WFTW Body: 

दाऊद भजनसंग्रह २७:४ मा बताउँछन्, "एउटै कुरा मैले परमप्रभुबाट मागेको छु, र त्यसैको पछि म लागनेछु - परमप्रभुको सुन्दरता निहार्न र उहाँको मन्दिरमा सोधपुछ गर्न म मेरो जीवनभरि नै परमप्रभुको भवनमा रहन पाऊँ।"

दाऊद एक महान् राजा थिए। उनि धनि थिए, उनले धेरै युध्दहरु जितेका थिए र उनको ठूलो इज्जत पनि थियो। तर पनि उनले भने, "म सन्तुष्ट छैन। मैले प्रभुसँग एउटा कुराको माग गरेको छु। म यस संसारको राजा बनुँ भनि होइन, वा म एक असल प्रचार बनुँ भनि होइन, वा म धेरै प्रसिध्द होऊ भनेर पनि होइन। तर एउटा कुरा जुन मैले प्रभुसँग मागेको छु त्यो यो हो कि म मेरो प्रभुको सुन्दरता निहार्न पाउँ, र मेरो पुरा जिवनभरी नै उहाँको सुन्दरता झन धेरै, झन धेरै निहार्न पाउँ।" के त्यो हाम्रो जिवनको पनि एउटा इच्छा हो?

यूहन्ना २० अध्यायमा, हामी अर्को त्यस्तो व्यक्तिको बारेमा पढ्छौँ जसको पनि केवल यहि एउटा इच्छा थियो। उनि मरियम मग्दलिनी हुन्। उनि त्यस आइतबार बिहानै चिहानमा गइन्। उनि किन त्यस समयमा सुतिरहेकि थिइनन्? किन उनि त्यति सबेरै, अझै अध्यारो हुँदै उठिन्, र चिहानतिर गईन? किनकि उनको जिवनमा एउटा चाहना थियो, कि उनि आफ्नो प्रभुलाई निहार्न सकून्। हामी यो पढ्छौ कि जब उनि त्यहाँ आईन्, उनले चिहान रित्तो देखिन्। त्यसैले, उनि दगुर्दै गएर अरु चेलाहरुलाई बताईन्। उनिहरुपनि आएर त्यस चिहानभित्र हेरे, र आ-आफ्ना घरतिर फर्के, सायद फेरी गएर सुते होलान्।

तर मरियम मग्दलिनी चिहानमा बाहिरपट्टि रुँदै उभिरहिन्। तपाईहरु दैख्न सक्नुहुन्छ, चेलाहरुले प्रभुलाई त्यति प्रेम गर्दैन थिए जति मरियमले गर्दथिइन्। चेलाहरुले, खाली चिहान देखेपछि सुत्न गए। तर मरियमले त्यसो गर्न सकिनन्, किनकि येशू तिनको लागी सबथोक हुनुहुन्थ्यो। परमेश्वरलाई आज मण्डलीमा यस्तो मानिसको खाँचो छ। जब प्रभु येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, उनले उहाँ माली हुनुहुन्छ भनी ठानेर भनिन्, "हजुर, तपाईले उहाँलाई यहाँबाट लैजानुभएको छ भने तपाईले उहाँलाई कहाँ राख्नुभएको छ, मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु" (यूहन्ना २०:१५)। उनि उहाँको मृत शरीरलाई बोक्न पनि तयार थिइन्। अब तपाई जान्नुहुन्छ, एउटा स्त्रीलाई मृत शरीर बोक्न लगभग असम्भव हुन्छ। तर प्रभुप्रति उनको प्रेम यति थियो कि, उहाँको लागी उनि कुनै पनि कठिन परिस्थिति भएर जान तयार थिइन्। यो "परमेश्वरको चेहराको खोजी गर्नु" भन्ने वाक्यांशको अर्थ हो। यसको मतलव केवल एउटा इच्छा हुनु हो - प्रभुको सुन्दरता निहार्नु - अरु केहि पनि होइन। यस संसारमा एक धनी मानिस बन्नु वा महान् व्यक्ति बन्नु मेरो लागी होइन तर दिन प्रतिदिन केवल परमेश्वरको सुन्दरतामा अधिक र अधिक दृष्टि लगाई राख्नु हो।

मलाई एउटा कथा थाहा छ जहाँ एउटा मान्छे एकपल्ट एउटी विधवाको घरमा जान्छन्। उनि एकदम गरिब आइमाइ थिइन्, तर उनले प्रभुलाई प्रेम गर्दथिन्। उनको चार वा पाँच जना सन्तान थिए, र उनि धेरै सानो माटोको घरमा बस्थिन्। त्यस मानिसले उनलाई सोध्यो, तपाईको घर कसरी आनन्द र शान्तिले पूर्ण छ? तपाईसँग खास्सै पैसा पनि छैन। तपाईको बच्चाहरुले आधा पेट खाना खान्छन्, र पनि सधै मुस्कुराउँछन्। तपाईको घरमा कति कठिनाई र बिमारीहरु छन् र तब पनि तपाई सधै आनन्दित हुनुहुन्छ। तपाईको जिवनको रहस्य के हो? उनले जवाफ दिएर भनिन्, "येशू ख्रीष्ट मेरो निम्ति सबै हुनुहुन्छ। मलाई यस संसारमा अरु केहि पनि चाहिदैँन।"

प्रियहो, यदि हाम्रो लागी प्रभु येशू ख्रीष्ट सबै बन्नुहुन्छ भने, हामी पनि ति विधवा जस्तै हुनेछौँ।

आमेन!!