामा सिमित छैन । हामी अरुसँगको
वार्तालापमा पनि अगमवाणी गर्नसक्छौं । यो फोनमा वा एसएमएस मार्फत, वा तिनीहरुको
घरमा कसैसँग बाँडचुड गर्दा कसैलाई प्रोत्साहन दिनसक्ने हुनसक्छ । प्रोत्साहन
भनेको अगमवाणी हो, र हामीले हरेक दिन मानिसहरुलाई प्रोत्साहन गर्ने प्रयास
गर्नुपर्छ (हिब्रू ३ः१३) । हामीले माया गर्ने मानिसहरुलाई पापद्वारा कठोर
हुनबाट यसले जोगाउनेछ । यदि हामीले अरुलाई आशिर्वाद दिन चाहन्छौं भने हामीले
यसरी नै गर्नसक्छौं । हामीले अवसरहरुको लागि हाम्रा आँखा खुल्ला राख्नुपर्छ ।
यदि प्रभुले हामीसँग हामीलाई आशिष दिने केही कुरा बोल्नुभयो भने हामी अरुलाई
पनि यो कुराले आशिष देऔं । अगमवाणी गर्नुभनेको "सही वचन सही समयमा बाँड्नु" हो
। र यसले अरुलाई सबैभन्दा धेरै आशिष दिनेछ (हितोपदेश १५ः२३) ।
परमेश्वरको महिमाको लागि त्यसोभए हामी अगमवाणी गर्न दृढतापूर्वक खोजौं ।