WFTW Body: 

धर्मीको मार्ग बिहानको उज्यालो जस्तै हो, जुन पूरा दिन नअस्ताउन्जेल झन् झन् चहकिलो हुँदै जान्छ । (हितोपदेश ४ः१८)

यो वास्तवमा नयाँ करारको प्रतिज्ञा हो । हामीलाई थाहा छ कि एक व्यक्ति तब मात्र धर्मी हुन्छ जब ऊ ख्रीष्टमा विश्वास गर्छ, जब उसका पापहरु क्षमा हुन्छन् र उसलाई परमेश्वरले धर्मी घोषित गर्नुहुन्छ, ख्रीष्टको धार्मिकताको पहिरन लगाइदिएर उसलाई धर्मी ठहराउनुहुन्छ । तर त्यसपछि, यो परमेश्वरको इच्छा होइन कि उसको जीवन सूर्योदय जस्तो मात्र होस् । यसले भन्छ, "धर्मीहरुको मार्ग सूर्योदय जस्तै हो..." तर तपाईंलाई थाहा छ जब सूर्य उदाउँछ, त्यहाँ प्रकाश हुन्छ, तर सूर्य अझै पनि यसको पूर्ण चमकमा हुँदैन । आकाशमा उदाएको सूर्यको बारेमा सोच्नुहोस्; यो प्रकाश दिउँसोको समयमा पूर्णरुपमा चम्किन्छ, र दिउँसोको समय नहुन्जेलसम्म यो प्रकाश झन्, झन्, झन् चम्किलो हुँदैजान्छ । हामी भन्न सक्छौं कि सूर्य उदाउँदै जाँदा छायाँ घट्दै जान्छ; हाम्रो आत्म-केन्द्रित जीवनको छायाँ घट्दै, घट्दै, घट्दै, घट्दै जान्छ, र अन्तमा सूर्य माथि हुन्छ जहाँ छायाँ पूर्णरुपमा गायब हुन्छ । अनि हाम्रो लागि परमेश्वरको इच्छा पनि यही हो । हामी नयाँ गरी जन्मेको समय देखि नै, उहाँको कुनै पनि सन्तानले उतारचढावको अनुभव गरोस् भन्ने परमेश्वरको चाहना होइन ।

अब, धेरैजसो ख्रीष्टियानहरुसँग उतारचढावको अनुभव हुन्छ, र जब हामी सुन्छौं कि अरु मानिसहरुसँग उतारचढावको अनुभव छ, र कुनै प्रचारकसँग उतारचढावको अनुभव छ, तब हामी हाम्रो पराजयमा सान्त्वना पाउँछौं । हामी हाम्रो स्तर कुनै शारीरिक विश्वासी वा कुनै शारीरिक प्रचारकबाट पाउँछौं, धर्मीहरुको बाटो उतारचढाव हुँदैन भनी भन्ने परमेश्वरको वचनबाट होइन । यो उज्यालो त्यसपछि अँध्यारो, र त्यसपछि फेरि उज्यालो र त्यसपछि फेरि अँध्यारो हुँदैन । पहाडको टुप्पोमा, त्यसपछि तल फोहोरको थुप्रोमा । प्रभुको प्रशंसा गर्दै र आनन्दित हुँदै, त्यसपछि भोलिपल्ट उदास र दुःखी । यदि हाम्रो अनुभव त्यस्तै हो भने, म भन्न चाहन्छु कि त्यो परमेश्वरको इच्छा होइन । त्यो धर्मीहरुको बाटो होइन । यदि कुनै व्यक्ति त्यस बाटोमा हिँडिरहेको छ भने, हामी स्पष्टरुपमा भन्न सक्छौं कि ऊ धर्मीहरुको बाटोमा हिँडिरहेको छैन ।

धर्मीहरुको मार्गलाई नयाँ नियममा "नयाँ र जीवित मार्ग" भनिएको छ । यो बुझ्नुपर्ने सिद्धान्त होइन; यो धर्मीहरुको मार्ग हो । अब, हामीले नयाँ र जीवित मार्गमा विश्वास गर्ने मानिसहरुको बारेमा सुन्छौं । यस हप्ता मलाई "नयाँ र जीवित मार्गका दाजुभाइ दिदीबहिनीहरु" को बारेमा बोल्ने एक व्यक्तिको बारेमा पत्र प्र्राप्त भयो । नयाँ र जीवित मार्गका दाजुभाइ दिदीबहिनी भनेको के हो ? ख्रीष्टियान फेलोसिप मण्डलीमा बस्ने व्यक्ति होइन । सिद्धान्त बुझ्ने व्यक्ति होइन, तर उतारचढावमा नजाने व्यक्ति । उतारचढावमा जाने गरेको व्यक्ति नयाँ र जीवित बाटोमा हुँदैन; त्यो पुरानो मृत बाटो हो । नयाँ र जीवित बाटो झन् चम्किलो, चम्किलो, चम्किलो, चम्किलो हुन्छ । नयाँ नियमले भनेको एउटै मात्र नयाँ र जीवित मार्ग यही होः धर्मीहरुको मार्ग । यो "फोहोरमैलाको" कामले हामीले सिद्धान्त बुझेका छौं भनेर मात्र प्रमाणित गर्छ, तर हामी वास्तविक मार्गमा कत्तिपनि पुगेका छैनौं ।

धर्मीहरुको बाटो सूर्योदय जस्तै हो जुन झन् झन् चम्किलो हुँदै जान्छ; र सूर्य कहिल्यै पछाडि अगाडि जाने गर्दैन । यसले अचानक आफ्नो मन बदल्दैन । यो स्थिर रुपमा अगाडि बढिरहन्छ, र दाजुभाइ दिदीबहिनीहरु, यो हाम्रो जीवनको लागि परमेश्वरको इच्छा हो । परमेश्वरको इच्छा यही हो कि यो अझ राम्रो हुँदै जाओस्, अझ राम्रो हुँदै जाओस् । यसको अर्थ म मेरो शरीरमा बास गर्ने कुराहरुको बारेमा झन् झन् प्रकाश पाउँछ । म अहिले मेरो शरीरमा बास गर्ने कुराहरुको बारेमा झन् झन् प्रकाश पाउँछु जुन मलाई ६ महिना अघि थाहा थिएन । यदि हामी त्यो अवस्थामा छैनौं भने, हामी धर्मीहरुको मार्गमा छैनौं । आउनुहोस्, त्यो कुरा स्पष्टरुपमा सिकौं ताकि हामी केही सिद्धान्त मात्र बुझेर आफूलाई धोका नदिऔं । अब; यो त्यो बाटो हो जहाँ ज्योति झन् झन् चहकिलो हुँदै जान्छ र झन् झन् चहकिलो हुँदै जान्छ, जहाँ म मेरो शरीरमा झन् झन् बढी ज्योति पाउँछु । वा जस्तै १ यूहन्ना १ः७ ले भन्छ, "परमेश्वर ज्योतिमा हुनुभए झैं यदि हामी ज्योतिमा हिँड्छौं भने..." । परमेश्वर ज्योति हुनुहुन्छ, र यदि म त्यो ज्योतिमा हिँड्छु भने, म परमेश्वरको जति नजिक जान्छु; ज्योति झन् चहकिलो हुँदै जान्छ । यसको अर्थ मैले मेरो शरीरमा बास गर्ने कुराहरुको बारेमा झन् झन् बढी प्रकाश पाइरहेको छु । म मेरो जीवनमा झन् झन् बढी कुराहरुलाई मरणमा ल्याउन सक्षम छु र म बुद्धिमान हुँदै गइरहेको छु । यसरी नै येशू बुद्धिमा बढ्नुभयोः उहाँ नयाँ र जीवित मार्गमा हिँड्नुभयो । लूका २ः५२ मा भनिएको छ कि उहाँ बुद्धिमा बढ्नुभयो । र यही कुरा सोलोमनले यहाँ (हितोपदेश ४ः१८ मा) पवित्र आत्मामा प्रेरणा पाएर भन्दैछन् ।

२ कोरिन्थी ३ः१८ मा भनिएको छ कि पवित्र आत्माले हामीलाई येशूको महिमा देखाउनुहुन्छ । त्यो महिमा ज्योति हो, र पवित्र आत्माले हामीलाई महिमाबाट महिमामा परिवर्तन गर्दा यो हाम्रो जीवनमा चहकिलो र चहकिलो हुँदै जान्छ । हितोपदेश ४ः१८ पुरानो नियमको पद हो जुन २ कोरिन्थी ३ः१८ सँग मेल खान्छ । यदि तपाईं यो पद बुझ्न चाहनुहुन्छ भने, तपाईंले नयाँ नियमको सम्बन्धित पद, २ कोरिन्थी ३ः१८ तिर फर्कनु पर्छ, र त्यहाँ हेर्नुहोस्, "...महिमादेखि महिमामा महिमादेखि महिमामा ।"

हामी तपाईंहरु सबैलाई २०२६ सालको धेरै धेरै शुभकामना दिन्छौं - किनकि पवित्र आत्माले तपाईंलाई महिमादेखि महिमामा येशूको स्वरुपमा परिवर्तन गर्नुहुन्छ ।