WFTW Body: 

हिब्रू ३:७ मा हामीलाई यसरी चेतावनि दिइएको छ, "आज उहाँको आवाज सुन्न आफ्नो हृदयहरु कठोर नपार।" र हिब्रू ३:१२ मा यसरी लेखिएको छ, "होसियार बस, नत्र ता तिमीहरुमध्ये कसैमा जीवित परमेश्वरदेखि टाढो लैजाने अविश्वासको खराब हृदय हुनआउला।" यहाँ लेखकले स्वर्गीय बोलावटको भागिदार हुनुभएको भाइहरु पनि शैतानको डर मान्न पुग्ने र येशू हाम्रो जस्तै शरिरमा आउनुभएको थियो भन्ने बारेमा अविश्वास गर्ने हृदय हुन सक्ने विषयमा चेतावनि दिनुहुन्छ। जब तपाई आफ्नो जिवनमा पुरै थाक्नुहुन्छ र हरेश खानुहुन्छ तब परमेश्वरले तपाईलाई यो प्रकाश दिनुहुन्छ कि येशू तपाईको जस्तै शरिरमा तपाईको निम्ति उदाहरण हुनको निम्ति आउनुभएको थियो। म एक समयमा पूर्ण रुपले हारेको विश्वासी थिए। र म मेरो हारेको जिवन देखेर थकित भएको थिएँ। मैले परमेश्वरलाई दिनरात यसरी प्रार्थना गर्थे, "प्रभु, मलाई थाहा छैन यसको उत्तर के हो; म एउटा प्रचारक हुँ तर मेरो गुप्त जिवनमा म एक हारेको पापी हुँ। म मेरो विचार्य जिवनमा हारेको छु, म मेरो शब्दहरु र मेरो पारिवारिक जिवनमा पनि हारेको छु। मैले नयाँ जन्म पाएको छु, मैले पानीको बप्तिस्मा पनि लिएको छु, तर म हारेको छु। मैले के जान्नुपर्छ सो मलाई देखाउनुहोस्।" तब परमेश्वरले मलाई भक्तिपूर्ण जिवनको एउटा रहस्य देखाउनुभयो - ख्रिष्ट शरीरमा आउनुभएको थियो र म जस्तै परिक्षामा पर्नुभएको थियो, तरै पनि उहाँले पवित्र जिवन जिउनुभयो। मैले यसलाई पूर्ण हृदयले विश्वास गरे - र यसले मेरो जिवन बदल्यो। हामीलाई यहाँ चेतावनि दिइएको छ कि यदि हामीमा अविश्वासले भरिएको हृदय छ भनें, म परमेश्वरबाट टाढा हुन सक्छु (हिब्रू ३:१२)।

तर यसको सट्टामा, अर्को पदले हामीलाई अर्को चुनाव दिदँछ, "तर जबसम्म 'आज' भनिन्छ, तबसम्म दिनहुँ एक-अर्कालाई अर्ति देओ" (हिब्रू ३:१३)। भोली के हुन्छ, सो हामी जान्दैनौँ। त्यसैले हामी आज केहि गरौँ। हामी आज कसैलाई उत्साह दिऔँ। यस अध्याय मुताबिक, हामीले कसैलाई हाम्रो स्वरुपमा आउनुभएको येशूलाई हेर्न प्रोत्साहन दिनुपर्छ।

हाम्रो जिवनको हरेक दिनको बोलावट येशूलाई माथी उचाल्नु हो। हाम्रो व्यवहार र हाम्रो शब्दहरुले सधैँ यो भन्नुपर्छ, "येशूलाई हेर। उहाँ कस्तो उदेकको मुक्तिदाता हुनुहुन्छ! उहाँले केवल मेरो पापलाई क्षमा गर्नुभएन, तर उहाँले मेरो जिवनलाई परिवर्तन गर्नुभएको छ। उहाँले मलाई आफ्नो शान्ति र आनन्दले भर्नुभएको छ ताकि म सधैँ आनन्द गर्न सकूँ। उहाँले मबाट मृत्युको डर हटाउनुभएको छ। येशूलाई हेर्नुहोस्।" हाम्रो जिवन हरेक दिन अरुको निम्ति चुनौति र उत्साह हुनुपर्छ। जब मानिसहरुले तपाईको चेहेरालाई हेर्छन्, त्यहाँ उनिहरुले परमेश्वरको महिमाको केहि झलक देख्न पाउँन्।

हिब्रू ३:१३ ले हामीलाई यो चेतावनि दिन्छ कि एउटा पछि हटेको विश्वासी बन्न केवल २४ घण्टा लाग्छ। त्यसैले हामीले प्रत्येक दिन एक-अर्कालाई प्रोत्साहन दिनुपर्छ। ख्रिष्टको शरिरमा हुँदा हाम्रो एक-अर्काप्रति जिम्मेवारी हुन्छ। कैनले भनेका थिए, "म मेरो भाइको गोठालो होइन।" तर ख्रीष्टको शरीरमा, हामी हाम्रो भाइहरुको र बहिनीहरुको गोठालाहरु हौँ। यदि तपाईले कसैलाई चिप्लदै गर्नुभएको देख्नुहुन्छ भने, उहाँलाई उत्साह दिनुहोस्। यदि तपाईले कसैलाई लडेको देख्नुहुन्छ भने, उहाँलाई उठाइदिनुहोस्।

यदि तपाईलाई उत्साह दिने कोहि पनि हुनुहुन्न भने, तपाईसँग पवित्र आत्मा र बाइबल हुनुहुन्छ। प्रेरित पावलले, बाइबलमा आफ्ना शब्दहरु द्वारा मलाई धेरै दिनहरुमा व्यक्तिगत रुपमा उत्साह र चुनौति दिनुभएको छ। पत्रुस, याकूब र युहन्नाले पनि मलाई उत्साह र चुनौति दिनुभएको छ। धेरै पटक जब मलाई डोर्याउन मेरो नजिक कुनै दाजुभाइहरु हुनुहुन्नथ्यो, यि प्रेरितहरुले बाइबलका पन्नाहरु द्वारा कुरा गरेर मलाई उत्साह दिनुभएको थियो। के प्रेरित पावल, पत्रुस र युहन्ना हामीसँग हाम्रो कोठामा हुनु एउटा उदेकको कुरा होइन र? तपाईहरु किन उहाँहरुद्वारा उत्साह पाउन तयार हुनुहुन्न? किन तपाईहरुले सधैँ उहाँहरुलाई किताब भित्र थुनेर राख्नुहुन्छ?

तपाईले बाइबलको बारेमा बताउने किताबहरुभन्दा बढि बाइबललाई पढ्नुपर्छ। म बाइबलका महान् विद्वानहरुले पत्रुस, पावल र यूहन्नाले लेख्नुभएको बारेमा के भन्नुभएको छ भनि जान्न चाहन्न। म उहाँहरु स्वयंसँग उहाँको बारेमा बोल्न चाहन्छु - र बाइबलीय किताबहरुद्वारा होइन।