WFTW Body: 

संसारलाई ख्रीष्टको शरीरको सन्तुलित छायाङ्कन देखाउनको निम्ति परमेश्वरले हाम्रो भिन्न स्वभाव र वरदानको प्रयोग गर्नुहुन्छ। हामी आफैले केवल ख्रीष्टको असन्तुलिन शरीरलाई देखाउन सक्छौ। कुनै पनि मानिसको एकल सेवाकाईले असन्तुलिन विश्वासीहरुको चित्रलाई मात्र देखाउन सक्छ। हामी ख्रिष्टको शरीरमा हुनुभएको भिन्न स्वभाव र विचार भएको मानिसहरुको निम्ति परमेश्वरप्रति धेरै धन्यवादी हुनुपर्छ। उदाहरणको निम्ति, यदि कुनै दुई दाजुभाईले एउटै विश्वासीहरुको समुहमा सेवाकाई गर्दै हुनुहुन्छ, र एकजनाले यो कुरामा जोड दिनुहुन्छ कि, "आफू पवित्र आत्माले भरिनुभएको कुरामा पुरा विश्वस्त नहुनुहुनुहोस्, किनकी तपाईले आफैलाई धोका दिइरहनुभएको हुन सक्छ", र अर्को भाईले यो कुरामा जोड दिनुहुन्छ कि, "तपाई पवित्र आत्माले भरिनुभएको छ कि छैन भनि निश्चित हुनुहोस्", अरुको अघि उहाँहरुले एकअर्काको कुराको विरोध गर्नुभएको जस्तो देखिन सक्छ। तर उहाँहरुको सेवाकाई सङ्गै पुरा हुनको निम्ति दुबै कुराहरु जरुरी छन्।

ख्रीष्टको शरीरमा, क्याल्भ्यानिस्ट र आर्मेनियन सङ्गै सेवा गरिरहेको हामी पाउन सक्छौ, दुबैले आफ्नै तर्क ल्याउनुहुन्छ - किनकी दुबै विचारहरु बाईबलमा पाइन्छ। कार्ल्स सिमियोनले एकपल्ट यसरी भन्नुभएको थियो, "सत्यता बिचमा हुदैनँ, न ता कुनै एक पक्षमा हुन्छ, तर दुबै पक्षमा हुँदछ।" त्यसैले, हामीलाई दुबै पक्षको कुरा गर्ने व्यक्तिहरु चाहिन्छ।

ख्रिष्टको शरिरमा, दुबै खुलेर बोल्ने र लज्जालु स्वभाव भएकाहरुको निम्ति ठाउँ छ। विभिन्न स्वभावहरुले एक अर्कालाई पुरा गर्दछ। कुनै मानिसहरु बढि होसियारीपूर्वक काम गर्नेहरु हुन सक्छन्; जसले कुनै पनि कुरालाई धेरै बेर विचार नगरीकन निर्णय गर्दैनन्, जस्तै; त्यो कुराले हुने फाइदा र बेफाइदालाई सोच्ने, र धेरै बेर सम्म त्यस कुरामा बिचार गरेर अघि बढ्ने कि नबढ्ने कुरामा निर्णय गर्दछन्। अरु भने त्यसबाट हुने कुनै पनि फाइदा बेफाईदा केहिलाई पनि बिचार नगरीकन, नसोचिकन अघि बढ्छन्। ख्रिष्टको शरीरमा यस्ता (र अरु किसिमका) स्वभावहरु पाईन्छ। र तबमात्र त्यहाँ सन्तुलन हुँदछ। यदि शरीरमा सबैजना हिच्किचाउने, धेरै सोच्ने स्वभावका हुनुभएको भए, प्रगती धेरै ढिला हुने सम्भावना हुँदछ। त्यसैगरि यदि त्यहाँ सबैजना हतार गरेर निर्णय गर्ने स्वभाव भएकाहरु हुनुहुन्छ भने, त्यहाँ धेरै नसकिएका कार्यहरु हुन सक्छ।

हरेक स्वभावको आफ्नै क्षमता र कमजोरी हुन्छ। यदि भिन्न स्वभाव भएका भिन्न मान्छेहरु, विश्वासीको रुपमा सँगै काम गर्छन् भने, संसारलाई ख्रीष्टको पूर्ण र ठीक छायाङ्कन देखाउन सजिलो हुन्छ। त्यसैले हामीले हरेकलाई हाम्रो जस्तै स्वभाव भएको बनाउन प्रयास गरेर समय व्यतित गर्नुहुन्न। हामीले हरेकलाई आफू जस्तो हुनुहुन्छ, त्यस्तै हुन अनुमति दिनुपर्छ। हामीले यो कुरामा बढि ध्यान दिनुपर्छ कि, हामीले कसरी आफ्नो भाइको कमजोरीमा सहायता गर्न सक्छौ। र हाम्रो कमजोरीमा पनि उहाँले सहायता गर्नुहुन्छ।

आफूले गर्ने एकल सेवाकाईले भन्दा, पत्रूस र यूहन्ना (जसको स्वभाव भिन्न छ), सँगै मिलेर काम गरेकोले परमेश्वरलाई झन् बढ्ता गरि महिमा मिल्यो। पावल र तिमोथी - आफ्नो स्वभावमा भिन्नै भएतापनि सुसमाचारमा सँगै मिलेर दु:ख भोगेर एउटा असल सहकर्मी बने।

मण्डलिमा अति बुध्दिमान र ठिक्कको ज्ञान भएको मानिसहरु हुन्छन्। परमेश्वरको सत्यतामा उनिहरुको कुरा स्वभाविक रुपमा भिन्न हुन्छ। तर कुनै पनि वर्गले एक-अर्कालाई तुच्छ ठान्न र आलोचना गर्न हुदेँन, किनकी ति दुबै, संसारमा भएका विभिन्न स्वभाव भएका मानिसहरुकहाँ सुसमचार पुर्याउनको निम्ति, दार्शनिक र गृहिणी, विध्यार्थी र किसान, आदिलाई ख्रिष्टको शरीरमा ल्याउनको निम्ति उत्ति नै आवश्यक छन्। परमेश्वलाई आफ्नो कामको निम्ति पावलजस्तो बुध्दिमान् र प्रतिभाशील व्यक्तिको खाँचो थियो र पत्रूसजस्तो अनपढको पनि खाँचो थियो। उनिहरुको त्यहि सुसमाचालाई प्रचार गर्ने भिन्न तरिका थियो, तर उनिहरु दुबैले आ-आफ्नो भूमिका निभाउनु पर्थ्यो, किनकी यदि तिनीहरुले एकअर्काको जस्तै काम गर्न खोजेको भए परमेश्वरले उनिहरुद्वारा गर्ने खोज्नुभएको कार्यलाई पूरा गर्न सक्दैनथे।

पश्चतापले मान्छेको बौध्दिक क्षमतालाई बदल्दैन। त्यसले मानिसलाई आफ्नो सामाजिक प्रतिष्ठालाई बदल्न पनि लगाउदैन। यद्धपी सामाजिक भिन्नताहरु ख्रिष्टमा कुनै महत्वको नभए पनि सुसमाचारले यस संसारको तहलाई मेटाउदैन। परमेश्वरलाई फिलेमोनजस्तो धनि व्यक्तिको पनि खाँचो छ र ओनेसिमस जस्तो फिलेमोनको घरमा भएको दासजस्तोको पनि खाँचो छ। उनिहरुको जिवनको सामाजिक तह बदलिएन, तर उनिहरुले ख्रिष्टको शरिरमा दिने सेवाकाई बेग्लै थियो जुन उनिहरु एकले अर्काको गर्न सक्दैनथे। त्यसैले उनिहरु सुसमाचारमा सँग-सँगै परिश्रम गर्न सक्थे।

परमेश्वरले कहिल्यै पनि ख्रिष्टको शरिरलाई गाडि फ्याक्ट्रिबाट निस्किएझैँ हरेक कुरामा एउटै हुनुपर्छ भन्ने भाव राख्नुभएन। होईन। ख्रिष्टको शरिरको सेवाकाई उनिहरुको भिन्न सदस्यहरुमा निर्भर छ। त्यहाँ सबै एकसाथ र एकै प्रकारको भएको भए आत्मिक स्थिरता भएर मृत्यु हुन्थ्यो।

हाम्रो एकअर्कासँगको असहमतिलाई पनि परमेश्वरले हाम्रो सङ्गतिलाई गहिरो रुपमा लगेर हामीलाई आत्मिक परिपक्वतामा बढाउन प्रयोग गर्न सक्नुहुन्छ। हितोपदेश २७:१७ बताउँछ, "फलामले फलामलाई धारिलो पार्छ, त्यसरी नै मान्छेले आफ्नो साथीको चेहरालाई धारिलो पार्छ।" धारिलो पार्ने क्रममा त्यहाँ झिल्काहरु हुन सक्छ, तर यसले फलामको दुईतिर नै धार लाउँछ। कहिलेकाहिँ परमेश्वरले आफ्नो काममा भिन्न स्वभाव भएको मानिसलाई सँगै राख्न सक्नुहुन्छ, र जसरी उनिहरु सँगै मिहिनेत गर्छन्, उनिहरु बिच झिल्काहरु उड्न सक्छ, तर त्यो उनिहरुलाई "धारिलो" पार्ने परमेश्वरको योजना हुनसक्छ। यदि एउटा मान्छे फलाम जस्तो र अर्को माटो जस्तो हुन्छ भने त्यहा न कुनै "झिल्का" हुन्छ न त कुनै "धारिलो हुने" कुरा हुन्छ। बरु त्यस माटोमा फलामको छाप हुन्छ - एउटा बलियो बिचारधारा भएको मान्छेले कमजोर विचार भएको मान्छेमाथि जबरजस्ति आफ्नो विचारधाराहरु राख्छ। परमेश्वरको योजना एउटा मान्छेले अर्को मान्छेमा जबरजस्ति आफ्नो बिचारधारा राख्नु होइन, तर तिनीहरुले एक अर्काबाट सिक्नु हो। हामी असहमत हुन सक्छौ, तर पनि हामी एकै हुन सक्छौ, र अझै पनि एक-अर्कालाई प्रेम गर्न सक्छौ - होइन! तर अब हामी एक-अर्कालाई पहिले भन्दा बढि प्रेम गर्न सक्छौँ।