बाइबललेभन्छ "ईश्वरीयमानिसकोजीवनरोमाञ्चक हुन्छ" (हितोपदेश १४ः१४ लिभिङ्ग बाइबल) ।
मलाई मेरो गवाही भन्न दिनुहोस् । म अहिले ८५ वर्षको भएँ, र म ६५ वर्ष भन्दा बढी परमेश्वरको पुनः जन्मेको सन्तान भएको छु । म इमानदारीपूर्वक गवाही दिन सक्छु कि मेरो ख्रीष्टियान जीवन रोमाञ्चक भएको छ । मैले धेरै परिक्षाहरु भोगेको छु, र ती सबैमा मैले परमेश्वरलाई रोमाञ्चक तरिकाले अनुभव गरेको छु । र म विश्वास गर्छु कि मेरो जीवनको उत्तम भाग अझै मेरो अगाडि छ । म परमेश्वरको लागि बाँच्न र उहाँको सेवा गर्न सक्षम भएकोमा उत्साहित छु । उहाँको सेवा गर्नु कसैले यो संसारमा गर्नसक्ने सबैभन्दा असल कुरा हो ।
मलाई संसारमा कुनै पनि व्यक्तिसँग गुनासो छैन । अहिलेसम्म कसैले पनि मलाई हानि पुर्याउन सकेका छैनन् । धेरैले मलाई हानि पुर्याउने प्रयास गरेका छन्, र मेरा केही सहकर्मीहरुले मलाई धोका दिएका छन् र मेरो विरुद्घमा फर्केका छन् । धेरै "ख्रीष्टियानहरु" ले "ख्रीष्टियान" पत्रिकाहरु र इन्टरनेटमा मेरो बारेमा झूटा कुराहरु फैलाएका छन्, र तिनीहरुमध्ये केहीले मलाई अदालतसम्म लगेका छन् । तर यी सबै मेरो लागि "ख्रीष्टको पीडामा सहभागिता" को अंश मात्र भएका छन्; र प्रत्येकले गरेको सबै कुराले मेरो भलाइको लागि मात्र काम गरेको छ - जसरी रोमी ८ः२८ मा उल्लेख गरिएको छ । त्यसैले म वास्तवमा तिनीहरुको सबैको लागि परमेश्वरलाई धन्यवाद दिन्छु, किनभने परमेश्वरले मलाई असल मानिस, मेरो प्रतिक्रियामा अझै ख्रीष्टको जस्तै बनाउनको लागि तिनीहरुको दुष्ट कार्यहरु प्रयोग गर्नुभएको छ । तिनीहरुको खराब कामबाट निस्केको मुख्य असल यही थियो ।
हामीपरमेश्वरकोलागिउपयोगीहुनुअघिसबैभन्दापहिलेहामीतोडिएकोहुनुपर्छ ।
हाम्रो घमण्ड तोड्न र हाम्रो आफ्नै क्षमताहरुमा हाम्रो विश्वास तोड्न र हामीलाई आफ्नै नजरमा सानो बनाउनको लागि परमेश्वरले धेरै मानिसहरु र घटनाहरु प्रयोग गर्नुहुन्छ ।
परमेश्वरले मलाई मेरो जवान अवस्थाका दिनहरुमा धेरै तोड्नुभयो, र आज पनि उहाँले मलाई तोड्दै हुनुहुन्छ । यो नै फल फलाउने बाटो हो । हामी जति धेरै तोडिएका हन्छौं, त्यति नै परमेश्वरले हामीलाई अरुहरुको लागि आशिष बन्न प्रयोग गर्न सक्नुहुन्छ । हामीले प्रस्थान १७ मा पढ्छौं कि चट्टानलाई प्रहार गर्दा मात्र पानी बग्न थाल्छ । जब एउटी महिलाले येशूलाई अभिषेक गर्न अत्तर सिङ्गमरमरको शीशीमा ल्याइन्, यो शीशी फुटाउँदा मात्र मीठो सुगन्धले घर भरियो (मर्कुस १४ः३) । पाँच हजारलाई खुवाउन येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभयो । तर रोटी नभाँचेसम्म कोही खुवाइएनन् । यी सबै उदाहणहरुमा के सन्देश छ ? मात्र यो टुटाई आशिषको बाटो हो । जब एक परमाणु विभाजित हुन्छ, यसले सम्पूर्ण शहरलाई बिजुली दिन पर्याप्त शक्ति उत्पन्न गर्दछ ! एक परमाणु यति सानो हुन्छ कि तपाईंले यसलाई माइक्रोस्कोप मुनि पनि देख्न सक्नुहुन्न । तर जब यो तोडिन्छ, कस्तो ठूलो शक्ति जारी हुन्छ । प्रकृति र बाइबलमा सन्देश केवल यो होः परमेश्वरको शक्ति टुटाईको माध्यमबाट जारी हुन्छ । यो सन्देशले आउँदै गरेको नयाँ वर्षमा हामी सबैलाई पक्रेकोहोेस् ।
१९६३ मा मैले पहिलो पटक उहाँलाई मेरो जीवन र सेवकाईमा शक्तिको लागि खोज्दा परमेश्वरले मलाई यो सन्देशको साथ पक्रनु भयो । ठीक त्यसै बेला, मैले नौसेनाबाट राजीनामा दिनुअघि, परमेश्वरले मलाई टुटाईको बाटो शक्तिको बाटो हो भनेर देखाउनुभयो । र म यो जीवनभर बिर्सन चाहन्न । म युवाहरुलाई तिनीहरु जवान छँदै विशेष गरी यो पाठ सिक्न प्रोत्साहित गर्न चाहन्छु ।
दोस्रोआवश्यकताभनेकोपरमेश्वरकाप्रतिज्ञाहरुमाजीवितविश्वासहो ।
परमेश्वरले मिश्रमा इस्राएलका एल्डरहरु सँग दुईवटा प्रतिज्ञा गर्नुभयोः "म तिमीहरुलाई (१) मिश्र देशबाट बाहिर निकाल्नेछु र (२) कनानीहरुको भूमिमा ल्याउनेछु ।" (प्रस्थान ३ः१७) । तपाईंले देख्न सक्नुहुन्छ, त्यहाँ दुईवटा प्रतिज्ञाहरु थिए । तर पहिलो मात्र पूरा भयो । दोस्रो पूरा भएन । ती एल्डरहरु मध्ये कोही पनि कनानमा प्रवेश गरेनन् - किनभने कनानमा प्रवेश गर्ने समय आउँदा तिनीहरुले विश्वासमा प्रतिक्रिया दिएनन् (गन्ती १३) । जबसम्म हामी विश्वासमा प्रतिक्रिया दिँदैनौं तबसम्म परमेश्वरका प्रतिज्ञाहरु पूरा हुँदैनन् । परमेश्वरको प्रतिज्ञा र हाम्रो विश्वास दुई बिजुलीको तार जस्तै हो । जब तिनीहरुले एक अर्कालाई छुन्छन् (विद्युतीय स्विचमा जस्तै) तब मात्र तारहरु मार्फत शक्ति प्रवाह हुन थाल्छ । तपाईंले परमेश्वरको प्रतिज्ञाको बारेमा सुन्न सक्नुहुन्छ र यसलाई बुझ्न सक्नुहुन्छ । तर यो तब मात्र हुन्छ जब तपाईंको विश्वास पुग्छ र भन्नुहुन्छ "हो, म विश्वास गर्छु कि त्यो मेरो जीवनमा पूरा हुनेछ," कि प्रतिज्ञा पूरा हुनेछ । कनानको सिमानामा, केवल यहोशू र कालेबले मात्र परमेश्वरको प्रतिज्ञामा विश्वास गरे, र त्यसैले तिनीहरु प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गरे । नयाँ वर्षमा यस्तै विश्वासमा र प्रतिज्ञा गरिएको विजयभूमिमा हामी निरन्तर जिउन सकौं ।
हामीतपाईंहरुसबैलाईधेरैआशिषितवर्षकोकामनागर्दछौं -ठूलोटुटाईमध्येकोएकरपरमेश्वरमाठूलोविश्वासको ।