WFTW Body: 

"स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ" (मत्ती २८ः१८) । यदि हामी बाहिर जानुपर्ने र यो महान आज्ञालाई पूरा गर्नु पर्नेछ भने त्यो विश्वास गर्नैपर्छ । सबै अधिकार येशूलाई दिइएको छ भनी मैले विश्वास गर्दिन भने, म केही समय पछि पछाडि हट्नेछु, किनकि ख्रीष्टियान काम धेरै हतोत्साहित पार्ने खाले हुनसक्छ । तपाईंले तुरुन्तै परिणामहरु देख्नुहुन्न । न त प्रचारकहरु न अगमवक्ताहरु न प्रेरितहरुले तुरुन्तै परिणाम देख्छन् । बच्चाहरुलाई वयस्क हुन्जेल हुर्काएको जस्तै । म यसलाई वर्षौं देखिको मण्डलीहरु रोप्ने र विश्वासीहरुलाई स्थापित गर्ने र उनीहरुलाई ईश्वरीयतामा लैजाने प्रयासको माध्यमबाट प्रमाणित गर्न सक्छु । मलाई यो सेवकाईमा पठाउनुहुने उहाँ नै हुनुहुन्छ जसलाई स्वर्ग र पृथ्वीमा सबै अधिकार दिइएको छ भनी हामीले बुझेनौं भने निरुत्साहित हुन धेरै सजिलो छ । उहाँले मलाई त्यो अधिकारले साथ दिँदैहुनुहुन्छ ।

त्यसोभए म महान आज्ञाको दोस्रो आधालाई यसरी हेर्छुः यो येशूले गर्नुभएका दुईवटा उत्कृष्ट कथनहरु बीच कोष्ठकमा राखिएको छ । पहिलो चाहिँ पद १८ हो, "स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ," र दोस्रो पद २० हो, "हेर, युगको अन्त्यसम्म पनि म सधैं तिमीहरुको साथमा छु ।" यदि मलाई यी दुई तथ्यहरु मध्ये कुनैमा शंका छ भने, म महान आज्ञाको दोस्रो आधालाई पूरा गर्नेछैन । मैले पचास वर्षको ख्रीष्टियान सेवकाईमा बुझेको छु कि यो धेरै निरुत्साहित हुनसक्छ, यदि तपाईं विश्वस्त हुनुहुन्न किः

- तपाईंलाई पठाउनुहुने एक हुनुहुन्छ जो सँग स्वर्गमा (स्वर्गीय स्थानमा, दोस्रो स्वर्गमा जहाँ भूतआत्माहरु बास गर्छन्) र पृथ्वीमा (पृथ्वीका सबै मानिसहरु माथि) सबै अधिकार छ । ख्रीष्टसँग यो अधिकार छ ।

- जब म महान आज्ञाको दोस्रो भाग पूरा गर्न अगाडि बढ्छु, म सँग उहाँबाट एउटा विशेष वाचा छ कि उहाँ सधैं मेरो साथमा हुनुहुनेछ ।

यी दुई उत्कृष्ट प्रतिज्ञाहरुको सन्दर्भमा एउटा ठूलो खतरा छ । ख्रीष्टियानहरुमा सर्तहरु पूरा नगरी प्रतिज्ञा दाबी गर्ने प्रयासमा लाग्ने धेरै खराब बानी छ । उदाहरणका लागि, यदि तपाईंलाई भनिएको छ, "प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस र तपाईंले मुक्ति पाउनुहुनेछ," र तपाईंले भन्नुहुन्छ, येशू ख्रीष्टलाई विश्वास गरेर मैले सर्तहरु चाहिँ पूरा गर्नेछैन, तर म अझै पनि बचाइनेछु," के तपाईंले सोच्नुहुन्न कि यो पागलपन हो ? अथवा, "यदि हामीले हाम्रा पापहरु स्वीकार गर्छौं भने, उहाँ हाम्रा पापहरु क्षमा गर्न विश्वासयोग्य र निष्पक्ष हुनुहुन्छ ।" यदि तपाईंले आफ्नो पाप स्वीकार गर्ने सर्त पूरा गर्नुभएन भने, तपाईंले कसरी विश्वास गर्न सक्नुहुन्छ कि उहाँले तपाईंको पाप क्षमा गर्नुहुनेछ ?

परमेश्वरका प्रतिज्ञाहरु शसर्त छन् । त्यहाँ भौतिक प्रतिज्ञाहरु छन्, जस्तै परमेश्वरले असल र खराबको निम्ति सूर्य उदाइ दिनुहुन्छ र धर्मी र अधर्मी माथि वर्षा गराउनुहुन्छ, जुन उहाँले सबैलाई विना सर्तहरु दिनुहुन्छ । तर जब परमेश्वरको आत्मिक प्रतिज्ञाहरुको कुरा आउँदछ, ती प्राप्त गर्न त्यहाँ सर्तहरु छन् । यो पाप क्षमा सँग सुरु हुन्छ । पश्चाताप र ख्रीष्टमा विश्वास बिना, कसैले पनि पापको क्षमा पाउँदैन । धार्मिकता विश्वासद्वारा हो, र पवित्रता विश्वासद्वारा हो । साथै, परमेश्वरले बिना सर्त सबैलाई आफ्नो अनुग्रह दिनुहुन्न । उहाँले केवल नम्रलाई अनुग्रह दिनुहुन्छ । प्रत्येक आत्मिक प्रतिज्ञाको लागि एक सर्त छ ।

मैले भर्खरै उल्लेख गरेका यी सबै क्षेत्रहरुमा प्रतिज्ञासँग जोडिएको सर्त पूरा गर्नुको महत्व बुझ्ने धेरै ख्रीष्टियानहरु किन यस प्रतिज्ञामा आउँछन्, "हेर म सधैं तिमीसँग छु, युगको अन्त्यसम्म पनि," र सर्त पूरा नगरी यसलाई पूरा गर्ने दाबी गर्छन् ? त्यसले मलाई अचम्मित पार्छ । यदि तपाईंले पश्चाताप र विश्वास नगरे पनि तपाईंले क्षमा पाउनुहुनेछ भनेर मैले प्रचार गरेमा तिनीहरु छक्क पर्नेछन् । तपाईंले आफ्नो पाप स्वीकार नगर्दा पनि तपाईंको पाप क्षमा हुनेछ भनी मैले भने भने, तिनीहरुले भन्नेछन् त्यो हास्यास्पद कुरा हो । बाइबलले भन्दछ यदि तपाईंले आफ्ना पापहरु स्वीकार गर्नुभयो भने, उहाँ विश्वासयोग्य हुनुहुन्छ र तपाईंलाई क्षमा दिनुहुनेछ, हैन ? ठीक, त्यही बाइबलले भन्दछ कि यदि तपाईंले गएर चेला बनाउनुभयो, तिनीहरुलाई बप्तिस्मा दिनुभयो र मैले तिमीहरुलाई आज्ञा गरेको सबै कुरा सिकाउनुभयो भने प्रभु युगको अन्त्यसम्ममा सधैं तपाईंसँग हुनुहुनेछ । प्रभुले यही भन्नुभयो । त्यसपछि उहाँले भन्नुभयो, "हेर, म सधैं तिम्रो साथमा छु ।"

त्यसोभए यो विशेष गरी येशूले आज्ञा गर्नुभएका सबै कुरा गर्न अरुलाई सिकाउन निस्कनेहरुलाई दिइएको प्रतिज्ञा हो । संसारका धेरै भागहरुमा, सिडीहरु, इन्टरनेट र साहित्यहरु मार्फत मानिसहरुलाई येशूले आज्ञा गर्नुभएका सबै कुराहरु गर्न सिकाउँदै, त्यो पूरा गर्न खोज्दै मैले ५० वर्ष बिताएँ । म गवाही दिन सक्छु कि मैले मसँग प्रभुको उपस्थिति र अधिकार साँच्चै अनुभव गरेको छु । त्यसैले म तपाईंलाई परमेश्वरका प्रतिज्ञाहरु सत्य छन् भनी विश्वास गर्न प्रोत्साहन दिन चाहन्छु । पहिलेआफैंगरेरयदितपाईंलेमानिसहरुलाईयेशूलेआज्ञागर्नुभएकासबैकुराहरुगर्नसिकाउनकोलागिअघिबढ्नुभयोभनेउहाँकोअख्तियारलेतपाईंलाईसमर्थनगर्नेछ,उहाँसधैंतपाईंसँगहुनुहुनेछ

उहाँ सधैं हामीसँग हुनुको परिणामहरु मध्ये एक हो, उहाँले हामीलाई निराशा, उदासी, खराब मन, र त्यस्ता सबै प्रकारका थोकहरुबाट छुटकारा दिनुहुन्छ । यदि येशू सधैं मसँग हुनुहुन्छ भने संसारमा मेरो मन कसरी खराब हुनसक्छ ? यदि येशू सधैं मेरो साथमा हुनुहुन्छ भने संसारमा म कसरी निरुत्साहित वा डराएको हुनसक्छु ? धेरै मानिसहरुले कल्पना गर्छन् कि ख्रीष्ट तिनीहरुसँग हुनुहुन्छ, जबकि उहाँ हुनुहुन्न । तिनीहरुले येशूले आज्ञा गर्नुभएका सबै गर्न खोजिरहेका छैनन्; तिनीहरुले अरु मानिसहरुलाई येशूले आज्ञा दिनुभएको कुरा सिकाउन खोजिरहेका छैनन् । त्यसोभए हामीले त्यो प्रतिज्ञा दाबी गर्न सक्नुअघि पूरा गर्नुपर्ने सर्त छ, र म तपाईंलाई त्यो स्पष्ट रुपमा हेर्न प्रोत्साहित गर्न चाहन्छु ।