येशूको जीवनमा अन्तरक्रिया गर्न अप्ठ्यारा मानिसहरु मध्येको भाग थियो । कसैले उहाँलाई घृणा गरे, कसैले उहाँलाई सताए, कसैले उहाँको खिल्ली उडाए र अरुले उहाँलाई बेवास्ता गरे वा इन्कार गरे । उहाँमाथि चिच्याउने, उहाँ माथि थुक्ने, उहाँसँग बहस गर्ने, उहाँलाई पासोमा पार्न खोज्ने, र उहाँलाई मार्न खोज्ने मानिसहरु थिए ।
हामी सबै सँग अन्तरक्रिया गर्नको लागि जीवनभर अप्ठ्यारा मानिसहरु हुनेछन् । तिनीहरु अधर्मी, तुक्छ, निर्दयी, झन्झटिलो र दुष्ट लाग्न सक्छन् । कठिन व्यक्तिहरुको बारेमा बाइबलले बताएका मलाई मद्दत गर्ने केही सिद्धान्तहरु यहाँ दिइएका छन्ः
यूहन्ना ८ः७ "पाप नगर्नेहरुले पहिले ढुंगा हानोस् ।"
अप्ठ्यारा मानिसहरुको बारेमा मैले सिकेको सबैभन्दा महत्वपूर्ण कुरो चाहिँ म तिनीहरु मध्येको एक हो !
अरु मानिसहरु म प्रति पापजन्य, कठिन र स्वार्थी हुनसक्लान्... तर नितान्त तिनीहरुको जस्तै म सँग शरीर छ र म पनि उत्तिकै दोषी छु । मैले अनुभव गरेको छ कि स्वर्गमा हुनहुने मेरो सिद्ध पिताप्रति म कति कठिन, स्वार्थी र पापी भएको छु भनेर जति स्पष्ट रुपमा देख्छु, मेरो बिरुद्धमा पाप गर्ने अन्य मानिसहरु प्रति दया र धैर्य गर्न त्यति नै सजिलो हुन्छ । फरिसी त्यो हो जसले निराशामा अरुलाई तुच्छ ठान्छ, तर ख्रीष्टियान त्यो हो जो प्रायः आफू र आफ्नो पापबाट निराश र वाक्क हुन्छ (लूका १८ः९-१३) । परमेश्वरको राज्य ती मानिसहरुको होइन जो कठिन सहकर्मीहरु, दुष्ट सरकार, स्वार्थी परिवार, खराब मण्डलीहरु, वा मनतातो ख्रीष्टियानहरुबाट वाक्क भएका छन् । यो ती मानिसहरुको हो जो आफैंसँग दिक्क भएका छन् ! यी आत्मामा "गरिब" भिखारी जस्तै प्रभुकहाँ आउँछन् र भन्छन्, "प्रभु मलाई नै मद्दत चाहिन्छ, म केवल एक गरिब पापी भिखारी हुँ, मलाई क्षमा गर्नुहोस् र मलाई मद्दत गर्नुहोस् !"
"धन्य आत्मामा गरिबहुनेहरु, किनभने स्वर्गको राज्य तिनीहरुको हो ।" (मत्ती ५ः३)
बाइबलले मलाई सिकाएको अर्को महत्वपूर्ण सिद्धान्त भनेको कठिन मानिसहरुलाई प्रेम गर्नु हो, तिनीहरुले मलाई बदलामा जस्तोसुकै व्यवहार गरेतापनिः
मत्ती ५ः४४ "आफ्ना शत्रुहरुलाई प्रेम गर र तिमीहरुलाई सताउनेहरुका लागि प्रार्थना गर ।"
रोमी २ः४ "परमेश्वरको दयाले तिमीलाई पश्चातापमा डोर्याउछ ।"
एकचोटी मैले एक कथा सुनेः एक बिहान सबेरै हावाले सूर्यलाई प्रतिस्पर्धाको लागि चुनौती दियो । बाटोमा एक जना मान्छे आफ्नो कोट लगाएर हिँडिरहेको थियो र हावाले सूर्यलाई भन्यो, 'मलाई लाग्छ तिमी भन्दा पहिले म त्यो मान्छेलाई आफ्नो कोट खोल्न लगाउन सक्छु' । सूर्य खेल खेल्न राजी भयो । हावाले भन्यो, म पहिले जान्छु । हावा जतिसक्दो जोडले चलेको चल्यै गर्यो, जति जोडले फुक्यो, त्यो मान्छेले आफ्नो कोटलाई त्यति नै कडासँग समात्यो । त्यसपछि सूर्यले भन्यो, 'ठीक छ अब मलाई प्रयास गर्न देऊ ।' त्यसैले सूर्य आकाशमा माथि उठ्यो र अलिकति चम्क्यो, र केही समयमै, त्यो मानिसले विस्तारै आफ्नो कोट खोल्यो । कथाको शिक्षा यो हो कि कसैलाई रिस र बल प्रयोग गरेर नियन्त्रण गर्ने प्रयास गर्नुको सट्टा प्रेमले न्यानो पार्नु असल हो ।
स्वर्गमा बस्नुहुने हाम्रो पिता हावा जस्तै कि सूर्य जस्तै हुनुहुन्छ ? बाइबलले भन्छ कि परमेश्वरको प्रेमले हामीलाई उहाँलाई प्रेम गर्न प्रेरित गरेको छ (१ यूहन्ना ४ः१९), र उहाँको दयाले हामीलाई पश्चातापमा डोर्याउँछ (रोमी २ः४) । मलाई विश्वास छ कि हामीले अरुसँग व्यवहार गर्दा हाम्रो जीवनमा पनि त्यो सिद्धान्त देख्नेछौं । अरुसँग झगडा गर्नु र उनीहरुलाई हामीसँग सहमत हुन वा हामीसँग सही व्यवहार गर्न बाध्य पार्नुको सट्टा सम्बन्धमा एकता र सहमति ल्याउने तरिका भनेको लगनशील र निस्वार्थ भावले प्रेम गर्नु हो ।
धेरै पटक प्रेमले हामीप्रतिको शत्रुको हृदय तुरुन्तै परिवर्तन गर्दैन (र सायद कहिल्यै परिवर्तन नहोला), तर त्यो ठीक छ । यदि हामीले हाम्रा शत्रुहरुलाई र हाम्रो विरुद्धमा पाप गर्ने अपश्चातापी मानिसहरुलाई प्रेम गर्न जारी राख्यौं भने हामी स्वर्गमा हुनुहुने हाम्रा पिता जस्तै हुने सुअवसर पाउन सक्छौं, किनकि उहाँ त्यस्तै हुनुहुन्छ - उहाँ अझै पनि उहाँलाई आफ्नो शत्रु मान्ने दुष्ट मानिसहरु प्रति पनि अत्यन्तै धैर्यवान र मायालु हुनुहुन्छः
मत्ती ५ः४४-४५ "तर म तिमीहरुलाई भन्दछु, आफ्ना शत्रुहरुलाई प्रेम गर, र तिमीहरुलाई सताउनेहरुका लागि प्रार्थना गर, ताकि तिमीहरु स्वर्गमा हुनुहुने तिमीहरुका पिताका छोराहरु बन्न सक; किनकि उहाँले दुष्ट र असल दुबै माथि आफ्नो घाम उदाइदिनुहुन्छ, र धर्मी र अधर्मी दुबैमाथि वर्षा पठाइदिनुहुन्छ ।"
छोरात्योहोजोआफ्नोबुबाजस्तैहुन्छ।येशूलेहाम्राशत्रुहरुलाईप्रेमगर्नभन्नुभयो,रयसरीहामीस्वर्गमाहुनुहुनेहाम्रापिताकाछोराहरुहुनसक्छौं ।
हितोपदेश १५ः१ "नम्र जवाफले क्रोधलाई शान्त पार्छ ।"
जिब्रो एउटा शक्तिशाली चीज हो । "जिब्रो शरीरको सानो अङ्ग हो, तैपनि यसले ठूला ठूला कुराहरुको घमण्ड गर्छ । हेर, कति ठूलो जंगल यति सानो आगोले डढेर नष्ट हुन्छ !" (याकूब ३ः५) ।
यसैद्वारा युद्धहरु सुरु र अन्त्य हुन्छन् । अझ असल, युद्धहरु रोकिन्छन् ! बाइबलले भन्छ कि रिसको बदला रिस र क्रोधको बदला क्रोधले जवाफ दिनुको सट्टा, क्रोधित व्यक्तिलाई कोमल शब्दहरु र कोमल जवाफ दिनु उत्तम हुन्छ । यो शान्तिको उत्तम तरिका हो । परमेश्वरले लडाकुहरु (खराब शब्दको बदला खराब शब्दहरु) चाहनुहुन्न, तर शान्ति कायम गर्नेहरु चाहनुहुन्छ (मत्ती ५ः९) । अरुको क्रोधको जवाफ कोमल शब्दहरुले दिएर हामी शान्तिप्रिय हुनसक्छौं ।
हितोपदेश १७ः१३-१४ "जसले असलको बदला खराबी गर्छ, उसको घरबाट खराबी हट्दैन । झगडाको सुरुवात पानी बगाउनु जस्तै हो, त्यसैले झगडा सुरु हुनुभन्दा पहिले नै त्याग्नुहोस् ।"