मत्ती ५ः४२ मा हामी पढ्छौं, "तिमीबाट ऋण लिन खोज्नेहरुलाई नत्याग ।" कहिले काहिँ हामीले बाइबलको एउटा वचनखण्डलाई अर्को वचनखण्डसँग तुलना गरेर राम्रोसँग बुझ्छौं, त्यसैले यो खण्डलाई राम्रोसँग बुझ्नको लागि हामीले समानान्तर खण्ड हेर्नुपर्छ । यूेशले लूका ६ः३५ मा भन्नुभयो, "बदलामा केही आशा नराखी ऋण देऊ ।"
मलाई याद छ, एक पटक एक जना भाइ मकहाँ आएर भन्यो कि उनले अर्को भाइलाई तीन हजार रुपैयाँ सापटी दिएका थिए जसले त्यो फिर्ता गर्नेछु भनेका थिए । धेरै समय बितिसक्यो र उसले अझै फिर्ता गरेको थिएन । मैले यो भाइलाई भने कि धर्मशास्त्रको अवज्ञा गर्ने तपाईं नै हुनुहुन्छ, किनकि धर्मशास्त्रले भन्छ, "बदलामा केही नपाउने आशामा ऋण देऊ ।" यदि तिमीले पाउने आशामा ऋण दिन्छौ भने त्यो तिमीले के असल गर्छौ र ? पापीहरुले पनि उही रकम फिर्ता पाउने आशामा पापीहरुलाई ऋण दिन्छन् (लूका ६ः३४) । तर विश्वासीको रुपमा जब तिमी ऋण दिन्छौ, तिमी फरक हुनुपर्छ - बदलामा केही आशा नगर ।
येशूको भनाइको अर्थ यो थियो कि तपाईंले उपहारको रुपमा दिन सक्ने रकम मात्र सापटी दिनुपर्छ । त्यसैले, मैले यो भाइलाई भने कि उसले यो अर्को भाइलाई तीन हजार रुपैयाँ सापटी माग्दा सायद दिनु हुँदैनथ्यो । उसले भन्नुपथ्र्यो, "माफ गर्नुहोस्, म तपाईंलाई तीन हजार रुपैयाँ दिन सक्दिन, तर म तपाईंलाई ५०० रुपैयाँ दिन सक्छु ।" अर्को शब्दमा भन्नुपर्दा, जति पैसा फेरि कहिल्यै फिर्ता नपाउँदा तपाईंलाई सहज हुन्छ त्यति मात्र सापटी दिनुहोस् । यसलाई उपहारको रुपमा व्यवहार गर्नुहोस्, र यदि उसले फिर्ता गर्दैन भने, त्यो त्यतिकै होस् । तर यदि तपाईंले त्यसो गर्नुभएन भने, तपाईंले धर्मशास्त्रको अवज्ञा गर्नुभएको छ । हामीले यी कुराहरुमा रहेको प्रकाश बुझ्नु आवश्यक छ ।
येशूले "तिमीबाट ऋण लिन चाहनेलाई इन्कार नगर" भन्नुको अर्थ के थियो ? जब म जवान ख्रीष्टियान थिएँ, म नौसेना अधिकारीको रुपमा धेरै पैसा कमाइरहेको थिएँ (मेरो आवश्यकता भन्दा धेरै) र मसँग प्रसस्त पैसा थियो । मण्डलीमा एक गरिब भाइ थिए जसलाई यो कुरा थाहा थियो र उनी मकहाँ आएर पैसा सापटी माग्थे । मैले सोधेँ कि उसलाई कति चाहिन्छ र उसले एक महिनामा फिर्ता गर्नलाई सहमति जनायो । अर्को महिना आयो र ऊ मकहाँ आएर भन्यो कि उसले अझै पनि सापटी लिएको पैसा फिर्ता गर्न सक्दैन र उसले थप पैसा माग्यो, त्यसैले मैले उसलाई थप पैसा दिएँ । मेरो मनमा यो वचन खण्ड थियो, "जसले तिमीबाट ऋण लिन चाहन्छ उसलाई इन्कार नगर," र मैले महिनौंसम्म उसलाई पैसा दिइरहेँ । म धर्मशास्त्र पालन गरिरहेको छु भनेर सोच्दै चुपचाप बसें । म एक जवान, भर्खरै बप्तिस्मा लिएको ख्रीष्टियान थिएँ र मैले थाहा पाएसम्म धर्मशास्त्रले भनेको कुरा पालन गरिरहेको थिएँ, तर केही समय पछि यो पैसा लिने व्यक्ति संसारतिर फर्क्यो र रक्सी पिउने र अन्य खराब बानीहरुमा फस्यो । जब मैले त्यो सुने, तब मैले उसलाई लेखे कि यदि उसले त्यो पैसा रक्सी किन्न र शैतानको राज्यलाई आर्थिक सहयोग गर्न प्रयोग गर्छ भने, उसले त्यो पैसा मलाई फिर्ता गरेको भए राम्रो हुन्थ्यो किनभने यो पैसा परमेश्वरको राज्यको लागि प्रयोग गर्नु पर्ने थियो । ऊ मसँग धेरै रिसायो र भन्यो कि मृत सम्प्रदायहरुले पनि तपाईंले जस्तो माग गर्दैनन् ।
अनि प्रभुले मलाई यो बिर्सन भन्नुभयो । मैले कहिल्यै उसलाई फेरि पत्र लेखिनँ र मैले कहिल्यै पैसा फिर्ता पाइनँ । मैले सोचेँ, "प्रभु, मैले के गल्ती गरें ? 'तिमीबाट ऋण लिन चाहनेलाई इन्कार नगर' भन्ने तपाईंको वचनलाई मैले पालन गरें ।" अनि प्रभुले मलाई केहि सिकाउनुभयो जसले मलाई यी लगभग ५० वर्षहरुमा मद्दत गरेको छ । अर्थात्, तपाईंले बाइबलको एउटा वचनखण्डलाई अर्को वचनखण्डसँग तुलना गर्नुपर्छ । प्रभुले मलाई देखाउनुभयो कि मैले त्यो पैसालाई मेरो आफ्नै भएको जस्तै व्यवहार गरेको थिएँ । एउटा वचनखण्डले भन्यो कि माग्नेलाई मैले ऋण दिनुपर्छ, तर अर्को वचनखण्डले भन्छ कि मसँग भएको कुनै पनि कुरा मेरो होइन - पृथ्वीमा भएका सबै कुरा प्रभुको हो । "पृथ्वी र यसमा भएका सबै कुरा प्रभुको हो" (१ कोरिन्थी १०ः२६) । त्यसैले जब म तलब पाउँछु जुन मलाई लाग्छ मेरो हो, मैले यो मेरो होइन भनेर हेर्नुपर्छ; मैले यसलाई त्याग्नुपर्छ । मैले यो प्रभुलाई दिनुपर्छ । म महिनाको पहिलो दिन मेरो तलब संकलन गर्छु र यो मेरो बैंक खातामा हुन्छ, मैले भन्नै पर्छ कि यो मेरो पैसा होइन; यो परमेश्वरको पैसा हो ।
त्यतिबेला मलाई एउटा उदाहरण आयोः यदि कसैले मलाई ५००० रुपैयाँ राख्न र पछि फिर्ता गर्न दिएको थियो, र त्यही बेला अर्को व्यक्ति मकहाँ आएर भन्यो कि उसले सुनेको छ कि मसँग ५००० रुपैयाँ छ र मसँग ३००० रुपैयाँ सापटी माग्छ भने, मैले के भन्नेछु ? मैले भन्नेछु, "माफ गर्नुहोस् भाइ; त्यो मेरो पैसा होइन, यो त अरु कसैको हो । उहाँले मलाई उहाँको लागि यो राख्न भन्नुभएको छ । म उहाँलाई यसको बारेमा सोध्छु र यदि उहाँले मलाई यो तपाईंलाई दिन अनुमति दिनुभयो भने, म तपाईंलाई दिनेछु ।" यो मेरो पैसा नभएकोले के यो परिस्थितिलाई सम्हाल्ने उचित तरिका होइन र ? यदि मैले मेरो तलबलाई प्रभुको पैसाको रुपमा व्यवहार गरेको भए, म यसलाई यति सजिलै दिने थिइनँ । जब त्यो भाइ मबाट सापटी लिन आउँथ्यो, म भन्थे, "हो, त्यो ठीक छ; खाँचोमा परेको कसैलाई सापटी दिनु मेरो लागि ठीक हो, तर यो पैसाको मालिक (यस अवस्थामा, प्रभु) जो हुनुहुन्छ उहाँलाई सोध्न जान दिनुहोस् । म त्यो पैसा प्रभुकहाँ ल्याएर भन्थें 'प्रभु, के तपाईं चाहनुहुन्छ कि म यो पैसा यो व्यक्तिलाई दिऊँ?'" अनि सायद प्रभुले हो वा होइन भन्नुहुन्थ्यो ।
परमेश्वर बोल्नुहुन्छ; उहाँ जीवित परमेश्वर हुनुहुन्छ । सायद पहिलो पटक उहाँले हुन्छ भन्नुभएको थियो, र दोस्रो पटक उहाँले सम्भवतः हुँदैन भन्नुभएको थियो, तर मैले सुन्नको लागि पर्खिनँ । मैले व्यवस्थाको अक्षरलाई ध्यान दिएँ र म बन्धनमा परें, तर म धेरै खुसी छु कि मैले मेरो जीवनको सुरुमै धर्मशास्त्र कसरी पालन गर्ने भन्ने बारे एउटा पाठ सिकें - "यो लेखिएको छ" र "यो पनि लेखिएको छ ।" बुझ्नको लागि मलाई बाइबलको एउटा खण्डसँग अर्को खण्डसँग सन्तुलन मिलाउनु पर्छ । यहाँ भनिएझैं आज मसँग माग्ने सबैलाई म ऋण दिन तयार छु । तर म यो पनि स्वीकार गर्न चाहन्छु कि मसँग भएका सबै कुरा प्रभुको हो, त्यसैले म प्रभुलाई नसोधी त्यो दिन सक्दिन र पछि मानिसहरु मकहाँ आएर पैसा माग्दा मैले त्यही गरें । म अब भन्छु, "मलाई परमप्रभुलाई खोज्न देऊ; यदि मेरो आत्मामा स्वतन्त्रता छ भने, म त्यो तिमीलाई दिनेछु ।" अनि कुनै समय मैले दिएको छु र कहिल्यै फिर्ता पाएको छैन, कुनै समयमा मैले दिएको छैन किनभने प्रभुले मलाई दिने स्वतन्त्रता दिनुभएन, यद्यपि मेरो हृदय इच्छुक थियो ।
हामीले येशूले यी सबै कुराहरु कुन प्रसंगमा भन्नुभएको भनेर हामीले कसरी बुझ्नुपर्छ भनेर सिकाउनलाई यो एउटा उदाहरण हो । यो यस्तो होइन कि हामी मानिसहरुलाई हामीसँग ढोकामा खुट्टा पुछ्नलाई प्रयोग हुने चट्टाइलाई जस्तो व्यवहार गर्न दिन्छौं । सिद्धान्त यो हो कि हामी कसैसँग बदला लिँदैनौं र हामीलाई चोट पुर्याउने कसैसँग बदला लिन चाहँदैनौं ।