द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च चेलाहरू
WFTW Body: 

यी पछिल्ला केही हप्ताहरु देखि हामी महान् आज्ञालाई यसको पूर्णतामा पूरा गर्नुको अर्थ के हो भनेर बुझ्न खोजिरहेका छौं । येशूले मत्ती २८ः१९ मा भन्नुहुन्छः कि हामीले हरेक राष्ट्रमा गएर चेला बनाउनै पर्छ, त्यसैले हामीले लूका १४ मा वर्णन गरिएको चेलापनका अवस्थाहरु जाँचिरहेका छौंः

पहिलो, ख्रीष्टलाई यस पृथ्वीका कुनै पनि मानिसलाई भन्दा बढी प्रेम गर्नु । भजन संग्रह ७३ः२५ एक साँचो चेलाको स्वीकारोक्ति होः "स्वर्गमा तपाईं बाहेक मेरो को छ र ? यो पृथ्वीमा मैलै इच्छा गर्ने तपाईं भन्दा बढी कोही छैन र केही छैन ।" म पृथ्वीमा ख्रीष्टभन्दा बढी कसैलाई चाहन्न ।

दोस्रो, ख्रीष्टलाई मेरो आफ्नै इच्छा र मेरो आफ्नै छनौट भन्दा बढी प्रेम गर्नु । "प्रभु म कुनै पनि कुरामा मेरो छनौट चाहन्न । म मेरो जीवनको हरेक क्षेत्रमा तपाईंको इच्छा चाहन्छु -- मैले मेरो समय, मेरो पैसा, मेरो ऊर्जा, मेरो जीवन, मेरो महत्वकांक्षा कसरी खर्च गर्नेछु । मेरो सबै भविष्य येशूको पाउदानमा राखिएको छ ।"

तेस्रो, मेरा सबै सम्पत्तिहरु त्याग्न, पृथ्वीमा भएका सबै चीजहरुलाई हल्कागरी लिन, किनभने ख्रीष्ट मेरो निम्ति ती सबै थोकहरुभन्दा महत्वपूर्ण हुनुहुन्छ । यदि परमप्रभुले ती मध्ये केही चीजहरु लैजानुहुन्छ वा मैले ती मध्ये केही चीजहरु गुमाएँ भने, यय्यूव १ः२१ मा अय्यूवले भनेझैं म भन्छु, "परमप्रभुले दिनुभयो र परमप्रभुले लैजानुभयो, परमप्रभुको नाम धन्यको होस् ।" साँचो चेलाको मनोवृति यही हो ।

यदि कुनै व्यक्तिले चेलापनका यी तीन सर्तहरु पूरा गर्दैन भने, लूका १४ अनुसार, ऊ चेला होइन ।

जब येशूले आफ्ना प्रेरितहरुलाई मत्ती २८ः१९ मा हरेक राष्ट्रमा गएर चेला बनाउन भन्नुभयो, उहाँको तात्पर्य थियो कि हामीले मानिसहरुलाई त्यो ठाउँमा ल्याउनुपर्छ जहाँ तिनीहरुले ख्रीष्टलाई आफ्ना पापहरु क्षमा गर्ने मात्र होइन आफ्ना प्रभुको रुपमा पनि चिन्छन् । यसको अर्थ हामी उहाँलाई पृथ्वीमा भएका जोकोही भन्दा बढी, हाम्रो आफ्नो जीवन भन्दा बढी, हाम्रो आफ्नो इच्छा भन्दा र पृथ्वीमा हामीसँग भएका सबै चीजहरु भन्दा बढी माया गर्छौं । उहाँ हाम्रो लागि ती सबैभन्दा बढी महत्वपूर्ण हुनुहुन्छ ।

सुसमाचार प्रचार गर्ने ख्रीष्टियान मिसनरीहरु र प्रचारकहरुले महान् आज्ञाको दोस्रो भाग पूरा गरेका छन् भनी के तपाईं भन्नुहुन्छ ? म भन्छु सक्नुहुन्न । के तपाईंले देख्नुहुन्छ कि मैले मर्कूश १६ः१५ लाई पूरा गर्ने ९९% र मत्ती २८ः१९-२० लाई पूरा गर्ने १% को दृष्टान्त किन प्रयोग गरें ? उनान्सय जना मुढाको एक छेऊ बोकिरहेका, र एक जना मात्र मुढाको अर्को छेऊ बोकिराखेको ? त्यसैले मैले भेट्टाएँ कि प्रभुले मलाई जाऊ र मुढाको अर्को छेऊलाई बोकिराखेको त्यो एक जनालाई सहयोग गर भनी बोलाउनु भयो । मलाई विश्वास छ कि यो आजको ठूलो आवश्यकता हो, र धेरै राष्ट्रहरुमा ख्रीष्टियान धर्मको यस्तो नराम्रो गवाही हुनुको कारण पनि यही हो ।

हामी सबैलाई थाहा छ कि कसरी पुर्नजन्म पाएका ख्रीष्टियानहरुले प्रभुको नाममा यस्तो अपमान ल्याएका छन् । किन ? किनकि तिनीहरु केवल परिवर्तन भएका छन्; तिनीहरु चेला बनेका छैनन् । तिनीहरु आफ्नो इच्छा त्याग्न वा तिनीहरुसँग भएका चीजहरुबाट अलग हुन ल्याइएका छैनन्, र त्यसैले अन्तिम परिणाम येशूले लूका १४ मा भन्नु भएको जस्तै होः तिनीहरु ती मानिसहरु जस्ता छन् जसले जग बसालेका छन्, तर भवन निर्माण गर्नको लागि पर्याप्त तिनीहरुसँग छैन ।

लूका १४ को सम्पूर्ण भागको बिचमा, येशूले धरहरा बनाउन खोज्ने एक जना मानिसको बारेमा बोल्नुहुन्छ, जुन समस्त ख्रीष्टियान जीवनको एक चित्रण हो । उसले जग सिध्याउने समयसम्ममा, त्यस भागले भन्दछ कि त्यो सिध्याउनको लागि ऊसँग प्रसस्त थिएन । यदि तपाईंले चेलापनका तीन सर्तहरुको सन्दर्भमा यसलाई हेर्नुहुन्छ भने -- अर्थ हुन्छ कि ऊ धरहरा निर्माण सम्पन्न गर्ने मूल्य चुकाउनको लागि इच्छुक छैन । हुनसक्छ ऊ सँग पैसा छ, तर उसले भन्छ, "म यसलाई पूरा गर्न चाहन्न ।"

जग हो - जब हाम्रो पाप क्षमा हुँदछ र हामीलाई पवित्रआत्मा दिइन्छ - हामी परमेश्वरको सन्तान हुँदछौं । तर के त्यही नै सबै हो ख्रीष्टियान जीवनमा ? येशूले भन्नुभएको झैं यो धरहरा हुनुपर्दछ, एक जग मात्र होइन । २९ पदले भन्दछ कि यस्तो व्यक्ति जसले धरहरा बनाउन पूरा गर्दैन त्यो लागमर्दो वस्तु हो, र स्वर्गका दूतहरु अचम्मित हुँदछन् कि ख्रीष्टियानहरु जसले उनीहरुको जीवनमा केवल जग बसालेर कल्पना गर्दछन् कि त्यही नै ख्रीष्टियान धर्मको सम्पूर्ण उद्देश्य हो ।

त्यसैले मत्ती२८ः१९माकेभन्दछत्योकुरामाजोडदिनुबुझ्नुधेरैमहत्वपूर्ण, कि हामी प्रत्येक राष्ट्रमा जानैपर्छ र चेलाहरु बनाउनुपर्छ । जुनसुकै राष्ट्रमा आज तपाईं हुनुहुन्छ, यदि तपाईंले प्रचार गर्दैहुनुहुन्छ भने, तपाईंले चेला बनाइरहेको हुनुपर्छ ।

महान् आज्ञाको दोस्रो भाग येशूले "हेर म तिमीहरु सँग सधैं छु ।" भन्दै पूरा गर्नुभयो । थप, "यदि तिमीले यो गर्छौ भने, सबै राष्ट्रमा जाऊ र चेलाहरु बनाऊ, म तिमीसँग सदा रहनेछु ।" हामीले सर्त पूरा नगरी त्यो महान् प्रतिज्ञाको दाबी गर्न सक्दैनौं ।

तर यदि हामीले चेला बनाउँछौं भने, यो अचम्मको निश्चयता होः यदि मैले संसार भरी जाने निश्चय गरेको छु, सुसमाचार प्रचार गर्नको लागि र चेलाहरु बनाउनको लागि, प्रभु मसँग सधैं रहनुहुनेछ ।