WFTW Body: 

श्रेष्ठगीत सबै ख्रीष्टियानहरुका लागि एउटा महत्वपूर्ण पुस्तक हो । मैले मेरो ख्रीष्टियान जीवन सुरु गर्दा उहाँले मलाई यो पुस्तक सबैभन्दा पहिले अध्ययन गर्न अगुवाइ गर्नुभएकोमा म प्रभुप्रति निकै आभारी छु । ख्रीष्टसँगको व्यक्तिगत, मायालु, समर्पित सम्बन्ध त्यो स्रोत हो जहाँबाट प्रभुको लागि सबै साँचो सेवा बग्दछ - चाहे त्यो सुसामाचार प्रचार होस्, मण्डली रोपण होस्, बाइबल-शिक्षा होस्, सामाजिक कार्य होस् वा जेसुकै होस् । हामीले पहिले "दुलाहा र दुलहीको गीत" सिक्नुपर्छ, त्यो गीत जुन हाम्रा प्रभुले हाम्रो लागि गाउनुहुन्छ, र प्रतिउत्तरमा हामीले उहाँको लागि गाउँछौं ।

सोलोमनका गीतहरु १ः१ मा हामीले याद गर्ने पहिलो कुरा के हो भने यो सोलोमनको गीत हो, मुख्यतया दुलाहाको गीत, दुलहीको होइन । यसको मतलब यो मुख्यतया हाम्रो लागि हाम्रा प्रभुको गीत हो, उहाँको लागि हाम्रो गीत होइन । "हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो" (१ यूहन्ना ४ः१६) । हामीले उहाँलाई पहिले प्रेम गरेनौं । उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो । उहाँले हाम्रो लागि यो गीत गाउनुभएकोले मात्र हामी अब उहाँको निम्ति गीत गाउन सक्छौं ।

सोलोमनका गीतहरु ४ः८ मा हामी दुलहाले दुलाहीलाई यसो भनेको सुन्छौं, "लेबनानबाट मसँग आऊ । अमानाको चुचुरोबाट, सेनीर र हर्मोनको चुचुरोबाट, सिंहका गुफाहरुबाट तल हेर" (सोलोमनका गीतहरु ४ः८) । यो स्वर्गमा बस्नको लागि निमन्त्रणा हो । परमप्रभु भन्नुहुन्छ, "तल्लो, पार्थिव दृष्टिकोणबाट चीजहरुलाई नहेर । मसँग स्वर्गमा आऊ र त्यो स्थानबाट सबै कुराहरु हेर । त्यहाँबाट हेर्दा पृथ्वीका चीजहरु साना, मधुरो र बेकार हुनेछन् ।" प्रभुले हामीलाई अझ माथि उठाउन चाहनुहुन्छ । यो साँचो हो, त्यहाँ सिंहहरु छन् - ती हुन् राक्षसहरु, दुष्टका राज्यहरु र शक्तिहरु । तर हामी त्यहाँ प्रभुसँगै हुनेछौं र उहाँसँगै हामी मिलेर ती सबै दुष्ट शक्तिहरुलाई जित्नेछौं ।

सोलोमनका गीतहरु ४ः१२ मा दुलाहाले दुलहीलाई "बन्द गरिएको बगैंचा" भनेका छन्, जुन केवल दुलाहाको लागि मात्र विशेष बगैंचा हो । उनी अरु कसैकी होइनन् । उनी केवल आफ्नो प्रभुकी हुन् । के प्रभुसँग तपाईंको सम्बन्ध त्यस्तै छ ? के प्रभुले तपाईंलाई भन्न सक्नुहुन्छ, "तिमी मेरो निजी बगैंचा हौ, केवल मेरो" ? हामीलाई आकर्षित गर्नसक्ने संसारमा धेरै कुराहरु छन् जस्तै हामीलाई चाहिने भन्दा पनि बढी पैसा कमाउने अवसरहरु, सांसारिक शक्ति र प्रसिद्धि प्राप्त गर्ने र आफ्नो लागि नाम कमाउने, आदि । यस्ता प्रलोभनहरुलाई दुलहीलाई फसाउन खोज्ने अन्य पुरुषहरुसँग तुलना गर्न सकिन्छ । तर यहाँ दुलही आकर्षित हुँदिनन् । उनी आफ्नो प्रियजनसँग मात्र लागिरहन्छिन् । उनी आफ्नो दुलाहाको मात्र हुन् । धेरै कम विश्वासीहरु ख्रीष्टसँगको यस्तो सम्बन्धमा बस्दछन् र त्यसैले तिनीहरुले उहाँलाई नजिकबाट चिन्दैनन् र उहाँको वचन बुझ्दैनन् । बाइबल बुझ्ने रहस्य भनेको सबैभन्दा पहिले प्रभुसँग घनिष्ट सम्बन्ध राख्नु हो - उहाँको वचनको अर्थ के हो भनेर उहाँले भन्दा राम्रोसँग अरु कसले बुझाउन सक्छ । सुरुका चेलाहरु जस्तै उहाँसँग हिँड्नुहोस् र उहाँको बोली सुन्नको लागि तिर्सना गर्नुहोस् । तब तपाईंका आँखाहरु तिनीहरुका आँखाहरु जस्तै खुल्नेछन् र तपाईंको हृदय तिनीहरुका हृदय जस्तै ज्वालाले भरिनेछन् ।

श्रेष्ठगीत ५ः२ मा जब दुलाहा मध्यरातमा "मेरो लागि ढोका खोल, मेरी प्रिय" भन्दै आए, तब दुलही लुगा लगाउन र ढोका खोल्न अल्छी भइन् (श्रेष्ठगीत ५ः३) । उनी चिन्तित भइन् कि उनका खुट्टा (जुन उनले धोएकी थिइन्) फोहोर हुनेछन् । उनले आफैं ढोका खोल्ने प्रयास गरे (श्रेष्ठगीत ५ः४) । त्यसपछि दुलहीले आफ्नी मन परिवर्तन गरिन् र ढोका खोलिन्, तर उनको प्रियतम त्यहाँबाट गइसकेको पाइन् । जब तिनले उनीलाई बोलाए, उनीले तुरुन्तै जवाफ नदिएकीले तिनी त्यहाँबाट गए । हामीलाई पनि त्यस्तै हुनसक्छ । प्रभुले हामीलाई भन्नसक्नुहुन्छ, "अब तिमीहरुले गरिरहेका सबै कुरा छोड । त्यो पुस्तक बन्द गर । त्यो वार्तालाप बन्द गर । मसँग एक्लै बस र मसँग कुराकानी गर । हामीसँगै घुम्न जाऔं ।" अनि हामी यसो भन्दै जवाफ दिन सक्छौं, "प्रभु, पर्खनुहोस् । मेरो केही महत्वपूर्ण काम छ । यो पन्ध्र मिनेटमा सकिनेछ । त्यसपछि म आउँछु ।" अनि पन्ध्र मिनेट पछि, जब हामीले त्यो महत्वपूर्ण (?) काम सक्छौं, हामी भन्छौं, "म अब तयार छु ।" तर हामीले उहाँ जानुभएको पाउँछौं । हामीले उहाँलाई भेट्टाउन सक्दैनौं । के तपाईं परमेश्वरको प्रभावकारी सेवक बन्न चाहनुहुन्छ ? प्रभुले बोलाउँदा सबै कुरा त्याग्ने र उहाँको कुरा सुन्ने बानीको विकास गर्नुहोस् । तपाईंले कहिल्यै पछुताउनु पर्दैन ।

सोलोमनका गीतहरु ५ः३ मा दुलाहाले दुलहीलाई भन्छन्, "म रातमा बाहिर छु र शीतले भिजेको छु" । येशू हराएकाहरुलाई खोज्न र बचाउन पृथ्वीमा आउनुभएको हुनाले, उहाँले क्रुसको बाटो (आत्म-त्यागको) हिँड्नुभयो र यस संसारको अँध्यारो रातमा हराएका भेडाहरुलाई खोज्दा दुःख भोग्नुभयो । अब उहाँले आफ्नी दुलहीलाई पनि त्यही बाटोमा हिँड्न आमन्त्रित गर्नुहुन्छ । तर उनी अनिच्छुक छिन् ।

सोलोमनका गीतहरु ६ः४-१० मा दुलाहाले आफ्नी दुलहीको लागि आफ्नो कदर व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुहुन्छ कि सबै महिलाहरुमध्ये कोही पनि उहाँकी दुलही जस्तो छैन, उहाँको सिद्ध । म उनीलाई सबैभन्दा माथि छनौट गर्छु । हरेक पतिले आफ्नी श्रीमतीलाई यसरी हेर्नुहुन्छः संसारमा धेरै आकर्षक महिलाहरु छन्, तर मेरी श्रीमती जस्तो कोही छैन । उनी मेरो नजरमा नम्बर वान हुन् । हाम्रो बारेमा परमप्रभुले यही भन्नुहुन्छ । उहाँले हामीलाई संसारका सबै चलाख मानिसहरु, धनी मानिसहरु र महान् मानिसहरु भन्दा बढी कदर गर्नुहुन्छ ।

सोलोमनका गीतहरु ७ः१-९, दुलाहाले आफ्नी दुलहीको प्रशंसा गर्नुहुन्छ । हामीले स्पष्टरुपमा हेर्नु आवश्यक छ कि हाम्रा सबै कमजोरीहरुको बावजुद, हाम्रा प्रभुले वास्तवमा हामीलाई प्रशंसा गर्नुहुन्छ र हाम्रो कदर गर्नुहुन्छ । धेरै विश्वासीहरु निरन्तर आत्म-निन्दाको साथ जिउँदछन्, किनभने तिनीहरुले विश्वास गर्न सक्दैनन् कि प्रभुले तिनीहरुलाई प्रशंसा गर्नुहुन्छ । अनि जब दुलाहाले दुलहीको ओठको प्रशंसा गर्नुहुन्छ, उनी तुरुन्तै जवाफ दिन्छिन् कि यो उहाँको ओठको बारेमा अझै सत्य छ (श्रेष्ठगीत ७ः९) ! यसले दुई बीचको उच्च स्तरको घनिष्ठताको बारेमा कुरा गर्छ, जुन प्रकारको घनिष्ठता हामीले हाम्रा प्रभुसँग राख्नुपर्छ ।

सोलोमनका गीतहरु ७ः१० मा, दुलहीले भन्छिन्, "म मेरो प्रियतमकी हुँ र उहाँको इच्छा ममाथि छ" । यहाँ दुलहीले केवल यो भनिरहेकी छैनन् कि परमप्रभु उनको हुनुहुन्छ, तर प्रभु उनीसँग पनि प्रसन्न हुनुहुन्छ । प्रभुले भन्नुहुने एउटा कुरा हो, "म तिमीलाई माया गर्छु" । यो प्रभुले भन्नुहुने एकदमै फरक तरिका हो, "म तिमीसँग खुशी छु" । पति आफ्नी पत्नीलाई माया गर्नसक्छ । तर उनको काम गर्ने तरिकाबाट ऊ खुशी नहुन सक्छ । प्रभुले तपाईंलाई माया गर्न सक्नुहुन्छ, तर उहाँ तपाईंको जीवनमा धेरै कुराहरुबाट खुशी नहुन सक्नुहुन्छ । परिपक्व प्रेमले प्रभुलाई खुशी पार्न खोज्छ । अब दुलही दुलाहाको सहकर्मी बन्छिन् र भन्छिन्, "आउनुहोस् मेरो प्रिय, हामी खेतमा जाऔं" (श्रेष्ठगीत ७ः११) । अब दुलहीले आफ्नो दुलाहाको चिन्तालाई एउटा गरिब संसारको लागि बोक्छिन् जहाँ खेतहरु कटनीको लागि सेता भएका छन् । तर कहिल्यै पनि ती खेतहरुमा एक्लै नजानुहोस् । आफ्नो प्रियजनसँग त्यहाँ जानुहोस् । उहाँसँग सम्बन्ध बनाउनुहोस् र त्यसपछि उहाँको सेवा गर्नुहोस् । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंले कुन क्षेत्रमा उहाँको निम्ति काम गर्न सक्नुहुन्छ भन्ने कुराको राम्रो ज्ञान छ ।

यसरी नै मैले विगत साठी वर्षदेखि प्रभुको पूरा समयको सेवकको रुपमा सेवा गर्ने जमर्को गरेको छु । म कहिल्यै कतै एक्लै जान चाहन्न । मैले भनेको छु, "प्रभु, तपाईंले बाटो देखाउनुहोस् र म पनि तपाईंसँगै आउनेछु । हामी सँगै खेतमा जाऔं । तपाईं कता जाँदै हुनुहुन्छ मलाई भन्नुहोस् । अनि यदि तपाईं कुनै ठाउँमा जाँदै हुनुहुन्न भने, म पनि त्यो ठाउँमा जान चाहन्न ।" यदि हामीले प्रभुसँगको संगतिमा र उहाँको अधीनमा रहेर सेवा गर्छौं भने, हाम्रो जीवनमा कुनै घमण्ड हुने छैन, न त हाम्रो सेवकाइको तुलना अरु कसैको सेवकाइसँग हुनेछ ।