WFTW Body: 

प्रकाश १५:३,४ मा हामी पढ्छौः अनि उनीहरुले यसो भन्दै परमेश्वरका दास मोशाको गीत र थुमाको गीत गाउँछन् : "हे प्रभु सर्वशक्तिमान् परमेश्वर, तपाईका कामहरु ठूला र अचम्मका छन्; हे पवित्र जनहरुका राजा, तपाईका बाटाहरु धर्ममय र सत्य छन्। हे प्रभु, कसले तपाईको डर मान्नेछैन र? र कसले तपाईको नामलाई महिमा दिनेछैन र? किनकि तपाई मात्र पवित्र हुनुहुन्छ; किनकि सबै जातिहरु आउनेछन् र तपाईको सामु दण्डवत् गर्नेछन्, किनकि तपाईका न्यायका कामहरु प्रकट भएका छन्।"

पुरानो नियममा मोशाले दुइवटा गीतहरुको बारेमा वर्णन गरेका छन् - एउटा प्रस्थान १५:१-१८ मा, जब इस्राएलीहरुले लाल समुन्द्र पार गरे र फारोअ र उनका सेना त्यहाँ डुबे। मोशाले तब यो भन्दै गाएः "परमप्रभुका निम्ति म गीत गाउनेछु; किनभने उहाँ अति नै उच्च हुनुभएको छ; घोडा र त्यसको सवारलाई उहाँले समुन्द्रभित्र फालिदिनुभएको छ।" हामी प्रकाश ६ मा देख्न सक्छौँ कि कसरी ख्रीष्ट-विरोधी पनि सेतो घोडाको चालकको रुपमा देखाइएको छ। यहाँ हामी जय पाउनेहरुले कसरी त्यस घोडा र त्यसमा सवार भएको मानिसलाई फालिदिनुभएको कुरालाई लिएर परमेश्वरको महिमा गरिरहेको देख्न सक्छौँ। हारमागेड्डोनको अन्तिम युध्दमा पनि, ख्रीष्ट-विरोधी र उसको सेनाहरु इस्राएलको भूमिमा आएर त्यसमाथि हमला गर्छन्। त्यस समयमा, प्रभु येशू ख्रीष्ट आफ्ना सन्तजनहरुका साथ तल आउनुहुन्छ। उहाँको पाउँले जैतून पर्वतलाई छुनेछ, र उहाँले ख्रीष्ट-विरोधीको सेनाहरुको विनाश गर्नुहुनेछ। परमेश्वरका जनहरुले त्यो हेर्नेछन् र त्यस युध्दमा केहि नगरिकनै नै त्यो विजयमा भगिदार हुनेछन्। र आज पनि हामीले सबै जय त्यसरी नै पाउछौँ। हामी मानविय हतियारद्वारा युध्द जित्दैनौँ। हामी स्थिर भएर खडा हुन्छौँ र प्रभुमाथि भरोसा राख्छौँ र प्रभुले हाम्रो शत्रूहरुको नाश गर्नुहुन्छ। त्यसैले, जससँग विश्वास छ, उसले आज पनि मोशाको गीत प्रत्येक दिन गाउन सक्छ!! हामीले मोशाको गीत जीवनका लडाईहरुमा गाउन सक्छौँ। हामी "खडा रहन" सक्छौँ र हेर्न सक्छौँ कि परमेश्वरले हाम्रा शत्रुहरुलाई के गर्नुहुन्छ।

मोशाको दोस्रो भजन व्यवस्था ३१:३० देखि ३२:४३ सम्म छ। त्यहाँ पनि उनि गाउँछन्, "हे जातिहरुहो, उहाँको प्रजाको साथमा रमाओ! किनकि उहाँले आफ्ना दासहरुको रगतको साटो फर्नुहुनेछ, र आफ्ना विरोधीहरुलाई बदला दिनुहुनेछ, अनि आफ्नो देश र आफ्नो प्रजाका निम्ति प्रायश्चित गर्नुहुनेछ।" (व्यवस्था ३२:४३)। दुबै गीतहरुमा, हामी एउटा सत्यता देख्छौः परमेश्वरका जनहरुले आफ्ना शत्रुहरुसँग बदला लिदैँनन्। उनिहरु खडा रहन्छन् र परमेश्वर उनिहरुका निम्ति लड्नुहुन्छ र बदला लिनुहुन्छ।

हामीले अहिले सिक्नुपर्ने गीत यो हो ताकि हामी एकदिन परमेश्वरको वीणासँग त्यो गाउँन सकौँ। जिवनको दैनिक अवस्थाहरु हाम्रो लागि यो भजन सिक्ने कोयर अभ्यास जस्तै हो। विजयीहरु परमेश्वरको मार्गहरु सिध्द छन् भन्दै गाउँछन्। स्वर्गमा, हामीले यो गाउँछौँ कि, "येशूले सबै कुरा ठिक गर्नुभएको छ।" त्यस दिन, जब हामी परमेश्वरले हामीलाई यस संसारमा हुँदा डोर्याउनुभएको मार्गलाई हेर्छौँ, हामीले यो पत्ता लगाउनेछौँ कि - हो, सबैकुरा - हाम्रो सर्वश्रेष्ठताको निम्ति परमेश्वरले नै तोक्नुभएको थियो। आज, हामी कति कुराहरु हामीलाई किन हुन्छ भनि बुझ्न सक्दैनौँ। तर त्यस दिनमा, हामीले सबै कुरा ठिकसँग जान्नौछौँ। तर विश्वास भएको मानिसले त्यस दिनसम्म पर्खनु पर्दैन। उसले विश्वास गर्छ र अहिले पनि थाहा गर्छ। उसलाई यस संसारमा भएको कुराहरु परमेश्वरले नबताउन्जेलसम्म पर्खनु पर्दैन। अहिले नै उनि गाउँछन्, "प्रभु, तपाईको मार्ग सिध्द छ!"

आमेन्!