स्वर्ग समान घर

द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   आत्मा भरिएको जीवन
    Download Formats:

अध्याय
परिचय

ज्याक पूननका चारै जना छोराहरू आफ्नो बाबुलाई नायकको रूपमा आदर गर्छन् र उनीहरु आफ्नो विवाहमा उहाँले प्रचार गर्नुभएको चाहन्थे ।

यस पुस्तकमा ज्याकले उनीहरुको विवाहमा प्रचार गर्नुभएको सन्देशहरूका प्रतिलेखहरु छन् ।

यस पुस्तकलाई प्रार्थनाको साथ पठाइएको छ ताकि यसले धेरै विवाहित जोडीहरूलाई आफ्नो वैवाहिक जीवनको स्तरलाई परमेश्वरको मापदण्डसम्म पु¥याउन चुनौती दिएको होस् ।

ज्याक र एनी पूननको विवाह भएको अहिले ४४ बर्ष भइसकेको छ र उहाँहरुले सँगै मिलेर विश्वका थुप्रै देशहरूमा प्रभुको सेवा गर्नुभएको छ अनि धेरै परिवारलाई ईश्वरीय घरहरू निर्माण गर्न प्रोत्साहित गर्नुभएको छ । उहाँहरूको चारै जना छोराहरू (र उनीहरूका पत्नीहरू पनि) सबै नयाँ गरी जन्मेका छन् र अब उनीहरू आफ्नो पुस्ताका परिवारहरूजस्तै प्रभुको लागि साक्षी हुन खोजिरहेका छन् -जसरी उनीहरूका आमाबुबा पनि उनीहरूको लागि साक्षी भएका छन् ।

हामीले यो याद राख्नुपर्दछ कि विवाह परमेश्वरको योजना थियो, कुनै मानिसको होइन । उहाँ यस योजनाको "निर्माता" हुनुहुन्थ्यो । त्यसो भए यो "योजना" ले कसरी काम गर्नुपर्छ भन्नेकुरा निर्माताकै निर्देशनहरूमा भर पर्नुपर्दछ, हाम्रो आफ्नै विचारहरूमा होइन ।

यहाँ यस योजनाको निर्माताको निर्देशनहरू (बाइबलका पदहरु) बाट केहि पदहरु उदृत गरिएका छन्ः

"परमेश्वरको डरमा एक-अर्काको अधीनतामा आफूलाई सुम्प ।

हे पत्नीहरु हो, प्रभुको अधीनमा रहेझैँ आफूलाई पतिको अधीनमा सुम्प; किनकि पति पत्नीका शिर हुन, जसरी ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ ः

हे पतिहरु हो, आ-आफ्ना पत्नीलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।

यसैकारण पतिहरुले आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ ।"

(तब) ती दुई एउटै शरीर हुनेछन् ।

(एफिसी ५ः२०-३१)

यहि प्रकारले हे पत्नीहरू हो, तिमीहरु आ-आफ्ना पतिका अधीनमा बस;

तर नम्र र शान्त आत्माको अविनाशी श्रृङ्गारले सिँगारिएको हृदयको भित्री मानिस होस्, जसको मूल्य परमेश्वरको दृष्टिमा धेरै छ ।

तपाईँ पतिहरु आफ्नी पत्नीहरुको बारेमा होसियार हुनुपर्छ, उनीहरुको आवश्यकताहरुको बारेमा सोचविचार गर्दै र उनीहरुलाई कमजोर पात्रको रूपमा सम्मान गर्नुपर्छ । याद राख्नुहोस् कि तपाईं र तपाईंकी श्रीमती परमेश्वरको आशीष प्राप्त गर्न साझेदार हुनुहुन्छ, र यदि तपाईंले उनलाई गर्नुपर्ने जस्तो व्यवहार गर्नुभएन भने, तपाईंको प्रार्थनाको उत्तर आउँदैन ।

र अब यी शब्दहरु तपाईं दुवै जनालाईः तपाईंहरु एक सुखी परिवार हुनुपर्दछः "एक अर्काप्रति सहानुभूति राख्ने, कोमल मनका, विनयी हुनुपर्छ।"

(१ पत्रुस ३ः१-८ बाइबल)

"सबै दीनता र नम्रता साथ, सहनशिलतासित प्रेमले एक-अर्कालाई सह ।"

निर्माताको निर्देशनहरुलाई सहि तरिकाले पालन गरे मात्र त्यो सामान (सन्दर्भ अनुसारः विवाह) ले सिद्धतापूर्वक काम गर्छ ।

अध्याय 1
पृथ्वीमा एक स्वर्ग सामान घर

संजय (मेरो जेठो छोरा) र क्याथीको विवाहमा दिइएको सन्देशः

मेरो जेठो छोराको विवाहमा बोल्न पाउनु मेरो लागि धेरै खुशीको कुरा हो । हामी धेरै वर्षदेखि यस दिनको प्रतिक्षा गरिरहेका छौँ ।

म संजय र क्याथीसँग एउटा खण्ड बाँड्न चाहन्छु जुन व्यवस्था ११ः१८-२१ (किङ्ग जेम्स संस्करणमा) पाइन्छ । त्यहाँ परमेश्वर भन्नुहुन्छ, "यसकारण तिमीहरुले यी मेरा वचनहरु आफ्नो हृदय र आफ्नो मनमा राखिछोड्नु र तिनलाई चिन्हको रुपमा आफ्नो हातमा बाँध्नु, अनि ती तिमीहरुको निधारमा बाँधिने पेटिकाहरु होऊन् ! अनि तिमीहरुले आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर बस्दा र उठ्दा ती वचनहरुको चर्चा गरेर आफ्ना छोराछोरीहरुलाई ती कुराहरु सिकाउनु ! अनि तिमीले ती वचनहरु आफ्नो घरको ढोकाका खापाहरुमा र आफ्ना मूलढोकाहरुमा लेख्नु ! फलस्वरुप परमप्रभुले तिमीहरुका पिता-पुर्खाहरुसित, उनीहरुलाई दिनेछु भनी कसम खानुभएको देशमा पृथ्वीमाथिको आकाशको आयु भएझैँ तिमीहरुको आयु र तिमीहरुको छोराछोरीको आयु बढून् ।"

यो कति राम्रो अभिव्यक्ति ः "पृथ्वीमाथिको आकाशको (सन्दर्भ अनुसारः स्वर्गको) आयु भएझैँ तिमीहरुको पनि आयु होस् ।"

सोच्नुहोस्, स्वर्गका दिनहरू कस्ता छन् होला । स्वर्गमा कुनै कलह वा झगडा छैन, तर केवल शान्ति र आनन्द र सबैभन्दा माथि - जताततै प्रेम छ । तपाईँको पनि त्यस्तो घर हुन सक्छ - जहाँ पृथ्वीमा नै हरेक दिन स्वर्गको दिन जस्तो हुनेछ । हरेक घर यही प्रकारको होस् भन्ने परमेश्वरको चाहना हो ।

बाइबलको शुरु आदम र हव्वाको विवाहबाट हुन्छ र मण्डली (परमेश्वरका जनहरु) सँग ख्रीष्टको विवाह पछि अन्त हुन्छ ।

जब परमेश्वरले पहिलो विवाह गराउनुभयो - आदम र हव्वाको - पृथ्वीमा उनीहरूको दिन स्वर्गको दिनजस्तै होस् भन्ने उहाँ चाहनुहुन्थ्यो । उनीहरूको पहिलो घर स्वर्गलोक थियो - अदन । तर शैतान आयो र उनीहरुको घरलाई नरक बनाइदियो र आज विश्वभरि हामीसँग नरक जस्ता घरहरू छन् ।

तर परमेश्वरको प्रशंसा होस्, यहि नै कथाको अन्त थिएन । बाइबलले हामीलाई बताउँछ, कि ठिक त्यहि अदनको बगैँचामा, आदमले पाप गर्ने बित्तिकै, शैतानले खडा गरेको समस्या समाधान गर्न परमेश्वरले आफ्नो पुत्र पठाउने प्रतिज्ञा गर्नुभयो । त्यहाँ हामी यो महान् सत्यतालाई देख्छौंः कि परमेश्वर सधैं शैतानको विरूद्धमा हाम्रो पक्षमा हुनुहुन्छ । आदमको पापको कारण परमेश्वरले पृथ्वीलाई श्राप दिनु अघि, उहाँले आदम र हव्वालाई यो बताउनुभयो किः एउटी स्त्रीको मार्फत् एउटा सन्तान आउनेछ जसले शैतानको टाउको कुच्याउनेछ । त्यसपछि मात्र परमेश्वरले उनीहरूलाई सजाय सुनाउनुभयो ।

शैतान आएर सबै कुरा गडबड गरेतापनि परमेश्वर शैतानको विरुद्धमा उनीहरुको साथमा हुनुहुन्छ भन्ने कुरा आदम र हव्वाले जानुन् भनि परमेश्वर चाहनुहुन्थ्यो । शैतानले जुनसुकै घरमा जहिले जेसुकै गरेतापनि, परमेश्वर ती घरहरुको उद्धार गर्ने कार्य गर्नुहुन्छ । परमेश्वर हाम्रा घरहरूलाई उहाँको आफ्नो मूल योजनातर्पm फर्काउन चाहनुहुन्छ जहाँ पृथ्वीमै हाम्रा दिनहरू स्वर्गका दिनहरू जस्ता हुनेछन् र किनकि अब ख्रीष्ट आउनुभएको छ र हाम्रो मुक्तिको काम पूरा भइसकेको छ, हामीहरु सबैको लागि यो एक वास्तविक सम्भावना हो ।

निर्माताका निर्देशनहरू

केहि समय अघि मैले एउटा डिजिटल क्यामेरा किनेँ । त्यो भन्दा पहिले, म रिलको प्रयोग हुने "पोइन्ट एण्ड क्लिक" भनिने एउटा सामान्य क्यामेरा प्रयोग गर्थेँ । तर मैले यो पत्ता लगाएँ कि यो महँगो डिजिटल क्यामेराबाट फोटोहरु राम्रा होइनन् तर झन् नराम्रा आइरहेका थिए । ती अस्पष्ट र ओझेल परेका थिए । यति धेरै पैसा खर्च गरिसकेपछि मैले त्यस्ता फोटोहरू पाएँ जुन फोहोर फाल्ने भाँडामा फ्याँक्नका लागि उपयुक्त थिए - थुप्रै विवाहहरू जस्तै ।

र किन यस्तो भयो त ? किनकि मैले निर्माताका निर्देशनहरू पढेको थिइन। हामीलाई थाहा छ कि प्रत्येक महँगो उपकरणहरूसँग सँधै निर्देशन-पुस्तिका पनि आउँछ जुन निर्माता कम्पनीले दिने गर्छ । के त्यसो भए विवाहको प्रबन्ध गर्नुहुने परमेश्वरले हामीलाई कुनै निर्देशन बिना छोड्नुभयो होला त? यो सम्भव छ त ? अवश्य पनि सम्भव छैन । उहाँले हामीलाई निर्देशनहरु दिनुभएको छ । हाम्रा विवाहहरू अस्पष्ट, ओझेल परेको र फोहोर फाल्ने भाँडामा फाल्न योग्य हुन्छन् किनकि हामी उहाँले दिनुभएको ती निर्देशनहरू पालना गर्दैनौं (जस्तो कि मैले मेरो डिजिटल क्यामेराको साथ गरेँ) ।

र त्यसैले मैले त्यो निर्देशन-पुस्तिका पढेँ र मेरो डिजिटल क्यामेरा कसरी प्रयोग गर्ने भन्ने कुरा ठ्याक्कै ती निर्देशनहरुमा भनिएझैँ गरे । त्यो क्यामराको निर्माताभन्दा म त्यसको बारेमा झन् राम्ररी जान्दछु भनेर कल्पना गर्ने हिम्मत मलाई आएन । त्यस्तो सोच्नु त मूर्खता हुने थियो । तर जब विवाहको कुरा आउँछ, धेरै मानिसहरुमा "निर्माताको निर्देशन" लाई बेवास्ता गर्ने मूर्खता पाईन्छ - तिनीहरु जो यसरी सोच्छन् कि उनीहरु परमेश्वरको कुराभन्दा मानिसको परम्परा र ज्योतिषीहरुको कुरा सुनेर अभैm राम्रो विवाह गराउन सक्छन् ।

परमेश्वरले हामीलाई विवाहको सम्बन्धमा धेरै स्पष्ट निर्देशनहरू दिनुभएको छ । अन्तमा जब मैले डिजिटल क्यामेराको निर्देशन-पुस्तिकामा दिइएको निर्देशनलाई पछ्याएँ, फोटोहरु दोषरहित निस्किए। जब श्रीमान् र श्रीमतीले परमेश्वरको निर्देशन पछ्याउँछन् विवाहमा पनि ठ्याक्कै यस्तै हुन्छ।

संसारमा केवल एउटा मात्र पुस्तक छ जसमा विवाहको सम्बन्धमा विवाहकै निर्माताको निर्देशनहरू समावेश गरिएको छ - त्यो हो बाइबल । मेरो विवाह हुनुभन्दा धेरै वर्ष अघिदेखि नै मैले यसबारेमा अध्ययन गर्न थालेको थिएँ । विवाह भएपछि पनि मेरी श्रीमती र मैले यो कुरालाई सँगै अध्ययन ग¥यौँ । हाम्रो विवाहको ३७ वर्षमा हामीले "पृथ्वीमा स्वर्गका दिनहरू" हुनुको अर्थ के हुन्छ, यसको थोरै स्वाद चाखेका छौँ ।

सुसमाचारको सन्देश यो हो, कि हामीसँग दुईवटा स्वर्गहरू हुन सक्छन् - एउटा अहिले, जब पृथ्वीमा हाम्रा दिनहरू स्वर्गको दिनजस्तै हुन्छ र अन्तमा एक भौतिक स्वर्ग, जब ख्रीष्ट फर्की आउनुहुन्छ ।

अर्को विकल्पमा हामीसँग दुईवटा नरकहरु हुन सक्छन् - एउटा अहिले र अर्को अनन्तकालसम्मको लागि । प्रभु येशू ख्रीष्ट हामीलाई यसबाट बचाउन आउनुभयो ।

जग ÷ आधार

संजय र क्याथी दुई तल्लाको घरमा बस्नेवाला छन् । र हामी यसलाई विवाहको चित्रको रूपमा हेर्न सक्छौं । सर्वप्रथम त्यो घरको एउटा जग वा आधार छ, जसमा पहिलो र दोस्रो तल्लाहरू निर्माण हुन्छन् ।

कुनै पनि घरको सबैभन्दा महत्वपूर्ण भाग त्यसको जग हो । सबैभन्दा पहिले हरेक विवाहको आवश्यकता भनेको एउटा असल (वा बलियो) जग वा आधार हो । अनि असल विवाहको जग भनेकै हामीप्रति परमेश्वरको सिद्ध र शर्तरहित प्रेम हो । परमेश्वरको शर्तरहित प्रेमको सत्यता नै सम्पूर्ण बाइबलमा पाइने सबैभन्दा ठूलो सत्यता हो । जब हामी लडखडाउँछौँ, गल्ती गर्दछौं, असफल हुन्छौं र हाम्रो जीवनसँग खेलबाड गर्छौं, तब पनि हामीप्रति परमेश्वरको प्रेम कहिल्यै परिवर्तन हुँदैन ।

जब परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम देखाउन चाहनुभयो, उहाँले एउटी आमाको नवजात बालकप्रतिको प्रेमको उदाहरणलाई प्रयोग गर्नुभयो । हामीलाई थाहा छ कि एउटी आमाले आफ्नो बच्चाबाट आफ्नो प्रेमको सट्टामा केही पनि आशा गर्दिनन् ।

अर्कोतर्फ, टेलिभिजन र चलचित्रहरूमा देखाइने गरिएको प्रेम केवल स्वार्थी प्रेम हो । एउटा जवान व्यक्तिले भन्ला कि ऊ एउटी केटीलाई "प्रेम" गर्छ । तर ऊ आफ्नै खुशीको लागि ती केटीबाट केहि चाहन्छ । र उनी पनि त्यो केटाबाट केही चाहन्छिन् ।

तर परमेश्वरको प्रेम फरक छ । यो नवजात बालकप्रति एउटी आमाको प्रेम जस्तै छ । आमा आफ्नो बच्चाहरूबाट केही पनि चाहँदिनन् । वास्तवमा, उनको सानो बच्चाले उनलाई केही दिनै सक्दैन । आमाको प्रेम नै पृथ्वीमा सबैभन्दा निःस्वार्थ प्रेम हो । परमेश्वरले यो उदाहरण यशैया ४९ः१५ मा प्रयोग गर्नुभएको छ, जब उहाँले हामीप्रति आफ्नो प्रेमको बयान गर्नुहुन्छ - यो त्यस्तो प्रेम हो जुन पूर्ण रुपमा निःस्वार्थ हुन्छ र यसको बदलामा केहि आशा गरिदैन । एउटी आमाले झैं, परमेश्वर आफ्ना सन्तानहरूको खातिर सेवा गर्नुहुन्छ र कष्ट भोग्नुहुन्छ । के तपाईँले एउटी आमाले बिरामी बच्चाको हेरचाह कसरी गर्छिन् देख्नुभएको छ ? परमेश्वरले हामीलाई प्रेम गर्ने पनि यसरी नै हो ।

तपाईं दुवैको लागि नयाँ घरको जगको रूपमा चाहिने कुरा भनेकै परमेश्वरको सिद्ध प्रेमको बारेमा सचेत हुनु हो । त्यो जगमा तपाईं दुईवटा तल्लाहरु बनाउन सक्नुहुन्छ । यदि तपाईंहरु परमेश्वरको प्रेममा व्यक्तिगत रूपमै सुरक्षित हुनुहुन्न भने तपाईंहरु बीच धेरै समस्याहरु हुनेछन् ।

म यो कुरामा विश्वस्त छु कि हाम्रा धेरै जसो समस्याहरू हाम्रो असुरक्षाको कारण आउने गर्छ । हामीले हाम्रो स्वर्गीय पिताको शर्तरहित प्रेममा सुरक्षा पाएका छैनौं । र जब हामी स्वर्गमा हुनुहुने हाम्रो पिताको प्रेममा सुरक्षित हुँदैनौं, हामीले अरुलाई जसरी प्रेम गर्नुपर्छ त्यसरी प्रेम गर्न सक्दैनौं । हामीसँग ईष्र्या, प्रतिस्पर्धी भावना र हाम्रा सम्बन्धहरूमा अन्य धेरै समस्याहरू हुनेछन् । तर एकचोटी जब हामी परमेश्वरको प्रेममा सुरक्षित हुन्छौं, हामी स्वतन्त्र हुन्छौं - र त्यसपछि हामी यस निर्माण कार्यलाई अगाडि बढाउन सक्छौं ।

पहिलो तल्ला

जब एकजनाले येशुलाई सबैभन्दा ठूलो आज्ञा कुन हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो कि त्यहाँ केवल एउटा मात्र होइन, दुईवटा ठूला आज्ञाहरु छन् । पहिलोचाहिँ तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, अनि आफ्नो सारा मनले प्रेम गर भन्ने आज्ञा हो । अनि दोस्रोचाँहि यस्तो छ; तिमीले आफ्नो छिमेकीलाई आफैँलाई भैm प्रेम गर, जसरी परमेश्वरले हामीलाई प्रेम गर्नुभयो ।

यी दुई आज्ञाहरु नै यो घरको दुई तल्लाहरु हुन् । पहिलो तल्ला बनाउनुभन्दा अघि तपाईँले दोस्रो तल्ला बनाउन सक्नुहुन्न । धेरै मानिसहरु यो गल्ती गर्छन्- उनीहरु परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नुभन्दा पहिले नै अरुलाई प्रेम गर्ने कोसिस गर्छन् । किनकि उनीहरुले निर्माताको निर्देशनहरु पढेका छैनन्- केहि समयपछि नै उनीहरुले अरुलाई गर्ने प्रेम हराएर (नष्ट भएर) जान्छ । हामीले अरुलाई प्रेम गर्नुभन्दा अगाडि; हामीले सबैभन्दा पहिले परमेश्वरलाई प्रेम गर्नुपर्छ ।

जब परमेश्वरले आदम र हव्वालाई बनाउनुभयो, उहाँले उनीहरुलाई एकसाथ एउटै समयमा बनाउनुभएन । उहाँले चाहनुभएको भए सजिलै त्यसो गर्न सक्नुहुन्थ्यो । उहाँले माटोको एउटा डल्लोको साटो दुईवटा लिन सक्नुहुन्थ्यो अनि दुवै पुरुष र स्त्री एकै समयमा बनाउन सक्नुहुन्थ्यो र उनीहरुमा सास फुकिदिन सक्नुहुन्थ्यो । तर पहिले किन उहाँले आदमलाई मात्र बनाउनुभयो ? ताकि जब उनले पहिलो चोटी आँखा खोल्थे, उनले पहिलो व्यक्तिको रुपमा जसलाई देख्थे त्यो परमेश्वर हुनुहुने थियो, हव्वा होइन । अनि परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो । किन त? उनीबाट एउटा करङ निकाल्नको लागि मात्र त होइन । तर यसैले कि जब परमेश्वरले हव्वालाई बगैँचाको अर्कै कुनामा बनाउनुभयो र जब उनले आफ्नो आँखा खोलिन् उनले पनि पहिलो व्यक्तिको रुपमा जसलाई देखिन् त्यो परमेश्वर नै हुनुहुन्थ्यो, आदम होइन । उनलाई आदमको अस्तित्वको बारेमा समेत थाहा थिएन । सबैभन्दा पहिले उनले केवल परमेश्वरलाई मात्र देखिन् ।

परमेश्वरले आदम र हव्वालाई सिकाउन चाहनुभएको पहिलो पाठ यहि नै थियोः "म, तिम्रो परमेश्वर, म तिम्रो जीवनमा सँधै सबैभन्दा अगाडि हुनैपर्छ ।" यो शिक्षा हामीले पनि सिक्नैपर्छ ।

तपाईँले चर्चित औद्योगिक गम, फेबिकलको बारेमा सुन्नुभएको छ जसलाई काठहरु टाँस्न प्रयोग गरिन्छ । एकपटक मैले त्यसको विज्ञापन देखेँ, त्यहाँ दुईवटा काठको टुक्राहरुलाई फेबिकलले टाँसेको देखाईएको थियो, अनि त्यसलाई दुईवटा हात्तीले छुट्याउन खोजिरहेका थिए । तर ती हात्तीहरुले त्यसलाइ छुट्याउन सकिरहेका थिएनन् । जब ख्रीष्ट श्रीमान् र श्रीमतीको बीचमा तिनीहरुलाई एकसाथ सँगै समातेर बस्नुहुन्छ, तब हरेक साँचो ख्रीष्टियन विवाह यस्तै बन्छ । पृथ्वी र आकाशको कुनै पनि शक्तिले ती श्रीमान् र श्रीमतीलाई छुटाउन सक्नेछैन । तर यदि ख्रीष्ट अगाडि हुनुभएन र बीचमा बाँधेर बस्नेवाला हुनुभएन भने, त्यो विवाह गम बिना यत्तिकै जोडिएका दुई काठका टुक्राहरु जस्तै हुन्छन् । त्यसलाई त तान्न पनि पर्दैन, त्यो आफैँ छुट्टिन्छ । हामी आजकाल थुप्रै सम्बन्ध विच्छेदहरु देख्छौँ, र यो कुनै आश्चर्य मान्ने वmुरा होइन । ती जोडीले विवाहको दिनमा त हामी एक अर्कालाई साँच्चिकै गहिरो प्रेम गर्छौँ भन्ने सोचेका थिए । तर तिनीहरुले के विचार गरेनन् भने उनीहरुको प्रेम स्वार्थी प्रेम थियो, किनकि ख्रीष्ट उनीहरुको जीवनको प्रभु हुनुहुन्न थियो । त्यसैले केहि महिनापछि उनीहरु आपूmलाई एक-अर्काप्रति चर्काचर्विm गरिरहेका पाउँछन् ।

"एक-अर्कालाई प्रेम गर" यो निकै दोहोरिएको सुन्दर वाक्यांश हो । तर यदि तपाईँले पहिले परमेश्वरलाइ प्रेम गर्नुभएन भने यो वास्तवमै गर्न सक्नुहुन्न । यदि ख्रीष्ट तपाईँको व्यक्तिगत जीवनको प्रभु हुनुहुन्न भने अन्तसम्म पनि तपाईँ आफ्नो जीवनसाथीको प्रेममा रहिरहन सक्नुहुन्न (प्रेममा एक-अर्कालाई सहन सक्नुहुन्न) ।

तर परमेश्वरलाई प्रेम गर्दै तपाईँले एकचोटी पहिलो तल्ला बनाउनुभयो भने, त्यसपछि तपाईँ दोस्रो तल्ला बनाउन सक्नुहुन्छ- एकअर्कालाई प्रेम गर्दै ।

दोस्रो तल्ला

म एक अर्कालाई प्रेम गर्ने सम्बन्धमा तीनवटा कुराहरु बताउन चाहन्छु ।

पहिलो कुरा, प्रेमले अरुको बढाई वा प्रशंसा व्यक्त गर्छ । परमेश्वरले बाइबलमा विवाहको प्रेमको बारेमा एउटा पुरै किताब समावेश गरिदिनुभएको छ- श्रेष्ठगीत । हरेक विवाहित जोडीले यो पुस्तक पढ्नुपर्छ- एक अर्काको लागि ! यहाँ कति आश्चर्यजनक कुराहरु छन् कि सर्वशक्तिमान् परमेश्वरले कसरी एक श्रीमान् र श्रीमती एक अर्कासँग बातचित गरेको चाहनुहुन्छ । र यो पुस्तक पनि बाइबलका अरु पुस्तकहरु जत्तिकै प्रेरित पवित्रशास्त्र हो ।

मलाई यो पुस्तकबाट केही उद्धरणहरु पढ्न दिनुहोस्, ताकि हामी पनि एक अर्कालाई पति र पत्नीको रुपमा प्रशंसा गर्न सिक्न सकौँ । एक अर्काको प्रशंसा गर्ने सन्दर्भमा हामी सबै कन्जुस छौँ । हामी आलोचना गर्न एकदम छिटो छौँ, तर प्रशंसा गर्नमा निकै ढिलो छौँ । हामी मानिसहरुलाई हेर्छौँ र उनीहरुमा थुप्रै कमजोरीहरु पाउँछौँ । यो मानिसको स्वभाव हो । अनि यसरी नै त्यो दोष लगाउने शैतान हाम्रो माझमा पस्दछ । अर्कोतर्फ हाम्रो माझमा परमेश्वर रहनुहुन्छ अनि जब हामी अरुलाई हेर्छौँ र उनीहरुमा प्रशंसा गर्न लायक कुरा भेट्टाउँछौँ, तब हामी एक - एकले यहाँ आ-आफ्नो आचारण जाँच्न सक्छौँ ।

हेर्नुहोस्, श्रेष्ठगीतमा पतिले पत्नीलाई के भनिरहेको छ (बाइबलबाट)-

हे मेरी प्रिया, तिमी सर्वाङ्ग सुन्दरी छ्यौ; तिमीमा कुनै कलङ्क छैन ।

तिमी उत्साहको मनमोहक दृष्टि जत्तिकै प्यारी छ्यौ ।

तिम्रो स्वर मीठो छ, र तिम्रो चेहरा सुन्दर छ ।

हे मेरी प्रिया, तिम्रो सुन्दरता, भित्र र बाहिर, पुूर्ण छ ।

तिमी स्वर्ग हौ ।

(यी सब म आफैँले बनाइरहेको होइन, यी सबै पवित्र शास्त्रमा छन् ।)

हे मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छौ; तिमीले तिम्रा आँखाहरुको एउटै हेराइले, तिम्रो गलाको एउटै सिक्रीले मेरो हृदय चोरेकी छौ ।

(यो हरेक पतिको लागि सत्य होस् भन्ने कामना गर्दछु ।)

पृथ्वीमा तिमीजस्तो कोहि पनि छैन, कोहि थिएन र कहिल्यै हुनेवाला पनि छैन । तिमी अरु स्त्रीहरुसँग तुलना गर्न नमिल्ने स्त्री हौँ ।

(परमेश्वरले यहाँ थोरै कवितात्मक शैलीलाई अनुमति दिनुभएको छ । यो कुनै वैज्ञानिक तथ्यको कुरामा होइन, तर एउटा पतिले कस्तो महसुस गर्छ भन्ने कुरा हो ।)

अब पत्नीले के भन्छिन्, सुन्नुहोस् । यो उनको प्रतिक्रिया होः

"मेरा प्रिय गोरा र रातापिरा हुनुहुन्छ, अँ, दस हजारमा उत्तम हुनुहुन्छ । उहाँको शिर चोखो सुनझँै छ । तपाईंको आवाज न्यानो र निश्चिन्त पार्ने खालका छन् । तपाईंको आवाज चुम्बन जस्ता छन् र चुम्बनहरु आवाज सरह छन् । तपाईंको हरेक कुराले मलाई आनन्दित पार्छ । तपाईँले मलाई उत्साहित पार्नुहुन्छ । म तपाईँको लागि आतुर छु र तपाईँलाई असाध्यै चाहन्छु । तपाईँको अनुपस्थिति मेरो लागि कष्टदायक छ । जब म तपाईँलाई हेर्छु, म तपाईँलाई कस्सेर अँगालो हाल्नेछु। र म तपाईँलाई जान दिनेछैन । म मेरा प्रियकी हुँ, तपाईँ मेरा एकमात्र प्रिय हुनुहुन्छ र तपाईँ मात्र मेरा हुनुहुन्छ ।"

परमेश्वरले यस्तो कुरा कसरी पवित्रशास्त्रमा राख्नुभएको होला ? किनभने परमेश्वर आफैँ पनि प्रिय÷प्रेम गर्नेवाला हुनुहुन्छ ।

संजय र क्याथी, तपाईँहरु पनि यस्तै प्रेमी हुनुहोस् । तपाईँहरुले एक-अर्कालाई यसरी नै प्रेम गरेको परमेश्वर चाहनुहुन्छ । तपाईँले एक-अर्कालाई यसरी नै प्रशंसा गर्नु सिक्नुभयो भने पृथ्वीमा तपाईँका दिनहरु स्वर्गका दिनहरु जस्तै हुनेछन् ।

येशु यो क्षेत्रको लागि असल उदाहरण हुनुहुन्छ । कति भव्यतापूर्वक उहाँले मानिसहरुको लागि प्रशंसा व्यक्त गर्नुभएको छ ।

साँचो प्रेमको बारेमा अर्को कुरा भनेकोः प्रेम माफी दिन छिटो हुन्छ । प्रेम दोष्याउन ढिलो तर माफी दिन छिटो हुन्छ । हरेक विवाहमा पति र पत्नीको बीचमा केहि न केहि समस्या हुन्छ । तर यदि तपाईँले ती समस्याहरुलाई पछाडि राख्नुभयो भने, ती पक्कै पनि हराएर जान्छन् । त्यसैले माफी दिन छिटो हुनुहोस् र माफी माग्न पनि छिटो हुनुहोस् । यो काम गर्नको लागि बेलुकीसम्म नपर्खनुहोस् । यदि बिहान तपाईँको खुट्टामा काँडा बिझ्यो भने तपाईँले त्यसलाई तुरुन्तै निकाल्नुहुनेछ। तपाईँ बेलुकीसम्म कुरेर बस्नुहुन्न । यदि तपाईँले आफ्नो श्रिमतीलाई चोट पु‍¥याउनुहुन्छ भने तपाईँले उनलाई काँडाले घोँचिरहनुभएको छ । माफि माग्न छिटो हुनुहोस् र माफ गर्न पनि छिटो हुनुहोस् ।

अनि अन्तमा प्रेम साथमा मिलेर काम गर्न उत्सुक हुन्छ, एक्लै होइन । यदि परीक्षा गर्न शैतान आएको बेलामा हव्वाले "निर्णय गर्नुभन्दा पहिले मलाई मेरा श्रिमान्सँग छलफल गर्न दिनुहोस्" भनेर भनिदिएकी भए मानव इतिहास कति फरक हुने थियो होला त । ओहो कति फरक इतिहास हुने थियो ।

याद राख्नुहोस्, एउटी स्त्रीले एक्लै निर्णय गरेकोले संसारका यी सबै समस्याहरु आएका हुन्, जबकि परमेश्वरले उनलाई एकजना सङ्गी दिनुभएको थियो जससँग उनले निर्णय गर्नु अघि सल्लाह गर्न सक्थिन् ।

साँचो प्रेमले सबै कुराहरु साथमा गर्छ । एकभन्दा दुई सधैँ असल हुन्छ ।

अन्तमा, मलाई श्रेष्ठगीतको पुस्ताबाट केहि पढ्न दिनुहोस् । (८ अध्याय ६ र ७ पद)-

प्रेमका ज्वालाहरु आगोका ज्वालाहरु हुन्- याहको ज्वाला हुन् ! प्रेमलाई धेरै धरै पानीले पनि निभाउन सक्दैन, न ता बाढहरुले नै त्यसलाई डुबाउन सक्छन्; मानिसले प्रेमका निम्ति आफ्नो घरको सारा सम्पति दिईहाले तापनि त्यो तुच्छ ठानिनेछ ।

केवल परमेश्वरको प्रेम मात्र यस्तो छ । त्यसैले ६ पदमा प्रेमलाई "याहको ज्वाला" भनिएको छ ।

केवल परमेश्वरले मात्र हामीलाई यस्तो प्रेम दिन सक्नुहुन्छ ।

संजय र क्याथी, परमेश्वरसँग एक-अर्काको निम्ति यस्तै प्रेम दिनुहोस् भनी तपाईँहरुले माग्नुहोस् ।

"परमेश्वरले तपाईँ दुवैजनालाई आशिष दिनुभएको होस् । आमेन"

अध्याय 2
आफ्नो विवाहमा तीनवटा वmुराहरुको छनौट गर्नुहोस्

सन्तोष (मेरो माहिलो छोरा) र मेगनको विवाहमा दिइएको सन्देशः

परमेश्वरले हामीलाई एउटा मात्र पुस्तक दिनुभएको छ । यदि हामी यसमाथि साँच्चै विश्वास गर्छौँ भने हामी हाम्रो जीवनमा सबै कुराहरुको निर्देशनको लागि त्यहि पुस्तकलाई हेर्छौँ । हामी बाइबलमा यो पढ्छौँ कि परमेश्वरले नै मानिसको लागि विवाहको व्यवस्था गरिदिनुभयो । यसको बारेमा सबैभन्दा पहिले सोच्ने उहाँ नै हुनुहुन्थ्यो र उहाँ नै हुनुहुन्थ्यो जसले पुरुष र स्त्रीलाई एकजुट हुने ईच्छाको साथ बनाउनुभयो । यस पुस्तकमा विवाहित जोडीहरु कसरी जिउनुपर्छ भनेर परमेश्वरले हामीलाई चेतावनीहरु र निर्देशनहरु दिनुभएको छ ।

उत्पत्ति ३ अध्यायमा, हामी आदम र हव्वाको विवाहको बारेमा पढ्छौँ । उनीहरुलाई विवाहको एकतामा बाँध्ने बित्तिकै उहाँले तिनीहरुलाई एउटा सुन्दर बगैँचामा पठाउनुभयो । सन्तोष र मेगन, त्यो बगैँचामा भएको तीनवटा कुराहरुमा हामी तपाईँहरु ,सन्तोष र मेगनले, गर्नुपर्ने छनौटहरु देख्छौँ - अनि सबै विवाहित जोडिले पनि- यदि परमेश्वरले मानिसको लागि गर्नुभएको योजना अनुसार तपाईँहरु पनि सुखी विवाह चाहनुहुन्छ भने ।

यस्तो सुखी विवाह पृथ्वीमा बिरलै देख्न पाईन्छ किनभने ; हामी विवाहित जोडी भएर ठ्याक्कै कसरी जिएको परमेश्वर चाहनुहुन्छ भन्ने कुरा पत्ता लगाउनको लागि मानिसहरु पवित्रशास्त्र पढ्दैनन्, अनि जसले पढ्छन्, उनीहरुले त्यसलाई मनन गर्दैनन्।

जब परमेश्वरले आदम र हव्वालाई त्यो बगैँचामा लैजानुभयो, उहाँले सबै स्वतन्त्रता दिनुभएतापनि, एउटा कुराचाहिँ निषेध गर्नुभयो । उहाँले तिनीहरुलाई एउटा रुखको फलबाट खान मनाही गर्नुभयो । त्यसो गर्नुको पनि एउटा कारण थियो । आपैmँले छनौट नगरी, कोहि पनि परमेश्वरको पुत्र बन्न सक्दैन । व्यक्तिगत छनौटबिना कोहि पनि पवित्र हुन सक्दैन । त्यसैले जब परमेश्वरले आदमलाई बगैँचामा पठाउनुभयो, यदि उहाँले आदमलाई छनौट गर्ने अवसर नदिनु भएको भए, उनी कहिल्यै पनि परमेश्वरले चाहनु भए जस्तो छोरा बन्न सक्दैन थिए । पृथ्वीमा हाम्रो जीवन र सम्पूर्ण अनन्तताको लागि छनौट गर्ने कुरा कति महत्वपूर्ण छ भनेर हामी बुभ्mदैनौँ ।

परमेश्वरले हामीलाई दिनुभएको महान् वरदानहरु मध्ये एउटा चाहिँ छनौट गर्ने शक्ति हो । र उहाँले यो शक्ति कसैबाट पनि फिर्ता लिनु हुन्न । तपाईँले आफू परमेश्वरको पुत्र भएर जिउने कि आफू स्वयं अनुसार जिउने मध्ये छनौट गर्न सक्नुहुन्छ । तर तपाईँले जेसुकै छनोट गर्नुहोस्, तपाईँले आफ्नो जीवनको अन्तमा आफ्नो निर्णय अनुसारको परिणाम पाउनुहुनेछ ।

बाइबलले बताउँछः "मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ ।" बाइबलले यो पनि बताउँछ कि "मानिसको निम्ति एकपल्ट मरण र न्याय नियुक्त गरिएको छ ।" तर परमेश्वरले मानिसलाई अनुचित (मनमानी) न्याय गर्नुहुन्न । मानिसकै छनौटको आधारमा उहाँको न्याय हुनेछ ।

यही सिद्धान्त विवाहमा पनि लागु हुन्छ । तपाईँ सुखी विवाह र दयनीय विवाह मध्ये एउटा छनौट गर्न सक्नुहुन्छ । छनौट तपाईँको हो, परमेश्वरको होइन । आदमले आफ्नो जीवन शैतानलाई दिने कि परमेश्वरलाई दिने भनेर छनौट गर्न सक्थे ।

त्यसैले सन्तोष र मेगन, म तपाईँहरुसँग तपाईँहरुले विवाहमा गर्नुपर्ने यी तीनवटा छनौटहरुको बारेमा बोल्न चाहन्छुः

१. परमेश्वरमा केन्द्रित हुनुहोस्- आफैँमा होइन

सर्वप्रथम त, तपाईँले आफ्नो जीवनको हरेक हिस्सा परमेश्वरमा केन्द्रित भएको होस् भन्ने छनौट गर्नुहोस्।

अदनको बगैँचामा दुईवटा रुखहरु थिए - र ती दुई रुखहरुले जीवनका दुई मार्गहरुलाई प्रतिनिधित्व गर्थे । जीवनको रुख परमेश्वर केन्द्रित जीवनको प्रतिक थियो - जहाँ मानिसको हरेक निर्णयको बिचमा परमेश्वर हुनुहुने थियो । अर्कोतर्फ असल र खराबको ज्ञान दिने रुख चाँहि मानिस आफैँमा केन्द्रित भएको जीवनको प्रतिक थियो - जहाँ मानिस परमेश्वरको सल्लाह बिना नै जिउनेथियो र वmे असल छ र वmे खराब छ भन्ने कुरा मानिस आपँैmले निर्धारण गथ्र्याे । परमेश्वरले आदम र हव्वालाई त्यो बगैँचामा लैजानुभयो र भन्नुभयो, "तिमी रोज ः कि तिमी कुन मार्गअनुसार जिउन चाहन्छौँ ।" अनि हामीलाई थाहा छ कि आदमले के रोजे । उनले आफैँमा केन्द्रित हुने जीवन जिउन रोजे ।

सबै दुख, पीडा र हत्याहरु र थुप्रै दुष्ट कुराहरु जुन हामी हाम्रो वरिपरी देख्छौँ, सबै मानिसले वmे असल हो र वmे खराब हो भन्ने कुरा मानिस आपैmँले रोज्ने निर्णय गरेको कारणले भएको हो । ऊ परमेश्वरको कुरा सुन्न चाहँदैन । अनि खुसी बिनाको विवाहको कारण पनि यहि नै हो - ख्रीष्टियनहरुको माझमा पनि । ख्रीष्टियनहरुको ठुलो समूह आफैँलाई आफ्नो जीवनको केन्द्र बनाएर जिइरहेका छन् - र उनीहरुले पनि जे छर्छन् त्यहि नै कटनी गर्नेछन् ।

जब परमेश्वरले आदमलाई बनाऊनुभयो, उनले पृथ्वीमा राज गरेको परमेश्वर चाहनुहुन्थ्यो । आदम दास हुनको लागि होइन तर एउटा राजा हुनको लागि सृष्टि गरिएका थिए । हव्वा चाहिँ रानी भएको परमेश्वर चाहनुहुन्थ्यो । तर आज हामी के देख्छौँ ? जताजतै स्त्री र पुरुषहरु दास भइरहेका छन्- आफ्नै अभिलाषाको दास अनि यस संसारका भ्रष्ट थोकहरुको दास ।

जब परमेश्वरले यस पृथ्वी बनाउनुभयो, उहाँले सबै थोक सुन्दर बनाउनुभयो । त्यो खान निषेध गरिएको फलको रुख पनि सुन्दर थियो । जब आदम र हव्वा त्यो रुखको अगाडि उभिए, उनीहरुले छनौट गर्नुपर्योः परमेश्वरले बनाउनुभएको सुन्दर थोकहरुलाई रोज्ने कि परमेश्वर स्वयंलाई रोज्ने ?

हामी सबैले दिनहुँ रोज्नुपर्ने वmुराहरु यी नै हुन् । हाम्रो जीवन हामी आफैँमा केन्द्रित छ भने, हामी परमेश्वरले दिनुभएको उपहारहरुको (परमेश्वरले बनाउनुभएको कुराहरु) पछि लाग्छौँ तर परमेश्वरको पछि लाग्दैनौँ । हाम्रो घरमा हुने धेरैजसो झगडाहरु संसारवैm चिजहरुको निहुँमा हुन्छन्। यस्तो झगडा त्यो बेलामा हुन्छ जब पति र पत्नीले परमेश्वरको ठाँउमा संसारका थोकहरुलाई रोज्छन्- र तिनीहरुले आफ्नै रोजाई अनुसारको परिणामको कटनी गर्छन् । तिनीहरुले आफ्नो शरीरको लागि छर्छन् र भ्रष्टताको कटनी गर्छन् । जब मानिसले सृष्टिकर्ताको ठाँउमा सृष्टि गरिएका थोकहरु रोज्छन्, तब ऊ दास बन्छ ।

येशु हामीलाई यो दासत्वबाट छुटाउन आउनुभयो । मानिस आज पैसाको शक्तिको दास भएको छ, अनुचित यौन सुखको दास, अरुको विचारहरुको दास, अनि अरु थुप्रै थोकहरुको दास । ऊ स्वतन्त्र छैन । परमेश्वरले उसलाई चिल जस्तो हुनको लागि बनाउनुभयो जो माथि आकाशमा उड्नको लागि बनाइएको हो । तर जताततै हामी मानिसलाई साङ्लोमा बाँधिएको पाउँछौँ, रिसलाई थाम्न नसक्ने, आफ्नो बोली÷जिब्रो थाम्न नसक्ने, आफ्नो अभिलाषी आँखा नियन्त्रण गर्न नसक्ने । येशु हाम्रो पापहरुको निम्ति मर्नको लागि मात्र आउनुभएन तर हामीलाई यस दासत्वबाट छुटकारा दिनको निम्ति पनि आउनुभयो ।

सन्तोष र मेगन, म तपाईँहरुलाई भन्न चाहन्छु, यदि तपाईँले आदमले गरेजस्तो छनौट गर्न ईन्कार गर्नुभयो, र तपाईँहरुले "प्रभु हामी आफैँ कहिल्यै पनि हाम्रो जीवनको केन्द्र हुनेछैनौँ, तपाईँ मात्र केन्द्रमा हुनुहुनेछ । हाम्रो जीवनका सबै थोकहरु तपाईँमै केन्द्रित हुनेछन् ।" भनी भन्नुभयो भने तपाईँहरुको विवाह अति नै सुखी हुन सक्छ ।

बाइबलले बताउँछ कि परमेश्वर ज्योति हुनुहुन्छ र परमेश्वर प्रेम हुनुहुन्छ । परमेश्वरको प्रेम नै उहाँको ज्योति हो । एउटा अँध्यारो कोठामा, ज्योतिको सामथ्र्यले अन्धकारलाई हटाउँछ (धपाउँछ) । परमेश्वरको सामथ्र्य यस्तै छ । परमेश्वरको सामथ्र्य र प्रेमबिनाको जीवन वmेवल अन्धकार मात्र हुनेछ ।

पृथ्वीमा हाम्रो पुरै जीवन परीक्षा र परीक्षणकालको समय हो, अनन्तको राज्य जहाँ प्रेमको कानुनले राज गरिन्छ, हामीलाई तयार पार्नको लागि । हरेक परिस्थिति र अवस्था जसबाट भएर परमेश्वरले हामीलाई लैजानुहुन्छ, तिनलाई परमेश्वरले हामीलाई त्यस क्षेत्रमा जाँच गर्नको लागि रचना गर्नुभएको हो - कि हामी प्रेमको नियमअनुसार जिउँछौँ कि जिउँदैनौ भनेर । यसैकारण परमेश्वरले हामीलाई यति धेरै परीक्षा र अप्ठ्यारो परिस्थितिबाट भएर जान दिनुहुन्छ । परमेश्वर सामर्थी हुनुहुन्छ र उहाँले पृथ्वीमा हाम्रो जीवन यस्तो पनि बनाउन सक्नुहुन्थ्यो जहाँ वmुनै पनि परीक्षा हुने थिएन । तर परमेश्वरले आफ्नो महान् बुद्धिमा हाम्रो जीवनमा परीक्षाहरुलाई एउटा माध्यम ठह¥याउनुभयो जस मार्पmत हामी प्रेम गर्न सिक्न सकौँ । यदि हामीले स्वार्थलाई हटाएर वmेवल प्रेमले मात्र हाम्रो जीवनलाई मार्गनिर्देशन गर्नेछ भन्ने वmुरालाई निर्धारण ग¥यौँ भने परमेश्वरले हामीलाई उहाँको राज्यका शासकहरु हुनलाई तयार पार्न सक्नुहुनेछ । हामीले यसको बारेमा अहिले नै सोच्नुपर्छ, अथवा त्यो हामीले अनन्ततामा थाहा पाउँनेछौँ कि पृथ्वीमा हामीले परमेश्वरले दिनुभएको मौकाहरु गुमायौँ- र त्यसपछि हामीले अहिले जे सिक्नुपथ्र्याे त्यो कहिल्यै सिवmेनौँ।

त्यसैले तपाईँले आफ्नो विवाहमा छनौट गर्नुपर्ने कुरा यो होः तपाईँ प्रेम अनुसार जिउनु हुनेछ कि आफ्नो स्वार्थ अनुसार ? यदि परमेश्वर तपाईँको जीवनको केन्द्रमा हुनुहुन्छ भने, उहाँको प्रेमले तपाईँले बोल्नुहुने र गर्नुहुने हरेक वmुरामा मार्गनिर्देशन गर्नेछ ।

२. एक अर्कालाई स्वीकार्नुहोस्- अनि मुवmुण्डो नलगाउनुहोस्

मैले भन्न चाहेको दोस्रो कुरा यो होः एक अर्कालाई स्वीकार्नुहोस्- अनि वmुनै मुवmुण्डो नलगाउनुहोस्।

पाप पस्नुभन्दा अगाडि, "आदम र हव्वा दुवैजना नाङ्गा थिए तर लजाउँदैन थिए ।" तिनीहरु एक-अर्काप्रति खुल्ला र ईमानदार थिए अनि लुकाउनुपर्ने कुरा केहि थिएन । तर उनीहरुले पाप गर्ने बित्तिकै, सबै कुराहरु परिवर्तन भए । तुरुन्तै उनीहरुले नेभाराको पातहरुले आफूलाई ढाके । तिनीहरुले किन त्यसो गरे ? बगैँचामा वmुनै गोप्य रूपमा नजर राख्ने व्यक्ति थिएन । र पक्कै पनि उनीहरु जनावरहरुदेखि आपैmँलाई ढाकिरहेका थिएनन् । त्यसो भए किन तिनीहरुले आपैmलाई नेभाराको पातहरुले ढाकिरहेका थिए त ? तिनीहरुले एक-अर्कादेखि आफूलाई ढाकिरहेका थिए ।

पापको एउटा परिणाम भनेको हामी एक-अर्काबाट आफूलाई लुकाउँछौँ । सबै मानिसहरु आफ्नो व्यक्तित्वको त्यो भाग लुकाउँछन् जुन उनीहरुलाई नराम्रो लाग्छ । कसैले त्यो भाग याद गरे भने उनीहरु लज्जित हुन्छन् । त्यसैले उनीहरु मुवmुण्डो लगाउँछन् । उनीहरुले आप्mनो चेहरा अगाडीचाँहि आपूmलाई आरामदायी, शान्त र खुसी देखाउँछन् जबकि भित्र भित्रै उनीहरु गहिरो रुपमा दयनीय र हारेका हुन्छन् ।

तपाईँहरुले यो निर्धारण गर्नै पर्छ कि तपाईँहरु एक-अर्कालाई आफू जस्तो हुनुहुन्छ त्यस्तै देखाउनुहुनेछ- कुनै मुवmुण्डो नलगाईकन । त्यहाँ कुनै बहाना र नेभाराको पातहरु हुन नदिनुहोस् ।

सबै मानिसभित्र एउटा यस्तो व्यक्तिलाई भेट्टाउने चाहाना हुन्छ जसले उसलाई पूर्ण रुपमा चिने तापनि उसलाई प्रेम गरेको होस् । हामी मुवmुण्डो लगाउँछौँ किनकि हामीले अन्य व्यक्तिसँग नराम्रो अनुभव गरेका हुन्छौँ । हामी यो थाहा गर्छौँ कि अरुले हाम्रो बारेमा सबै कुरा थाहा पाएँ भने उनीहरुले हामीलाई स्वीकार गर्ने छैनन् । त्यसैले हामीले मानिसहरुको अगाडि दिखावा गर्छौँ ताकि उनीहरुले हामीलाई स्वीकार गरुन् । यो हामी ख्रीष्टियनहरुको माझमा पनि साँचो छ । येशु संसारमा हुनुभएको बेलामा उहाँले थुप्रै धार्मिक व्यक्तिहरु भेट्टाउनुभयो जसले मुवmुण्डो लगाएका थिए- त्यसैले उहाँले तिनीहरुको मद्दत गर्न सक्नुभएन ।

म तपाईँ दुवैलाई आज एउटा निर्णय गर्न आग्रह गर्दछु- कहिल्यै पनि मुवmुण्डो नलगाउनुहोस्, तर तपाईँहरु जस्तो हुनुहुन्छ त्यस्तै एक-अर्कालाई स्वीकार्नुहोस् । सन्तोष, जब तपाईँले मेगनमा केहि कमजोरी देख्नुहुन्छ, के तपाईँले उनलाई स्वीकार गर्नुहुनेछ ? मेगन, जब तपाईँले सन्तोषमा केहि कमजोरी देख्नुहुन्छ के तपाईँले उसलाई स्वीकार गर्नुहुनेछ ?

परमेश्वरको बारेमा एउटा उदेकको कुरा के छ भने उहाँले हामीलाई हामी जस्तो छौँ त्यस्तै स्वीकार गर्नुहुन्छ । परमेश्वरले तपाईँलाई स्वीकार्नु अघि तपाईँले पनि केहि सुधार गर्नुपर्छ भनेर सिकाउने जुनसुकै धर्म झुटो हो । येशु त्यस्तो धर्मको साथमा आउनुभएन । उहाँ त यो सन्देशको साथमा आउनुभयो कि परमेश्वरले हामीलाई हामी जस्तो छौँ त्यस्तै स्वीकार गर्नुहुन्छ । परमेश्वर यो जान्नुहुन्छ कि हामी आफैँलाई बदल्न सक्दैनौँ । र यसैले कि उहाँ हामीलाई हामी जस्तो छौँ त्यस्तै स्वीकार गर्नुहुन्छ- उहाँ आफैँले हामीलाई परिवर्तन गर्नुहुन्छ । सन्तोष र मेगन, बाइबलले तपाईँ दुवैजनासँग यो आग्रह गर्छः 'जसरी ख्रीष्टले तपाईँलाई ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर्नुहोस्' ।

मैले केहि समय अगाडि एउटा लेख पढेको थिएँ, मलाई त्यसको लेखकको नाम त याद भएन, त्यसमा यस मामिलाको बारेमा यसरी लेखिएको थियोः

हामी लुकामारि खेल्दै हाम्रो जीवनबाट भएर जान्छौँ । किनभने हामी को हौँ भन्ने कुरामा नै हामी लाज मान्छौँ, हामी एक-अर्काबाट लुक्छौँ । हामी मुवmुण्डो लगाउँछौँ किनकि हामी हामीभित्र भएको त्यो वास्तविक मानिसलाई देख्न सक्दैनौँ । हामी एक-अर्कालाई हाम्रो मुवmुण्डोबाट भएर हेर्छौँ र त्यसलाई सङ्गति भन्छौँ । हामी मानिसहरुमा यो प्रभाव पार्छौँ कि हामी सुरक्षित र अविचलित छौँ, तर त्यो केवल मुवmुण्डो मात्र हो । तर त्यो मुवmुण्डोमुनि हामी भ्रमित, भयभित र एक्लो छौँ । हाम्रो मुवmुण्डोबाट भएर अरुले हेरेका छन् कि छैनन् भनेर हामी डराउँछौँ । हामी यसरी डराउँछौः "हामी भित्रको त्यो वास्तविक मानिस अरुले देख्लान् कि ? देखे भने उनीहरुले हामीलाई ईन्कार गर्नेछन् र सायद हामीलाई हेरेर हाँस्छन् होला- र तिनीहरुको हाँसोले हामीलाई मार्नेछ ।" हामी यो बहानाको खेल खेल्छौँ- निर्धक्क र निश्चित देखिँदै । तर हामी भित्र-भित्रै सबै बच्चा सरह काम्छौँ । हाम्रो पुरा जीवन दिखावा बन्छ । हामी आफ्नै बारेमा सबै नचाँहिदो कुरा गर्दै अरुसँग बोल्छौँ र मजाक पनि गर्छौँ तर वास्तवमा हामी भित्र के भइरहेको छ भन्ने कुरा केहि पनि बताउँदैनौँ ।

हामी अरुले हामीलाई स्वीकार गरेको, बुझेको र प्रेम गरेको चाहन्छौँ । तर हामीले हाम्रो अनुभव अनुसार यो पाएका छौँ कि जब हामी हाम्रो वास्तविकता अरुको सामु ल्याउँछौँ, तब हामी सिधै इन्कार गरिन्छौँ । हामी हाम्रो बारेमा सबै कुरा थाहा भए पनि हामीलाई स्वीकार गर्ने व्यक्तिको खोजि गर्छौ । तर हामी कहिल्यै त्यस्तो व्यक्ति भेट्टाउँदनौँ । हामी नयाँ जन्म पाएका ख्रीष्टियनहरुलाई प्रेमको बारेमा कुरा गरिरहेका सुन्छौँ, अनि हामीमा यो आशा जागेर आउँछः "सायद उनीहरुले हामीलाई स्वीकार गर्छन् कि?" तर जब हामी उनीहरुसँग हुन्छौँ, हामी छिट्टै थाहा पाउँछौँ कि उनीहरु पनि मुवmुण्डो लगाइरहेका छन् । र उनीहरु हामीमा केवल कमजोरीहरु मात्र भेट्छन् ।

यसको समाधान के हो त ? हामीले परमेश्वरद्वारा हामी जस्तो छौँ त्यस्तै स्वीकार गरिएको र प्रेम गरिएको कुरा देख्नु पर्छ । परमेश्वर प्रेम हुनुहुन्छ । परमेश्वरको प्रेमको अनुभवले हामीलाई साहसी बनाउँछ । अबदेखि उसो हामीले बहाना गर्नु पर्दैन । त्यसपछि हामी जस्तो छौँ त्यस्तै हुन्छौँ- परमेश्वरसँग र मानिससँग पनि । परमेश्वरको प्रेमले हामीलाई केहि कुरा गर्नै पर्छ भनेर कर गर्दैन । हाम्रो सबै अपूर्णताहरु परमेश्वर जान्नुहुन्छ र उहाँले हामीलाई दोष नलगाई स्वीकार्नुहुन्छ । अर्कोतिर उहाँ हामीलाई सिद्ध बनाउन खोज्नुहुन्छ । परमेश्वर हाम्रो बारेमा के जान्नुहुन्छ वा हामीमा के देख्नुहुन्छ भन्ने कुरा जान्नुको साटोमा परमेश्वरले हामीलाई स्वीकार्नु भएको छ भन्ने कुरा जान्नु सुखी ख्रीष्टियन जीवनको जड हो । यहि प्रशस्तताको जिवन येशूले हामीलाई दिनको निम्ति आउनुभयो ।

परमेश्वरको प्रेमको बारेमा जान्नुले पनि हाम्रो जीवनमा मानिसहरुको स्वीकार्यता खोज्ने मानसिकतामा स्थायी रुपमा अन्त ल्याउँछ । हामी निर्धक्कताले पुरै भरपुर हुनेछौँ । हाम्रो दोष हट्नेछ र हाम्रो भय पनि हटाईनेछ । हामी कहिले काहिँ एक्लो होआँैला तर कहिल्यै एक्लो छैनौँ, किनकि परमेश्वरले हामीलाई कहिल्यै नछोड्ने र नत्याग्ने प्रतिज्ञा गर्नुभएको छ ।

तपाईँको जीवनसाथी भित्र केहि कुरा कराईरहेको छ- स्वीकार गरिने चाहना । र त्यसैले तपाईँसँग सुन्ने कान हुनपर्छ, केवल बोलिएको शब्द मात्र सुन्ने होईन तर नबोलिएको कुरा पनि सुन्ने खालको- हृदयभित्रको त्यो शान्त शब्दहरु जुन कहिल्यै बोलिएका छैनन् ।

तर बडो दुःखको कुरा यो हो कि हामीलाई परमेश्वरले हामी जस्तो छौँ त्यस्तै स्वीकार्नुहुन्छ भन्ने कुरा समेत हामी विश्वास गर्दैनौँ । त्यसैले हामी उहाँसित पनि कुराहरू लुकाउँछौ । आदम र हव्वाले पनि त्यहि नै गरेको हो । उनीहरु रुख पछाडि भागे र परमेश्वरदेखि लुक्न खोजे ।

धेरै पति र पत्नीहरु एक-अर्कालाई प्रेम गर्न सक्दैनन् किनकि उनीहरु आफैँले पनि परमेश्वरद्वारा स्वीकार गरिँदा हुने आनन्द भेट्टाएका छैनन् । उनीहरुले धर्म त पाएका छन् तर ख्रीष्टलाई होइन । ख्रीष्टबिनाको ख्रीष्टियन धर्मको रित्तो खोल दिनु शैतानको एउटा अति उत्तम रचना मध्य एक भएको छ- अनि त्यसले मानिसलाई दयनीय बनाएको छ । धेरैजसो मानिसहरु यस्तो धर्मबाट फर्केका छन् जुनचाहिँ साँचो ख्रीष्टियनमत समेत होईन । साँचो ख्रीष्टिय मत ख्रीष्ट आफैँ हुनुहुन्छ ।

हरेक घर जहाँ येशु ख्रीष्ट केन्द्रमा रहनुभएको हुनुहुन्छ, त्यो घर शान्तिमय हुनेछ । यो त्यस्तो घर हुनेछ जहाँ पति र पत्नीले एक अर्कालाई बुझ्नेछन्, जहाँ उनीहरुले एक-अर्कालाई स्वीकार्ने छन् किनभने उनीहरु ख्रीष्टद्वारा स्वीकार गरिएको कुरामा पुरै विश्वस्त र सुरक्षित छन् । यहि प्रकारको घर तपाईँहरुले बनाउनै पर्छ ।

तपाँई कुरुप र बर्बाद भएको अवस्थामा परमेश्वरले तपाईँलाई प्रेम गर्नुभयो- तपाईँले उहाँलाई खुसी पारेको बेलामा होइन, तर जब तपाईँ दुष्ट हुनुहुन्थ्यो, त्यो बेलामा होइन जब तपाईँले उहाँलाई खुसी दिनुभयो, तर तब जब तपाईँले उहाँलाई कष्ट दिनुभयो । अब परमेश्वरले जसरी तपाईँलाई प्रेम गर्नुभयो त्यसरी नै आफ्नो साथीलाई प्रेम गर्न तपाईँलाई बोलाउँदै हुनुहुन्छ- स्वतन्त्र भएर, आफनो श्रिमतीलाई प्रेम गर्ने कुनै आधार नखोजी ।

एक अर्कासँग बस्न थालेपछि, तपाईँहरुले छिट्टै एक अर्कामा कमीकमजोरीहरु भेट्टाउनु हुनेछ जुन अहिले तपाईँहरुले देख्नुभएको छैन । र त्यो बेलामा तपाईँहरुलाई एक अर्कालाई प्रेम गर्न सहायता गर्ने कुरा भनेको यो कुराको निश्चयता हुनेछ कि यशेले हामीलाई हामीभित्रका यी सब कुराहरु देख्नुभयो तापनि उहाँले हामीलाई स्वीकार्नुभयो । आज जे कुरा तपाईँ आफूमा देख्नुहुन्न उहाँ त्यो समेत देख्नुहुन्छ र अझै पनि तपाईँलाई स्वीकार्नु हुन्छ ।

यदि तपाईँहरुले पनि एक अर्कालाई यसरी नै प्रेम गर्नुभयो भने तपाईँहरुले त्यो सबै भित्ताहरु भत्काउनु हुनेछ जस पछाडि तपाईँले आफ्नो कुराहरु लुकाई रहनुभएको छ । तपाईँहरुमा भएको परमेश्वरको प्रेम ती भित्ताहरु भन्दा शक्तिशाली छन् र यसले ती सब भित्ताहरुलाई बिस्तारै भत्काउनेछ। अनि त्यसपछि तपाईँहरु दुवैजना साँच्चै एक हुनुहुनेछ।

अब मलाई त्यो लेखको अन्तिम शब्दहरु पढ्न दिनुहोसः

तपाईँको दया र कोमलता अनि त्यो तथ्य कि तपाईँ आफ्नो साथीको भावनाहरु बुझ्न पर्याप्त ध्यान दिनुहुन्छ- तपाईको साथिले पखेटा बढाउनेछ - सानो पखेटा र सुरुमा कमजोर पखेटा, तर पखेटा नै हो । र यदि तपाईँले हार मान्नुभएन भने, ती पखेटाहरु बढ्नेछन् ताकि एकदिन तपाईँहरु दुवै चिलजस्तै माथि आकाशमा उड्नुहुनेछ- जसरी तपाईँले यसो गरेको परमेश्वर चाहनुहुन्छ ।

३. एकसाथ मिलेर काम गर्नुहोस्- र तपाईँले शैतानलाई जित्नुहुनेछ ः

तपाईँले गर्नुपर्ने तेस्रो छनौट यो हो- कि सँगै मिलेर काम गर्नु ।

जब परमेश्वरले आदम र हव्वालाई बगैँचामा पठाउनुभयो, तब उहाँले तिनीहरुलाई एकसाथ सँगै पठाउनुभयो । तर शैतान आयो र हव्वालाई अलग पारिदियो र उनीसँग मात्र कुरा ग¥यो। आदम त्यहिँ खडा भए र आफ्नी पत्नीलाई एक्लै त्यति घातक निर्णय गर्न दिए । आदमले यसरी भन्नुपथ्र्यो, "पर्ख प्रिय, के तिमीलाई सम्झना छ परमेश्वरले हामीलाई के भन्नुभएको थियो । हामी त्यस रुखबाट खान सक्दैनौँ ।" यदि उनले यति मात्र भनिदिएको भए कति अलग कथा हुने थियो ।

जब पति र पत्नी आपूm आत्मनिर्भर भएको जस्तो व्यवहार गर्न थाल्छन् तब धरै समस्याहरु उत्पन्न हुन थाल्छन् । तपाईँ एक्लैले शैतानको सामना गर्न सक्नुहुन्न । तपाईँको जीवन र तपाईँको घरमा खेलवाड गर्न शैतान मौका कुरेर बसिरहेको छ । घर परिवार उसको आक्रमणको पहिलो निशाना थियो- र आज पनि उसले आक्रमण गर्ने परिवारमा नै हो । जस्तो येशुले भन्नुभयो, शैतान मार्न, चोर्न र तहसनहस पार्न आउँछ । तर तपाईँ दुवैजना एकसाथ उभिनु भयो भने तपाईँले शैतानलाई जित्नुहुनेछ ।

विलाप ४ः९-१२मा लेखिएको छ ः

"एकजनाभन्दा दुईजना असल हो । किनकि तिनीहरु लोटे भने एउटाले आफ्नो साथीलाई उठाउनेछ । अनि कसैले एकजनालाई जित्यो भने दुईजनाले त्यसको सामना गर्नेछन्; अनि तीन पोयाले बाटेको डोरी चुँडिँदैन ।

यी पदहरु मत्ती १८ः१८-२० मा भएको प्रतिज्ञासँग नजिकबाट जोडिएको छ । धेरै पति पत्नीहरु यो प्रतिज्ञामा दाबी गर्न सक्दैनन् किनकि यसले उनीहरु एक-अर्कामा एकताको माग गर्छ । म पनि यो प्रतिज्ञा तपाईँहरुलाई दिन चाहन्छु- किनभने हाम्रो विवाह भएको ३८ वर्षमा यसले एनी र मेरो थुप्रै प्रार्थनाहरुको जवाफहरु ल्याएको छ ।

यहाँ यसले यो भन्छः फेरि म तिमीहरुलाई भन्दछु, तिमीहरुमध्ये दुईजना, आफूले माग्न लागेको कुनै कुराको विषयमा पृथ्वीमा एक मनका भए भने स्वर्गमा हुनुहुने मेरा पिताद्वारा त्यो तिमीहरुका निम्ति गरिनेछ (१९ पद), किनकि त्यहाँ तिनीहरुका माझमा म (येशु ख्रीष्ट) हुन्छु (२० पद) । तपाईँहरु दुईजनाले (साथमा येशू पनि तेस्रो व्यक्तिको रुपमा तपाईँहरुको माझमा) पनि शैतानका कामहरुलाई बाँध्न सक्नुहुनेछ र त्यो बाँधिनेछ (१८ पद) । त्यसपछि तपाईँहरु तीनजना तीन पोयाले बाँटेको डोरीजस्तै बन्नुहुनेछ जुन चुँडिने छैन ।

परमेश्वर तपाईँको जीवनको हरेक समस्याहरु समाधान गर्नसक्नुहुन्छ । मानिसले समाधान गर्न नसक्ने असङ्ख्य समस्याहरुमा तपाईँ पर्न सक्नुहुन्छ । तर त्यहाँ परमेश्वरले समाधान गर्न नसक्ने कुनै पनि समस्या छैन । परमेश्वरले तपाईँको समस्या समाधान गरेको चाहनुहुन्छ भने पहिला तपाईँ दुईजना बाँधिनुपर्छ । त्यसैले सम्पूर्ण कार्य एकैसाथ मिलेर गर्नुहोस् ।

आफ्नो साथीलाई चोट पु¥याएको थाहा पाउने बित्तिकै एक-अर्कालाई क्षमा गर्नुहोस् । कुरेर नबस्नुहोस् । तुरुन्तै माफी मागिहाल्नुहोस् । चाहे यो पृथ्वीको अरु जेसुकै थोक गुमाउनु परे तापनि -आफ्नो एकतालाई जसरी हुन्छ बचाई राख्नुहोस् । एकता बनाई राख्नुहोस्, अनि जब तपाईँहरु प्रार्थना गर्नुहुन्छ, परमेश्वरबाट छिट्टै जवाफ पाउनुहुनेछ । र शैतान तपाईँको घरमा कहिल्यै पस्न सक्दैन । यो परमेश्वरको प्रतिज्ञा हो ।

मलाई निष्कर्षमा अझै एउटा कुरा भन्न दिनुहोस्; तपाईँको विवाहमा भएको विचार, शब्द र कार्यहरु यदि प्रेममा गरिएका थिएनन् भने एकदिन ती सबै नष्ट हुनेछन् ।

तपाईँमा भएको परमेश्वरको प्रेमले तपाईँलाई तपाईँको हरेक कठिनाई हटाउन सक्षम बनाउनेछ । यसले बन्द ढोकाहरु खोलिदिनेछ र पर्खालहरु भत्काउनेछ । यदि तपाईँले यो प्रेमलाई पछ्याउनुहुन्छ भने तपाईँको विवाह यस संसार भरिकै सुखी विवाह हुनेछ ।

सहि व्यक्ति चुन्नु मात्र पनि पर्याप्त हुँदैन- यो त तपाईँले गरिसक्नु भएको छ । अब तपाईँले आफ्नो वैवाहिक जीवनभरि नै सहि छनौटहरु गर्नुपर्छ ।

यदि तपाईँले आज यो प्रेमको सिद्धान्तलाई अपनाउनु भयो भने, यो चाहिँ तपाईँले आफ्नो वैवाहिक जीवनको अति नै उत्तम शुरुवात हुनेछ । अनि तपाईँ दिनहुँ यहि मार्गमा लागिरहनुभयो भने तपाईँले यो भ्रष्ट पुस्तालाई यो प्रमाणित गर्नुहुनेछ कि परमेश्वरको प्रेमले सबै कुरालाई जित्न सक्छ र यो कहिल्यै असफल हुँदैन । र तपाईँको जीवनमा परमेश्वर महिमित हुनुहुनेछ ।

म प्रार्थना गर्छु कि तपाईँको परिवार परमेश्वरको महान् साक्षी भएको होस् । म प्रार्थना गर्छु कि यी वचनहरु तपाईँले सुनेका शब्दहरु मात्र नहोउन् तर तपाईँको जीवनमा जिवित बनेको होस् ताकि तपाईँको घर अरुको लागि ज्योति भएको होस् ।

संसार खाँचोमा परेका व्यक्तिहरुले भरिएको छ । यदि परमेश्वरले तपाईँको जीवनमा केहि गर्न सक्नुहुन्छ र आफ्नो प्रेम तपाईँद्वारा प्रकट गर्नु सक्नुहुन्छ भने उहाँले तपाईँलाई प्रयोग गर्नुहुनेछ- मेरा शब्दहरुलाई ध्यान दिनुहोस्- परमेश्वरले संसारमा तपाईँलाई तपाईँको वरिपरि भएका खाँचोमा परेका परिवारहरुको मद्दत गर्न प्रयोग गर्नुहुनेछ ।

परमेश्वरले तपाईँहरुलाई आशिष दिनुभएको होस् । आमेन ।

अध्याय 3
बगैँचा जस्तो विवाह

सन्दिप (मेरो साहिलो छोरो) र लोराको विवाहमा दिइएको सन्देशः

सबैभन्दा पहिलो विवाह परमेश्वरले आयोजना गर्नुभएको थियो- एउटा बगैँचामा । त्यसैले आज यस विवाहको वरिपरि भएको वातावरणमा रहन हामीलाई असल छ । अदनपनि यहाँ हामीले देखेको यस बगैँचा जस्तै थियो, तर यो भन्दा झन बढि सुन्दर । त्यसैले हामी परमेश्वरप्रति निकै धन्यवादी छौँ कि हामी आजको विवाहको लागि यहाँ यस बगैँचामा भेला हुन पाएका छौँ ।

सन्दिप र लोरा, म तपाईँलाई यशैया ५८ः११ बाट एउटा प्रतिज्ञा बाँड्न चाहन्छुः "तिमी पानीले सिँचेको बगैँचाझैँ हुनेछाँै ।" अनि म थप्न चाहन्छुः तपाईँको विवाह पानीले सिँचेको बगैँचाझैँ हुनेछ।

उत्पत्ति २ मा यो भनिएको छः "परमप्रभू परमेश्वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनुभयो अनि परमप्रभु परमेश्वरले मानिसलाई लिनुभयो र तिनलाई अदनको बगैँचामा त्यसलाई खनजोत गर्न र त्यसको देखरेख गर्नका निम्ति राख्नुभयो ।" तर त्यहाँ देखरेख गर्नको निम्ति परमेश्वरले आदम र हव्वालाई अर्को पनि बगैँचा दिनुभएको थियो- र त्यो बगैँचा उनीहरुको आपसी सम्बन्ध थियो । यो चाहिँ त्यो बगैँचा थियो जसको देखरेख उनीहरुले गरेनन् । उनीहरुले आफ्नो बिचमा शैतानलाई आउन दिए ।

परमेश्वरले आज तपाईँहरुलाई देखरेख गर्नको निम्ति दुईवटै बगैँचा दिनुभएको छ । यदि एउटा बगैँचालाई बेवास्ता गरियो भने त्यो सजिलै मरुभूमिमा परिणत हुन सक्छ । हितोपदेश २४ः३०-३४ मा हामी एउटा अल्छेको बगैँचाको बारेमा पढ्छौँ जुनचाहिँ मरुभूमिमा परिणत भएको थियो । धेरैजसो विवाह यस्तै भएको छ । तर तपाईँहरुको विवाह कहिल्यै यस्तो हुनुहुदैन । तपाईँहरुको लागि परमेश्वरको प्रतिज्ञा यो छः "तपाईँको विवाह सिँचिएको बगैँचाझैँ हुनेछ ।"

म आज तपाईँहरुसँग पवित्रशास्त्रमा पाइने तीनवटा बगैँचाहरुको बारेमा बताउन चाहन्छु ।

१. अदनको बगैँचा

२. गेत्समनि र कलवरिको बगैँचा

३. दुलहीको बगैँचा (श्रेष्ठगीतमा)

पाप बगैँचाबाट आयो र मुक्ति पनि बगैँचाबाट नै आयो । र तपाईँको विवाह त्यस्तो बगैँचाभैmँ हुन सक्छ जसले परमेश्वरको महिमा गर्छ ।

१. अदनको बगैँचा

पाप त्यो बगैँचामा कसरी आयो ? त्यसको कारण आदम र हव्वाको गलत मनोभाव हो ।

पहिलो कारण चाँहि घमण्ड थियो । उनीहरुले सोचे कि उनीहरु परमेश्वरभन्दा बढि जान्ने छन् । उनीहरुले सोचे कि उनीहरु परमेश्वरको आज्ञा उल्लङ्घन गर्न सक्छन् र यसबाट सजिलै उम्किन सक्छन् । आज पनि धेरै मानिसहरु यसरी नै सोच्छन् ।

दोस्रोचाँहि स्वार्थ थियो । यदि हामीले यो फल खायौँ भने आफ्नो लागि हामीले के पाउँछौँ भन्ने कुरा मात्र उनीहरुले सोचे । यहाँ भनिएको छ "अनि त्यो रुख भोजनका निम्ति असल, आँखाका निम्ति त्यो मनोहर र बुद्धिमान् बनाउनका निम्ति त्यो रुख चाहना गर्न लायकको रहेछ, सो त्यस स्त्रीले देखि ।"

घमण्ड र स्वार्थ शुरुमा पापको मुख्य कारकहरु थिए । र यी नै आज मानव जातिमा भएको पापहरुको जड हुन्- र यसका थुप्रै अभिव्यक्तिहरू पनि छन् ।

सामान्यतया, मानिस आफैँमा केन्द्रित हुन्छ र परमेश्वरदेखि स्वतन्त्र जीवन जिउन चाहन्छ । पाप यसरी नै आउने हो ।

२. गेत्समनी र कलवरीको बगैँचा

पाप बगैँचाबाट आयो । अनि हाम्रो मुक्ति पनि येशुले बगैँचाबाट नै ल्याउनुभयो ।

धेरैलाई गेत्समनीको बगैँचाको बारेमा थाहा छ । तर उनीहरुलाई यो थाहा छैन कि येशु जुन ठाँउमा क्रुसमा टँगाइनुभएको थियो, त्यो पनि बगैँचा नै थियो र उहाँ गाडिनुभएको ठाँउ पनि बगैँचामा नै थियो ।

युहन्ना १९ः४१ मा भनिएको छः

"अब उहाँ क्रुसमा टँगाइनुभएको ठाउँमा एउटा बगैँचा थियो; अनि त्यस बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कुनै मानिस राखिएको थिएन ।"

येशुलाई बगैँचामा धोका दिइएको थियो । उहाँलाई बगैँचामा क्रुसमा टँगाईयो । उहाँलाई बगैँचामा नै गाडियो । उहाँ बगैँचामा नै मरेकाहरुबाट बौरेर उठ्नुभयो । तपाईँहरु दुवैजनाको लागि मुक्ति पनि बगैँचाबाट नै आएको छ । येशुले बगैँचामा जे-जे गर्नुभयो त्यसको सबै लाभ आज तपाईँको हुन सक्छ ।

जब हामी येशु पृथ्वीमा हुनुहुँदाको जीवनलाई हेर्छौँ, हामी उहाँको जीवनमा आदम जातिको ठिक उल्टो कुरा देख्छौँ, घमण्ड र स्वार्थको ठिक उल्टो कुरा ।

हामी ख्रीष्टको जीवनमा नम्रता देख्छौँ, जुन उहाँको पिताले उहाँले जे गर्नुभएको चाहनुहुन्थ्यो त्यहि कुरा गर्ने ईच्छा उहाँमा थियो- चाहे त्यो क्रुसमा मर्ने कुरा नै किन नहोस् । उहाँले सजिलै यो तरिका रोज्नुभयो- जेसुकै भएतापनि कुनै आरक्षणबिना नै ।

येशुले कुनै स्वार्थबिना नै अरुको खाँचोको बारेमा सोच्नुभयो, आफ्नो बारेमा होइन- उनीहरुलाई सहायता गर्नको निम्ति आफ्नै बलिदान दिन पनि तयार हुनुभयो । यस्तै मनोभाव तपाईँ दुवैजनामा भएको उहाँ चाहनुहुन्छ ।

३. दुलहीको बगैँचा

मैले उल्लेख गर्न लागेको तेस्रो बगैँचाचाँहि यस्तो छ जुन धेरै ख्रीष्टियनहरुलाई थाहा छैन । यो बगैँचा श्रेष्ठगीतको पुस्तक (जुन एउटा गीत हो जसले दुलहा र दुलहीको, पति र पत्नीको सम्बन्धको बारेमा वर्णन गरेको छ) मा उल्लेख गरिएको छ ।

श्रेष्ठगीत ४ः१२ मा, दुलहि भन्छिन्, "मेरी दुलही चारैपट्टि बार लगाइएको बगैँचा ।" यहाँ दुलहा ख्रीष्ट हुनुहुन्छ । अनि हामी, उहाँकी दुलही, केवल उहाँको निजी बगैँचा हुनुपर्छ । योचाहिँ तपाईँले सर्वप्रथम नै बुझ्नुपर्छः तपाईँले आफ्नो विवाहसँगै एउटा बगैँचा लगाउँदै हुनुहुन्छ । तर त्यो बगैँचा मुख्यतः तपाईँको फाइदाको लागि होइन, न अरुको फाइदाको लागि हो, तर प्रभुको लागि । यो कुरा आफ्नो मनमा राख्नुहोस्- कि तपाईँको विवाह परमेश्वरको निजी (चारैपट्टिबाट बार लगाइएको) बगैँचा हुनुपर्छ । र प्रतिफलको रुपमा, अरुहरु पनि यसबाट आशिषित हुनेछन् ।

येशूले सिकाउनु भएको यहि हो, जब एकजनाले उहाँलाई सबैभन्दा ठूलो आज्ञा के हो भनेर सोधे, उहाँले भन्नुभयोः

" 'तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, अनि आफ्नो सारा मनले प्रेम गर' । यहिचाहिँ पहिलो र ठुलो आज्ञा हो । अनि दोस्रोचाहिँ यहि जस्तो छ, 'तिमीले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर'।" (मत्ती २२ः३७-४०)

हाम्रो जीवन सधैँ परमेश्वरलाई पहिलो स्थानमा राखेर शुरु गर्नुपर्छ । त्यसैले परमेश्वरले आदम र हव्वालाई एकसाथ नभई बेग्ला-बेग्लै बनाउनुभएको हो- ताकि जब आदमले आँखा खोल्थे, उनले सबैभन्दा पहिला जसलाई देख्थे त्यो परमेश्वर हुनुहुने थियो, हव्वा होइन । अनि जब परमेश्वरले पछि हव्वालाई बनाउनुभयो र जब उनले आँखा खोलिन्, तब उनले सबैभन्दा पहिले परमेश्वरलाई देखिन्, आदमलाई होइन । यदि तपाईँको विवाह सिँचिएको बगैँचा जस्तो हुनुपर्ने हो भने, यो कुरा तपाईँको जीवनमा सधैँ लागु हुनपर्छ ।

हरेक बगैँचालाई वर्षा चाहिन्छ । र नयाँ करारमा, हामीसँग पवित्र आत्माले - स्वर्गको वर्षाले - भरिने मौका छ। यसको लागि आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई खोज्न म तपाईँहरुलाई उत्साह दिन चाहन्छु । पवित्रआत्माले भरिनु भनेको आफ्नो जीवनको सम्पूर्ण कुरालाई पवित्रआत्माको नियन्त्रणमा सुम्पिनु हो । आफूलाई स्वर्गीय वर्षाको लागि खुला बनाउनुहोस्, हरेक दिन नै ।

म पूर्वी संस्कृति र पश्चिमी संस्कृतिमा धेरै भिन्नता पाउँछु । तर दुवै संस्कृतिमा घमण्ड बराबर छ । पूर्वी संस्कृतिमा- भारतको विवाहमा- उनीहरु यसरी गीत गाँउदैनन्, "हेर, दुलही आउँदैछिन्" तर यसरी गाउँछन्, "हेर, दुलहा आउँदैछन् ।" केहि भारतीय विवाहमा दुलहा घोडामा चढेर आउँछन् किनकि पुर्वी विवाहको संस्कृतिमा दुलहा महत्वपूर्ण व्यक्ति हुन् । र दुलहि घोडाको पछिपछि हिँड्छिन् किनकि उनलाई निम्न स्तरको मानिन्छ ।

तर पश्चिमी संस्कृतिमा कुराहरु उल्टो छन् । यहाँ सभामा मानिसहरु दुलहीको लागि उभिँदछन्, तर दुलहाको लागि कोहि पनि उभिँदैन ! किनकि यहाँ दुलहीमा जोड छः "हेर, दुलही आउँदैछिन्"।

तर ख्रीष्टियन संस्कृतिमा यस्तो हुनुपर्छ, "हेर, प्रभु आउँदै आउँदै हुनुहुन्छ !" दुवै पूर्वी र पश्चिमी संस्कृति पापले अशुद्ध भएको छ । एकतिर पुरुष प्रमुख छ, र अर्कोतिर स्त्री प्रमुख छिन् । तर जब तपाईंले परमेश्वरलाई पहिलो स्थान दिनुहुन्छ, तब तपाईं यसरी भन्न सक्नुहुन्छ, "हेर, प्रभु आउँदै हुनुहुन्छ !"

अझै, पूर्वी संस्कृतिमा पुरुष यसो भन्दै आफ्नो महिमा गर्छ, "मैले गएर उसलाई मागेको होइन, तर उसको बुबा आउनुभयो र मलाई माग्नुभयो ।" के तपाईँ यहाँ घमण्ड देख्नुहुन्छ ? तर पश्चिमी संस्कृतिमा स्त्रीले चाँहि यसरी भन्छिन्, "म उसलाई खोज्दै गएको होइन, ऊ आयो मलाई आकर्षित बनायो र मलाई जित्यो ।" यहाँ पनि घमण्ड छ ।

तर ख्रीष्टियन संस्कृतिमा हामी नम्र भएर भन्छौँ, "प्रभुले हामीलाई एकसाथ ल्याउनुभयो । हामी प्रभुलाई प्रेम गर्छौँ र हामी उहाँको नजरमा बराबरी छौँ ।"

म तपाईँहरुलाई आ-आफ्नो संस्कृतिको घमण्डबाट माथि उठ्न र ख्रीष्टियन बन्न उत्साह दिन चाहन्छु । हरेक बिहान तपाईँको गीत यस्तो होस्, "प्रभ आउनुहुन्छ"- र तपाईँहरु दुवैजना उहाँको नम्र दास हुनुभएको होस् । तब तपाईँको विवाह सिँचिएको बगैँचाझैँ हुनेछ ।

घमण्डको साथसाथै स्वार्थ पनि सबै संस्कृतिमा उहि नै हुन्छ । जब विवाहको लागि पुरुषले एउटी स्त्रीलाई हेर्छ, उसले आफ्नो स्वार्थमा उसको सुन्दरता हेर्छ- एउटि सुन्दरी केटीको लागि । अनि जब विवाहको लागि स्त्रीले पुरुषलाई हेर्छे, उनी पनि आफ्नो स्वार्थमा उसको पैसा हेर्छिन्- एउटा धनी पुरुषको लागि । यो सारा संसारमा सत्य छ ।

तर ख्रिष्टियन संस्कृतिमा, तपाईँले मुख्यतः व्यक्तिलाई चुन्नुहुन्छ किनकि उसले परमेश्वरलाई प्रेम गर्छ र उहाँलाई आदर गर्छ । त्यसैले म तपाईँहरुलाई मानव जातिको स्वार्थबाट माथि आउन अनुरोध गर्दछु ।

तपाईँहरु दुवैजनाको मूल भिन्न-भिन्नै संस्कृति भएकोले, मैले यो सोचेँ कि म यो स्पष्ट पार्नेछु कि कुनै पनि संस्कृति अर्कोभन्दा श्रेष्ठ छैन । पूर्वेलीहरु आफूलाई पश्चिमेलीभन्दा श्रेष्ठ ठान्छन् र पश्चिमेलीहरु आफूलाई पूर्वेलीभन्दा श्रेष्ठ ठान्छन् । तर दुवै पक्ष गलत हुन् । ख्रीष्टियन संस्कृति सबैभन्दा महान् छ- र तपाईँले यसैलाई पछ्याएको परमेश्वर चाहनुहुन्छ ।

कसरी एउटा राम्रो बगैँचा लगाउने भनेर मैले गुगल खोज गरेँ, यहाँ मैले भेट्टाएको पाँचवटा नियमहरु छन् -

१) रोग प्रतिरोधात्मक बीउको प्रयोग गर्नुहोस् । रोग नियन्त्रणको असल उपाय भनेको रोकथाम गर्नु हो । हामी हाम्रो मुखले बीउ रोप्छौँ । यो कुरा निश्चित गर्नुहोस् कि जब तपाईँ एक-अर्कासँग बोल्नुहुन्छ, तपाईँको बोलीले रोग पैmलाइरहेको छैन । त्यस्ता शब्दहरु प्रयोग गर्नुहोस् जुन रोग प्रतिरोधात्मक छन् । बिरुवाहरु जोगाउन केहि रोगहरुको निम्ति बारम्बार औषधि छरिनुपर्छ । यदि तपाईँ आफ्नो बगैँचामा सामा देख्न चाहनुहुन्न भने तपाईँ आफ्नो मुखबाट व्यवहार गर्ने सम्बन्धमा निर्दयी पनि बन्नुपर्छ । म आशा गर्छु कि तपाईँहरुले आफ्नो विवाहमा कहिल्यै सामा उम्रिन दिनुहुनेछैन ।

२) माटोलाई मलद्वारा सुधार्नुहोस् । यदि तपाईँ सुखी विवाह चाहनुहुन्छ भने एक-अर्कालाई उत्साह दिनुहोस् र एक-अर्काको प्रशंसा गर्नुहोस् । माटोमा राखेभैm मल राखनुहोस्- र त्यसपछि तपाईँले साँच्चै राम्रो फसल पाउनुहुनेछ ।

३) नियन्त्रण गर्न नसकिने रोग लागेको बिरुवाहरु नष्ट गर्नुहोस् । यसले अनियन्त्रित र लत लाग्न सक्ने कुराहरुलाई जनाउँछ- जस्तो कि टेलिभिजन हेर्ने । त्यसलाई नष्ट गर्नुहोस्- मेरो मतलब टि.भी. सेट होइन तर त्यसको अगाडि बर्बाद भएको समय हो । यस्ता गतिविधिहरु नियन्त्रण गर्नुहोस् । यस नियमले नियन्त्रण गर्न नसकिने कुराहरुलाई जनाउँछ । तर त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्छ भने यो ठिक छ । तर नियन्त्रण चाँहि गर्नुपर्छ ।

४) देख्ने बित्तिकै रोग लागेका पातहरु जति सक्दो छिटो काटेर फाल्नुहोस् । यसको मतलब तपाईँले आफ्नो साथीलाई चोट पु¥याउनु भएको छ भन्ने बुझ्ने बित्तिकै- यो घायल पात हो- त्यसलाई तुरुन्तै काटेर फाल्नुहोस् । तुरुन्तै माफी माग्नुहोस्, अनि तुरुन्तै माफी दिइहाल्नुहोस् । र त्यसपछि पात काटियो । नत्र यस्तो समस्या गम्भीर बन्न पुग्छ । र अझ एउटा कुराः त्यो घायल पातलाई फाल्नुहोस् - विगतलाई नसम्झिनुहोस् ।

५) आपूmले राम्ररी हेरचाह गर्न सक्नेभन्दा बढी बिरुवा नलगाउनुहोस् । बिरुवाहरुको जमात नबनाउनुहोस् । जमात बनाउनाले हावा सञ्चालनमा र घाम पर्याप्त मात्रामा पुग्न बाधा हुन्छ । यसको मतलब दिनको २४ घण्टामा नै धेरै काम गर्न नखोज्नुहोस्, जसको कारणले तपाईँको विवाह बगैँचा उपेक्षित नहोस्- तपाईँको परिवार तपाईँको अन्तिम प्राथमिकतामा नहोस् । तपाईँको विवाह बगैँचा सधै पहिलो प्राथमिकतामा हुनैपर्छ । जमात बनाउनाले पर्याप्त सुर्यको प्रकाश (परमेश्वरको ज्योति) पुग्न र राम्रो हावा सञ्चालन (तपाईँहरुबीच असल सङ्गति) हुनलाई बाधा पु¥याउनेछ ।

परमेश्वर आफैँले संसारभरिको बगैँचाको लागि यहि नियम बनाउनुभएको छ । त्यसैले आफ्नो परिवारलाई पहिलो प्राथमिकता बनाउनुहोस् ।

र अब मलाई श्रेष्ठगीत ४ः१६ मा पल्टाउन दिनुहोस् ।

"हे उत्तरी हावा, जाग ! हे दक्षिणी हावा, आइज ! (उत्तरी हावा चिसो हुन्छ र दक्षिणी हावा गरम हुन्छ) मेरो बगैंचामा बहिदे, र त्यसका सुगन्धहरु बगिनिस्कुन् ! मेरा प्रिय आफ्नो बगैँचामा आउन् र त्यसका मनोहर फलहरु खाउन् !"

हरेक विवाहमा हामी कठिनाईको चिसो उत्तरी हावा र समृद्धिको न्यानो दक्षिणी हावाको सामना गर्छौँ। तर जब येशु हाम्रो शिर हुनुहुन्छ र उहाँलाई हामी हाम्रो जीवन नियन्त्रण गर्न दिन्छौँ, तब कि त हामी कठिनाईमा पर्छौँ कि त समृद्धिमा, कि त परीक्षामा कि त सान्त्वनामा, यी दुवै हावाले हामीबाट ख्रीष्टको सुगन्ध चारैतिर फैलाउँछ ।

संसारमा उनीहरु यो गर्न सक्दैनन् । संसारमा उनीहरु हरेक कुराको लागि गुनासो गर्छन् । कठिनाईको समयमा उनीहरु परमेश्वरको विरुद्ध समेत गुनासो गर्छन् । संसारको हरेक मानिसले समृद्धिको दक्षिणी हावा सम्हाल्न सक्छन् । तर उनीहरु कठिनाईको उत्तरी हावा सम्हाल्न सक्दैनन् ।

तर ख्रीष्टको दुलहीले दुवै कठिनाई र समृद्धिलाई विजयी भएर सम्हाल्न सक्छन् । तपाईँ दुईको लागि पनि यस्तै हुन सक्छ- र हामी सबै विवाहितहरुको लागि पनि ।

अन्तमाः हामी यहाँ पढौँ, "मेरा प्रिय आफ्नो बगैँचामा आउन् र त्यसका मनोहर फलहरु खाउन् ।" कठिनाइको समयमा तपाईँको विजय प्रभुले मात्र देख्नको निम्ति हो- तपाईँले अरुलाई देखाउने मौकाको लागि होइन । परमेश्वरले तपाईँको जीवन गुप्तमा हेर्नुहुन्छ, त्यो समयमा जुन बेला अरुले हेर्दैनन् । अनि जब उहाँ आफ्नो बगैँचामा आउनुहुन्छ, त्यहाँ उहाँले सधैँ त्यस्तो केहि कुरा भेट्टाउनुपर्छ जसले उहाँको हृदयलाई आनन्दित तुल्याउँछ ।

परमेश्वरले तपाईँहरु दुवैजनालाई आशिष दिनुभएको होस् । आमेन ।

अध्याय 4
घर– परमेश्वरको लागि पवित्रस्थान

सुनिल (मेरो कान्छो छोरा) र अनुग्राहको विवाहमा दिइएको सन्देशः

परमेश्वरको वचन हाम्रो जीवनको, हाम्रो घरको, र यस संसारमा भएको अरु सबै थोकको लागि जग हो - किनभने आफ्नो वचनद्वारा परमेश्वरले यस संसारलाई बनाउनुभयो । र यदि हामीले केवल परमेश्वरको वचनलाई जगको रुपमा राख्छौँ भने, केहि कुरा पनि गलत हुँदैन ।

प्रस्थान २५ मा हामी पहिलो पटक यो देख्छौँ, परमेश्वर आफ्ना जनहरुसँग बस्न चाहनुहुन्छ भन्ने कुरा उहाँले प्रकट गर्नुहुन्छ । प्रस्थान २५ः८ मा परमेश्वर यस्तो भन्नुहुन्छ, "अनि तिनीहरुले मेरा निम्ति एउटा पवित्रस्थान बनाऊन्, कि म तिनीहरुको बीचमा वास गरुँ !" यसले भेट हुने पालको सङ्केत गर्दै थियो जहाँ परमेश्वरको आगोले वास गरेको थियो- परमेश्वरको महिमा जसले इस्राएलीहरु संसारका अरु जातिहरु भन्दा फरक छन् भन्ने कुरालाई देखाउँथ्यो । प्रस्थानको पुस्तकमा बताइएजस्तो भेट हुने पाल बनाउन सजिलै छ, किनकि त्यसको सबै नाप त्यहाँ दिइएको छ । हामी त्यो भेट हुने पालको हुबहु रुप अहिले पनि बनाउन सक्छौँ, तर त्यहाँ एउटा कुरा छ जसको नक्कल हामी गर्न सक्दैनौँ- त्यहाँ वास गरेको परमेश्वरको महिमा । त्यो पवित्रस्थानको सबैभन्दा महत्वपूर्ण कुरा भनेको त्यसमाथि वास गरेको परमेश्वरको महिमा थियो- यसले आफ्ना मानिसहरुको माझ उहाँको उपस्थितिलाई देखाउँथ्यो ।

सुनिल र अनुग्राह, अब किनकि तपाईँहरु विवाह गर्दै हुनुहुन्छ, तपाईँले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो घरलाई परमेश्वरको लागि पवित्रस्थान बनाउनुहोस्- एकअर्कालाई खुसी बनाउन खोज्ने ठाँउ मात्र होइन, यद्दपि तपाईँले एकअर्कालाई खुसी बनाऊन त पर्छ अरु व्यक्तिहरुलाई आशिष दिने ठाँउ होइन, यद्दपि तपाईँहरुले अरुलाई आशिष दिनुपर्छ, तर मुख्यतः एउटा यस्तो ठाउँ जहाँ परमेश्वर आफ्नो उपस्थिति प्रकट गर्न सक्नुहुन्छ, र जहाँ परमेश्वरलाई आफ्नै घरमा भएको महसुस हुन्छ । परमेश्वर भन्नुहुन्छ, "तिनीहरुले मेरा निम्ति एउटा पवित्रस्थान बनाउन्, कि म तिनीहरुको बीचमा वास गरुँ ।"

र म तपाईँहरुलाई यो भन्न चाहन्छुः परमेश्वरले आफू बस्नको निम्ति एउटा घर बनाउन तपाईँहरुलाई आज्ञा गर्दै हुनुहुन्छ ।

हामी जान्दछौ कि जब हामी कुनै घरमा जान्छौँ, तब हामीलाई हाम्रो आफ्नै घरमा भएको जस्तो महसुस हुँदैन । तर कुनै घरमा पस्ने बित्तिकै उहाँहरुले हामीलाई हामी हाम्रै घरमा भएजस्तै महसुस गराउनुहुन्छ । यो भावनाको वर्णन गर्न निकै गाह्रो छ, तर हामी सबै यो जान्दछौँ । एउटा ख्रीष्टियन घर यस्तै हुनुपर्छ जहाँ परमेश्वरलाई आफ्नै घरमा भएको जस्तो महसुस होस् । यसको मतलब यो हो कि त्यहाँ उहाँले जे-जति कुराहरु देख्नुहुन्छ त्यसको लागि उहाँ खुसी हुनुहुनेछ । तपाईँले पढ्ने कुराको लागि उहाँ खुसी हुनुहुनेछ, तपाईँले लिने पत्रिका, तपाईँ पति र पत्नीबीचको कुराकानी, तपाईँले कुरा गर्ने विषयहरु, तपाईँले हेर्ने कार्यक्रमहरु, र अरु सबैको लागि । धेरै ख्रीष्टियन घरहरुमा बाइबलका पदहरु भित्तामा झुन्डिरहेका हुन्छन्, तर त्यतिले मात्र उहाँलाई आफ्नै घरमा भएकोजस्तो महसुस गराउँदैन ।

कति ठूलो आशामा परमेश्वरले आदम र हव्वालाई साथमा ल्याउनुभएको थियो के तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? एउटा पिताको रुपमा उनीहरुको लागि उहाँको कति सुन्दर योजनाहरु थिए । म एउटा पिता हुँ, र मलाई थाहा छ आज म के आशाको साथमा मेरो छोराको विवाह हेर्दैछु । परमेश्वरले आदम र हव्वालाई साथमा ल्याउँदा गर्नुभएको आशाको तुलनामा मैले गरेको आशा त त्यसको केवल थोरै अंश मात्र हो । उनीहरुको एउटा अद्भुत घर हुनेछ भनेर उहाँले आशा गर्नुभएको थियो जहाँ उहाँ सधैँ उनीहरुको पहिलो स्थानमा हुनुहुने थियो । तर कति चाँडै उहाँ निराश हुनप¥यो । उहाँ उनीहरुसँग रिसाउनुभएन, उहाँ दुखी हुनुभयो । म यो विश्वास गर्छु कि आज पनि उहाँको हृदयमा धेरै उदासीपन हुन्छ जब उहाँ धेरै ख्रीष्टियन परिवारको अवस्था हेर्नुहुन्छ, जहाँ शान्ति छैन, तर केवल झगडा र लडाँई मात्र । जब उनीहरु समस्यामा पर्छन् तब मात्र उहाँतिर फर्किन्छन् । संसारका मानिसहरु पनि आपूm समस्यामा परेपछि मात्र ईश्वरतिर फर्किन्छन् । परमेश्वर समस्यामा परेको बेलामा मात्र कल गर्ने इमरजेन्सी नम्बर हुनुहुन्न । होइन ! परमेश्वर सदैव हाम्रो जीवनको केन्द्रमा हुनैपर्छ ।

परमेश्वरको वचन हामीलाई ठ्याक्कै 'निर्माताको निर्दशन पुस्तिका'को रुपमा दिइएको छ जुन हामीले कुनै सामान किन्दा सामानको साथमा पाउँछौँ । कुनै विद्युतीय सामान किनेपछि हामी निर्देशन पुस्तिकालाई पछ्याउन निकै ध्यान दिन्छौँ । यदि तपाईँको त्यो सामान बिग्रियो र तपाईँले त्यसलाई निर्माताकोमा लैजानुभयो भने सर्वप्रथम उनीहरुले 'के तपाईँले निर्देशन पुस्तिका पढ्नुभयो?' भनेर सोध्छन् । वास्तवमा प्रायः ग्यारेन्टी कार्डमा प्रष्टैसँग लेखिएको हुन्छ कि ती निर्देशनहरु ठिकसँग पालन गरिएन भने ग्यारेन्टी मान्य हुनेछैन । परमेश्वरको बारेमा आश्चर्यजनक कुरा भनेको हामी जुनसुकै बेला हाम्रो तहसनहस भएको जीवन लिएर परमेश्वरकहाँ गयौँ भने पनि, उहाँ अझै त्यसलाई सुधार्न ईच्छुक हुनुहुन्छ । उहाँ एक वर्षीय ग्यारेन्टी हुनुहुन्न । यो सदाकालको लागि हो । तपाईँ आफ्नो टुटेको जीवन लिएर उहाँकहाँ आउनुभयो भने उहाँले त्यसलाई ठिक गर्नुहुन्छ । यो परमेश्वरको बारेमा आश्चर्यजनक कुरा हो- उहाँ प्रेमिलो पिता हुनुहुन्छ। र यो अति नै महत्वपूर्ण वmुरा हो कि जसले तपाईँलाई आफ्नो निम्ति पवित्रस्थान बनाउन लगाउँदै हुनुहुन्छ, उहाँ प्रेमिलो पिता हुनुहुन्छ । शुरुको दिनदेखिनै उहाँ तपाईँको जीवनको विषयमा निकै चासो राख्नुहुन्छ, र येशु नआउनुभएसम्म तपाईँ खुसी भएको उहाँ चाहनुहुन्छ ।

मैले मेरी श्रीमतीसँग हाम्रो विवाहको केहि दशकदेखि यो खुसीको केहि मात्रा चाखेको छु । र म यो भन्न सक्छु कि जीवनको केन्द्रमा येशु हुनुभएको जीवन तपाईँको अरु हुनसक्ने सबै जीवनभन्दा अद्भुत जीवन हो, जहाँ तपाईँको घरको सबै कुराहरु परमेश्वर खुसी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा अनुसार निर्धारण हुन्छ- तपाईँले समय बिताउने कुरा, पैसा खर्च गर्ने कुरा, र तपाईँले गर्ने सबै कुरा। यदि तपाईँ यसरी जिउनुभयो भने, जब तपाईँ आफ्नो जीवनको अन्तमा हुनुहुनेछ, वा ख्रीष्ट त्यो भन्दा अघि आउनुभयो भने, र तपाईँ उहाँको अगाडि खडा हुनुहुनेछ, अनि उहाँले भन्नुहुन्छ, "स्याबास् !" अरुले तपाईँको बारेमा जे सोचे पनि त्यसले

मानिसको आदत वmे हो भने उसले बाहिरी रुप हेरेर न्याय गर्छ। म आफैले पनि थुप्रै वर्षसम्म यस्तै गरेँ, जब म कानुनवादी थिएँ । तर अब म यो प्रष्टसँग देख्छु कि परमेश्वरले त हृदयलाई हेर्नुहुन्छ । तपाईँको हृदय चाँहि सधैँ शुद्ध हुनुपर्छ भन्ने कुरा तपाईँ दुवैजनाले सम्झेको म चाहन्छु । चाहे तपाईँको घर दरबार होस् वा एउटा झुपडी होस्, बाहिरी रुप प्राथमिक होइन । परमेश्वरले हेर्नुहुने तपाईँको हृदय हो । त्यसैले यो निश्चित गर्नुहोस् कि तपाईँहरु दुवैको हृदय एकसाथ एउटा पवित्रस्थान हो- पवित्र ठाँउ- परमेश्वर वास गर्नको लागि ।

क। एउटा घर जहाँ शान्ति छ

परमेश्वर कहाँ वास गर्नुहुन्छ ? सर्वप्रथम त्यहाँ जहाँ शान्ति हुन्छ । जब येशुले आफ्ना चेलाहरुलाई प्रचार गर्नको निम्ति विभिन्न ठाउँहरुमा पठाउनुभयो, लुका १०ः५-७ मा उहाँले तिनीहरुलाई शान्ति भएको घर खोज्न भन्नुभयो । र उनीहरुले त्यस्तो घर भेट्टाए, उनीहरु त्यो घरमा मात्र बस्नुपथ्र्यो, अनि उनीहरुलाई अर्को घर खोज्नु थिएन । किन उहाँले त्यस्तो भन्नुभयो ? किनभने उहाँलाई थाहा थियो कि उनीहरुले शान्ति भएको घरहरु धेरै भेट्टाउने थिएनन् ।

परमेश्वर झगडा नभएको घरमा वास गर्नुहुन्छ । पति र पत्नी जुनसुकै मामिलामा पनि के कुराको निहुँमा झगडा गर्छन् ? प्राय सामनहरुको कुरामा- जब कुनै भौतिक कुरा बिग्रिन्छ । यस संसारमा कुराहरु बिग्रिनेछन् । तर जब केहि कुरा गलत हुन्छ, यो सम्झिनुहोस् कि सबैभन्दा गम्भीर कुरा भनेको पाप हो । अरु सबै कुरा प्राथमिक होइनन् र महत्वपूर्ण पनि होइनन् । यो कुरालाई तपाईँ दुवैले राम्ररी हेर्नुहुनेछ भनी म आशा गर्दछुः कि सबैभन्दा गम्भीर कुरा भनेको पाप हो । यदि कुनै समय तपाईँहरुमा तितोपना हुन्छ र भौतिक कुराहरुको लागि एक-अर्कासँग बोलिरहनुभएको छैन भने, त्यसले परमेश्वरको हृदयलाई शोकित पार्छ । मलाई तपाईँहरुसँग थोरै ज्ञान बाँड्न दिनुहोस्- पापलाई घृणा गर्नुहोस् किनकि यो एउटै वmुरा हो जसले तपाईँको विवाहलाई नष्ट गर्न सक्छ ।

याद राख्नुहोस् कि तपाईँको घर परमेश्वरको लागि पवित्रस्थान हुनुपर्छ । र यदि तपाईँको घरमा शान्ति भङ्ग गर्ने केहि कुरा आउँछ भने, त्यो पवित्रस्थान हुनेछैन । परमेश्वर तपाईँसँग रिसाउनुहुन्छ वा तपाईँलाई श्राप दिनुहुन्छ भनेर मैले भन्न खोजेको होइन । उहाँले तपाईँलाई कहिल्यै श्राप दिनुहुन्न न ता तपाईँसँग रिसाउनुहुन्छ । तर उहाँ दुःखी हुनुहुनेछ । र म यो वmुरामा निश्चित छु कि विवाहको पहिलो दिनबाटै येशु खुशी हुनुभएको तपाईँ चाहनुहुन्छ ।

म यो प्रार्थना गर्दछु कि तपाईँले गर्ने हरेक कुरामा यसो भन्नुहुनेछः

"प्रभु, मानिसहरु हामीसँग खुसी छन् कि छैनन् भन्ने बारेमा हामी कुनै चासो राख्दैनौँ । के तपाईँ खुसी हुनुहुन्छ ? के हाम्रो जीवनमा त्यस्तो कुनै कुरा, कुनै सोच, एक-अर्काप्रतिको कुनै मनोभाव छ जसले तपाईँलाई दुःखी पारिरहेको छ ? हाम्रो परिवारमा तपाईँ खुसी रहनुभएको हामी चाहन्छौँ । हामी यो प्रश्नले हाम्रो जीवनको हरेक कुरा लेखाजोखा गर्न गइरहेका छौः के यसले प्रभुलाई खुसी पार्छ त ?"

त्यसपछि तपाईँको घर कस्तो हुनेछ के तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? भेट हुने पालमा चम्किएको परमेश्वरको महिमा जस्तै तपाईँको घरमा पनि उहाँको महिमा हुनेछ । र तपाईँको घरद्वारा मानिसहरु जिउँदो परमेश्वरकहाँ डो¥याइने छन् ।

परमेश्वर त्यहाँ वास गर्नुहुन्छ जहाँ शान्तिको खातिर दुवै पति र पत्नी आफ्नो हक त्याग्न पनि ईच्छुक हुन्छन् । एकपटक मकहाँ एउटा जवान जोडी आए, जो ट्रेन चढ्न लागेका थिए र उनीहरुले भने, "दाजु ज्याक, के तपाईँ हामीलाई दुई मिनेटमा केहि सल्लाह दिन सक्नुहुन्छ ?" मैले भनै, "अवश्य ! यहाँ छः सधै एक-अर्कासँग माफी माग्न तयार हुनुहोस् र सधै एक अर्कालाई माफी दिन पनि तयार हुनुहोस् ।"

यदि तपाईँ आफूले केहि गलत गर्ने बित्तिकै माफी माग्न तयार हुनुहुन्छ र माफी दिन पनि तयार हुनुहुन्छ भने, जति छिटो तपाईँले अर्को व्यक्तिसित माफी माग्नुहुन्छ, म लेखेर दिन सक्छु कि हरेक दिन तपाईँको घर शान्तिको घर हुनेछ ।

तपाईँको घर यस्तो हुन सक्छ । तर यो कुरामा तपाईँ एकदमै संवेदनशील हुन पर्छ । यदि तपाईँको पैतालामा काँडा बिझ्यो भने, तपाईँ त्यसलाई निकाल्न एक सेकेन्ड पनि पर्खिनुहुन्न । यसैगरी आफ्नो हृदयमा केहि गडबड महसुस हुने बित्तिकै, त्यसलाई तपाईँले एकै पटकमा निकाल्नुपर्छ । यो काँडा नै हो, र यसले तपाईँलाई नष्ट गर्नेछ । कुनै काँडाले तपाईँको पैतालालाई गर्न सक्ने सङ्क्रमण भन्दा बढि यसले तपाईँको हृदयलाई सङ्क्रमित पार्न सक्छ । कुनै पनि हालतमा शान्तिलाई पछ्याउनुहोस्। अरु के के गुमाउनुहुन्छ कहिल्यै चिन्ता नगर्नुहोस्- पैसा वा जेसुकै । ती कुराहरु शान्ति जत्तिको महत्वपूर्ण छैनन् । म आशा गर्छु यदि तपाईँले पैसा र शान्तिलाई तराजुमा तौलिनुभयो भने तपाईँहरुले यो बुझ्नुहुनेछ, शान्ति पैसाभन्दा निकै भारी पाईने छ । यो याद राख्नुहोस् !

के कुनै दिन घरमा केहि गतल भयो ? के खाना डढ्यो ? चिन्ता नलिनुहोस् । यदि खाना डढेर तपाईँले एउटा खाना खान पाउनुभएन यसले के फरक पार्छ र ? यसले सायद तपाईँलाई तन्दुरुस्त र स्वस्थ बनाउने छ र सायद अझै आत्मिक समेत । तर त्यो कुरालाई लिएर तपाईँ उदास हुनुभयो भने, तब शैतानले विजय हाँसिल गरेको हुनेछ ।

परमेश्वरले स्थापना गर्नुभएको घरलाई के भयो याद गर्नुहोस् । शैतान आदम र हव्वाको बीचमा छिर्न उनीहरुको छेवैमा कुरिरहेको थियो । अनि ऊ सफल भयो । र शैतान अ्ययुब र उनकी पत्नीको बीचमा आउन पनि सफल भयो । र इसहाक र रिबेकाको बीचमा आउन पनि शैतान सफल भयो ।

शैतान पति र पत्नीको बिचमा आओस् भन्ने परमेश्वरको ईच्छा कदापि होइन । यसैले सायद तपाईँहरुलाई कहिल्यै यस्तो नहुन सक्छ । परमेश्वर तपाईँको घरसँग सधैँ खुसी हुनुभएको होस् र उहाँले तपाईँलाई सदैव शान्ति दिनुभएको होस् ।

ख। जहाँ पति र पत्नी नम्र आत्माका र मन टुटेका होउन्

मैले भन्न खोजेको दोस्रो कुरा यशैया ५७ः१५ मा पाइन्छः

"किनकि जो उच्च र सर्वश्रेष्ठ हुनुहुन्छ, जो अनन्तकालमा वास गर्नुहुन्छ, जसको नाम पवित्र छ, उहाँले यसो भन्नुहुन्छः म उच्च र पवित्र स्थानमा बस्छु; अँ, म उसँग पनि बस्छु, जसको मन टुटेको छ, र जो नम्र आत्माको हुन्छ- नम्रहरुको आत्मा जियाउन र मन टुटेकाहरुको हृदय जियाउनलाई ।"

परमेश्वर मन टुटेकाहरु र नम्र आत्मा भएकाहरुसँग वास गर्नुहुन्छ । मन टुटेको व्यक्ति त्यो हो जो उसको आफ्नै कमी र असफलताको बारेमा अरु कोहिभन्दा धेरै सचेत हुन्छ । यो संसार यस्ता व्यक्तिहरुले भरिएको छ जो अरु मानिसहरुको असफलताको बारेमा सचेत हुन्छन् । आजकाल औसत घरमा अरुको परिवार र उनीहरुको असफलताको बारेमा कुराकानी हुन्छ । हामी अरुको असफलता देख्न छिटो हुन्छौ । तर प्रायः हामी ती व्यक्तिहरुमा भएका असल कुराहरु देख्दैनौँ । हामी सबै यो कुरामा दोषी भएका छौँ । विगतमा म आफैँ पनि यो कुराको लागि दोषी भएको थिएँ । तर परमेश्वरले यो दुष्टताको लागि मलाई प्रकाश दिनुभएको छ, र मैले पश्चाताप गरेको छु ।

हामीमा अरुलाई ढुङ्गा हान्ने कुनै पनि अधिकार छैन, किनकि हामी आफै परमेश्वरको अनुग्रहले बचाइएका पापी हौँ । तर आशाको कुरा, हामी बारम्बार उही पाप गरिरहन चाहँदैनौँ- विशेषतः अरु मानिसको गल्तीको बारेमा कुरा गर्ने पाप । हामी सबैलाई बाथरुमको ऐना र गाडीको ऐनाबीचको भिन्नता थाहा छ । बाथरुमको ऐनामा हामी आफ्नै अनुहार हेर्छौँ । तर गाडीको ऐनामा हामी अरु कसैको अनुहार हेर्छौँ । याकुब १ः२३-२५ ले यस्तो भन्छ कि परमेश्वरको वचन ऐनाजस्तै छ । तर यो बाथरुमको ऐना हो कि गाडीको ऐना ? यसमा तपाईँ कसको अनुहार हेर्नुहुन्छ ? के तपाईँ यसमा अरु कसैलाई भन्नुपर्ने केहि कुरा देख्नुहुन्छ ? कि तपाईँ यसमा यस्तो कुरा देख्नुहन्छ जुन तपाईँ आफैँले मानिरहनुभएको छैन ? हिब्रु १०ः७ मा भनिएको छ, "पवित्र पुस्तकमा मेरो विषयमा लेखिएको छ ।"

मैले मेरो जीवनको थुप्रै वर्षहरु मूर्खतामा बिताएँ, परमेश्वरको वचनलाई गाडीको ऐनामा जसरी हेरेर, अरु मानिसहरुको लागि प्रचार गर्न पदहरु खोजेर । र ती वर्षहरुमा म दुःखी थिएँ, र मैले अरुलाई पनि दासत्वा÷बन्धनमा ल्याएँ । तर म अहिले ती सबै कुराहरुबाट स्वतन्त्र छु । मसँग अझै पनि दोषहरु त छन् तर म कहिल्यै पनि त्यसलाई अरुमाथि प्रभाव पार्न दिन्न । म अरुसँग बाँड्छु तर त्यसको प्रभाव अरुमा पर्न दिन्न, किनकि त्यो मेरो काम होइन । म केवल परमेश्वरको अनुहारको अगाडि जिउनुपर्छ ।

र अब मलाई यो उदेकको सत्यता थाहा छ, कि जति प्रकाश परमेश्वरले मलाई दिनुभएको छ त्यति प्रकाश अरु व्यक्तिमा हुँदैन । यो सत्यताले मलाई विगत २० वर्ष र अझै पहिलादेखि सहायता गरेको छ । त्योभन्दा पहिले, मलाई मेरो वरपरका अरु व्यक्तिलाई पनि मेरो पापको सम्बन्धमा मलाई जत्तिकै प्रकाश छ र बुझाई छ होला जस्तो लाग्थ्यो । तर मैले यो पत्ता लगाएको छु कि हरेक व्यक्तिमा केहि मात्रामा मात्र प्रकाश र बुझाई हुन्छ । र सामर्थी परमेश्वर हरेक व्यक्ति आफूसँग भएको प्रकाश अनुसार जिएको अपेक्षा गर्नुहुन्छ, अरुसँग भएको प्रकाश अनुसार होइन । हामीलाई थाहा छ परमेश्वरले हामीलाई कति प्रकाश दिनुभएको छ । तर हामीलाई यो थाहा छैन कि परमेश्वरले अरुलाई कति प्रकाश दिनुभएको छ । त्यसैले हामी दयालु हुनुपर्छ ।

"(फितल्लो जडानको कारण भिडियो लाईट बन्द हुन्छ।)"

के तपाईँले भर्खरै त्यो बत्ति कसरी निभ्यो देख्नुभयो ? यो एक उदाहरण हो । यो जान्नुहोस् कि कसैले धेरै चम्किलो ज्योतिमा राम्ररी देख्छन् त कसैले मधुरो ज्योतिमा राम्ररी देख्छन् । यो परमेश्वरको भलाई हो कि अहिले नै उहाँले हामीलाई हाम्रै आँखा अगाडि यो सत्यताको उदाहरण देखाइदिनुभयो- यो बत्ती निभ्दै गर्दा ।

त्यसैले सुनिल, यो जान कि अनुग्राहसँग कुनै क्षेत्रमा तिमीलाई भए जति प्रकाश नहुन सक्छ ।

अनि अनुग्राह, यो जान कि सुनिलसँग कुनै क्षेत्रमा तिमीलाई भएजति प्रकाश नहुन सक्छ ।

तपाईँहरु हरेक आ-आफ्नै प्रकाश अनुसार जिउनुपर्छ, र अर्कोलाई उसँग भएको आफ्नै प्रकाश अनुसार जिउन दिनुपर्छ ।

६ कक्षामा भएको विद्यार्थीलाई २ कक्षामा भएको विद्यार्थीलाई भन्दा धेरै कुरा थाहा हुन्छ । त्यसैले यदि ६ कक्षाको विद्यार्थीले २ कक्षाको विद्यार्थीले पनि उसले जाने जति सबै जानोस् भन्ने अपेक्षा राख्छ भने त उ त एउटा मूर्ख भइरहेको छ । र यदि म २६ वर्षको व्यक्तिमा मसँग ६५ वर्षको उमेरमा भएजत्तिकै प्रकाश र परमेश्वरको तरिकाहरुको बुझाईको अपेक्षा गर्छु भने म मुर्ख भइरहेको छु । तर म मुर्ख हुने छैन ।

धेरै ख्रीष्टियनहरुले यो वmुरा बुभ्mदैनन् छन् । उनीहरु आफैले ३० वर्ष लगाएर पाएको बुद्धि अरुले एकै वर्षमा पाओस् भन्ने अपेक्षा गर्छन् ।

त्यसो भए म यी जवानहरुमा कति बुद्धि होस् भनेर अपेक्षा गर्न सक्छु ? २० वर्ष जतिको मानिसमा हुने जति बुद्धि नै ।

सुनिल र अनुग्राह, म तपाईँहरुको उत्साहको लागि केहि कुरा भन्न चाहन्छु- सम्भवतः तपाईँहरुले म तपाईँहरु जत्तिको उमेरमा हुँदा मैले गरेको मुर्ख कामहरुको तुलनामा, दस गुणा थोरै मुर्ख काम तपाईहरुले गर्नहुनेछ । म आशा गर्दछु तपाईँहरु यो कुराले उत्साहित हुनुभयो । तर परमेश्वर मप्रति अनुग्रहि हुनुभएको छ, मेरा गल्तीहरुको बाबजुद पनि उहाँले मलाई उत्साह दिनुभएको छ ।

तपाईँ दुवैजनालाई पिताको रुपमा मलाई केहि भन्न दिनुहोस् । अनि खैर, अनुग्राह म तिम्रो ससुरा होइन । मैले धेरै अघि यो निर्णय गरेँ, किनकि म कानुनको अधीनमा होइन तर परमेश्वरको अनुग्रहको अधीनमा छु, त्यसैले मेरा बुहारीहरु हुनेछैनन् तर छोरीहरु मात्र हुनेछन् । तिमीले केहि वर्षमा यसबारेमा मलाई जाँच्न सक्छौ कि मैले तिमीलाई छोरीजस्तो व्यवहार गर्छु कि बुहारी जस्तो व्यवहार गर्छु भनेर । र यदि कुनै समय म यसबारेमा चुकेँ भने तिमीले मलाई मैले के भनेको थिएँ याद दिलाउन सक्छौ र भन्न सक्छौ कि तपाईँले मलाई छोरीलाई जस्तो व्यवहार गर्छु भन्नुभएको थियो भनेर । म गर्नेछु ।

मैले तपाईँ दुवैजनालाई पिताको रुपमा भन्न लागेको कुरा यो हो, कि मसित भएको जति प्रकाश र बुझाई तपाईँहरु दुवैजनासँग म अपेक्षा गर्ने छैन । तपाईँहरु ६५ वर्ष पुग्नभन्दा अगाडि नै मसित भएको जति बुद्धि तपाईँहरुसित भएको होस् भन्ने आशा गर्दछु । र तपाईँहरु ६५ वर्ष पुगेपछि मसँग अहिले भएको भन्दा धेरै बुद्धि भएको होस् भन्ने आशा गर्दछु ।

त्यसैले जब तपाईँहरुले यस्तो व्यक्ति भेट्नुहुन्छ जो उनीहरुले ४० वर्षमा पाएको बुद्धि अहिले नै तपाईँहरुमा अपेक्षा गर्छन्, तिनीहरुलाई बेवास्ता गर्नुहोस् । यशैया ४२ः१९ मा एउटा प्रिय पद छ जसले भन्छ कि प्रभुको एउटा साँचो दास बहिरो पनि हुन्छ अन्धो पनि हुन्छ । वरिपरिका मनिसहरुको विचारको लागि बहिरो हुनुहोस् र अन्धो हुनुहोस् । यो पदले मलाई ठुलो मद्दत गरेको छ। यसले तपाईँलाई पनि मद्दत गर्नेछ । तपाईँ वरिपरीका व्यक्तिहरुको लागि अन्धो र बहिरो हुनुभयो भने मात्र तपाईँ परमेश्वरको अगाडि उहाँको दास बन्न सक्नुहुन्छ ।

त्यसैले तपाईँले तपाईँ आफैँमा के गलत छ त्यो पत्ता लगाउन खोज्नुहोस्, तपाईँको आलोचना गर्नेहरुको होइन । यदि तपाईँको आलोचना गरेर उनीहरु आफैँलाई नष्ट गर्न चाहन्छन् भने उनीहरुलाई नष्ट हुन दिनुहोस् । तर मैले धेरै वर्ष अगाडि यो निर्णय गरेँ कि म चाँहि आफैलाई यसरी नष्ट गर्नेछैन । मैले मेरा जवानीका दिनहरुमा थुप्रै मुर्ख कामहरु गरेँ । तर अहिले मसँग थोरै बुद्धि छ । पावलले भने,

"जब म बालक थिएँ, तब म बालकले झै बोल्थे, बालकले झैँ बुझ्थेँ, बालकले झैँ सोच्थेँ; तर जब म एउटा मानिस बनेँ, तब मैले बालकका कुराहरु छोडिदिएँ ।" (१ कोरिन्थी १३ः११)

म तपाईँहरु दुवैजनालाई छिटै बढ्न उत्साह दिन चाहन्छु ।

ग. जहाँ पति र पत्नी पवित्र छन्

परमेश्वर यस्तो घरमा वास गर्नुहुन्छ जहाँ पति र पत्नी हरेक दिन पवित्रतामा हिँड्छन् ।

इजकिएल ४३ः१२ मा भनिएको छः

"यस भवनको व्यवस्था यहि होस यस पर्वतको टाकुरामा चारैतिर यसको सम्पूर्ण क्षेत्र परमपवित्र छ। हेर, यस भवनको व्यवस्था यहि हो ।"

भेट हुने पालको तीनवटा भागहरु थिए- बाहिरी चोक, पवित्रस्थान र महापवित्रस्थान । ती तीन मध्ये महापवित्रस्थान सबैभन्दा सानो थियो ।

तर हामी नयाँ करारमा यो पढ्छौँ, त्यहाँ कुनै बाहिरी चोक र पवित्रस्थान हुनेछैन । पुरै ठाँउ महापवित्रस्थान हुनेछ । यसको मतलब नयाँ करारमा भेट हुने पालमा जस्तो परमेश्वरको महिमा एउटा कुनामा मात्र रहिरहने छैन, तर पुरै परिसरमा रहनेछ ।

तपाईँको जीवनको लागि यसको अर्थ के हो भने तपाईँ सँधै पवित्र रहनुहुनेछ - आइतबार मात्र होइन तर हरेक दिन । तपाईं बाइबल पढ्ने समयमा मात्र पवित्र हुने होइन, तर जे गर्दा पनि । तपाईंको जीवनको र तपाईंको घरको हरेक ठाउँ र कुना पवित्र हुनेवाला छ । र पवित्रता भनेको कुनै धार्मिक रितिथितिको कुरा होइन, तर परमेश्वरलाई अप्रसन्न तुल्याउने सबै कुराबाट अलग रहनु हो - तपाईँमा भएको प्रकाश अनुसार । यो तपाईँको दुबैको जीवनमा सत्य भएको होस् ।

तपाईं दुवैको जीवनको लागि परमेश्वरसँग एउटा अद्भुत योजना छ । जब शुरुमा परमेश्वरले आदमलाई बनाउनुभयो, त्यहाँ हव्वा थिइनन् । परमेश्वरले आदममा जीवनको सास फुकिदिनुभयो अनि जब आदमले आफ्नो आँखा खोले, तब जसलाई उनले पहिलो व्यक्तिको रुपमा देखे, उहाँ परमेश्वर हुनुहुन्थ्यो । र म आशा गर्दछु, सुनिल, तिमीले आफ्नो जीवनको हरेक दिन देख्ने पहिलो व्यक्ति परमेश्वर स्वयं हुनुहुनेछ । त्यसपछि परमेश्वरले आदमलाई निद्रामा पार्नुभयो र उसको एउटा करङ निकाल्नुभयो अनि हव्वालाई बनाउनुभयो । जब हव्वाले आफ्नो आँखा खोलिन्, तब उनले देखेको पहिलो व्यक्ति पनि परमेश्वर नै हुनुहुन्थ्यो । र म आशा गर्छु, अनुग्राह, तपाईँले पनि आफ्नो जीवनमा हरेक दिन देख्ने पहिलो व्यक्ति परमेश्वर स्वयं नै हुनुहुनेछ । जब उनले परमेश्वरलाई देखिन् त्यो बेलामा हव्वालाई आदमको अस्तित्व छ भन्ने कुरा समेत थाहा थिएन । त्यस पछि मात्र, परमेश्वरले हव्वालाई आदमकहाँ ल्याउनुभयो र भन्नुभयो, "ठीक छ । अब तिमी दुवैजना विवाह गर्न सक्छौ ।" त्यसपछि उनीहरूले वास्तवमै एक अर्कालाई प्रेम गरे - किनभने उनीहरू दुवैले सर्वप्रथम परमेश्वरलाई देखेका थिए । यो नै वैवाहिक जीवनमा हुनुपर्ने निरन्तर प्रेमको रहस्य हो - दुवैले परमेश्वरलाई पहिले देख्नु पर्दछ ।

र परमेश्वरले आदमको लागि जे गर्नुभयो, तपाईंको लागि पनि उहाँले त्यहि गर्नुभयो, सुनिल । २६ वर्ष अघि जब तिम्रो जन्म भएको थियो, हामी तिम्रो अभिभावकको रूपमा खुसी थियौँ । तर त्यो दिनभन्दा धेरै अघि नै तिम्रो जन्मको बारेमा परमेश्वर जान्नुहुन्थ्यो । तिम्रो नाम परमेश्वरको पुस्तकमा तिम्री आमा र मेरो विवाह हुनभन्दा अघि नै लेखिएको थियो । अचम्मको सत्यता यो हो कि परमेश्वरले तिम्रो जन्मभन्दा अगाडिनै तिम्रो विवाहको योजना बनाउनुभएको थियो । र त्यसैले तिम्रोको जन्म भएको केही वर्ष पछि, परमेश्वरले भारतको अर्को भागमा एउटी सानी केटीलाई जन्म दिनुभयो - जुन योजनाको बारेमा तिमीलाई थाहा थिएन र अनुग्राहलाई पनि थाहा थिएन । परमेश्वर एक महान् योजनाकार हुनुहुन्छ र उहाँसँग तपाईं दुवैलाई केहि थाहा नभएको एउटा अद्भूत योजना थियो । र जसरी एउटी सानी केटी हुर्किदै गइन्, सदैव परमेश्वरले तिमीलाई मनमा राख्नुभएको थियो । र त्यसपछि एकदिन, उहाँले तपाइँ दुवैलाई साथमा ल्याउनुभयो, ठीक उसरी नै जसरी उहाँले आदम र हव्वालाई एकसाथ ल्याउनुभयो । परमेश्वर तपाईंहरुको लागि कति असल हुनुभएको छ ।

र तपाईँहरु दुवैको लागि मेरो यो प्रार्थना छ कि परमेश्वर तपाईँको जीवनदेखि निकै खुसी हुनुभएको होस् र यो पनि कि उहाँले तपाईँको घरलाई पवित्रस्थानको रुपमा बनाउनुभएको होस् ।

परमेश्वरले तपाईँहरु दुवैलाई आशिष दिनुभएको होस् । आमेन ।