WFTW Body: 

परमेश्वरले हाम्रा केही प्रार्थनाको जवाफ दिन किन ढिलाइ गर्नुहुन्छ हामी जान्दैनौं । तर उहाँको मार्ग सिद्घ छ, र उहाँले हाम्रो मार्गलाई सिद्घ तुल्याउनुहुन्छ (भ.सं. १८ः३०, ३२) ।

येशूले भन्नुभयो (प्रेरित १ः७ मा), कि हामीलाई घटनाहरुको समय थाहा पाउने अनुमति छैन, किनकि परमेश्वरले त्यो आफ्नो शक्तिमा सुरक्षित राख्नुभएको छ ।

कतिपय मामिलाहरु मात्र परमेश्वरका हुन् । उदाहरणका लागि मानिसलाई अनुमति छैनः

१. उपासना प्राप्त गर्न (मत्ती ४ः१०),

२. महिमा प्राप्त गर्न (यशैया ४२ः८),

३. बदला लिन (रोमी १२ः१९),

४. घटनाहरुको समय थाहा पाउन (प्रेरित १ः७)

यी चारवटै परमेश्वरका विशेषाधिकार हुन् । सबै ख्रीष्टियानहरुले माथिका (१) र (२) लाई सहजै स्वीकार गर्नेछन् । धेरैले (३) लाई पनि स्वीकार गर्नेछन् । तर आत्मिक मानिसहरुले (४) लाई पनि स्वीकार गर्नेछन्, जसरी तिनीहरुले अन्य तीनलाई स्वीकार्दछन् । त्यसैले जब प्रभुले हाम्रा केही प्रार्थनाहरुको जवाफ दिन लामो समयसम्म ढिलाइ गर्नुहुन्छ, हामीले उहाँको इच्छालाई नम्रतापूर्वक स्वीकार गर्नुपर्छ ।

परमेश्वर अझै सिंहासनमा हुनुहुन्छ, उहाँले सधैं उहाँका आफ्नाहरुलाई सम्झनुहुन्छ, र उहाँले हाम्रो भलाईको लागि सबै थोकलाई एकसाथ काम गर्ने तुल्याउनुहुन्छ ।

"उसले सधैं जित्छ जो परमेश्वरको पक्षमा हुन्छ - उसको लागि कुनै मौका गुम्दैन । परमेश्वरको इच्छा उसको लागि सबैभन्दा मीठो हुन्छ जब यो उसको मुल्यमा विजयी हुन्छ ।"

त्यसोभए, हामी "आफूलाई प्रार्थना र वचनको सेवकाईमा समर्पित गर्न" जारी राखौं (प्रेरित ६ः४) । त्यसपछि हामी "परमेश्वरको राज्यको प्रचार गर्न र प्रभु येशूको बारेमा सिकाउन निर्बाध रुपमा" सक्षम हुनेछौं (प्रेरित २८ः३१) ।

जीउँदोपानीहामीबाटबगिरहेको

संसारभर खाँचोमा परेका विश्वासीहरु छन्, जसले नयाँ करारको सुसमाचार सुन्न आवश्यक छ । यी दिनहरुमा धेरै देशहरुमा विश्वास गर्नेहरु, तिनीहरुको पैसाको पछि लाग्ने प्रचारकहरु र उनीहरुमाथि प्रभुत्व जमाउने पंथ-अगुवाहरुको शोषणमा परेका छन् । हामी यी सबै दासत्वमा परेका विश्वासीहरुलाई स्वतन्त्रताको घोषणा गर्न बोलाइएका छौं ।

कहाँ जाने भनेर जान्नको लागि, हामी आत्माको नेतृत्वप्रति संवेदनशील हुनु आवश्यक छ (यशैया ३०ः२१) । समय नजिकिँदै छ जब धेरै विश्वासीहरु सत्य सुन्न चाहनेछैनन् । त्यसैले हामी सधैं वचन प्रचार गर्न तयार हुनुपर्छ - हाम्रो लागि सुविधाजनक हुँदा र सुविधाजनक नहुँदा पनि (२ तिमोथी ४ः२, ३) ।

तब हामी परमेश्वरको प्रतिज्ञाको दाबी गरौं र विश्वास गरौं कि "हाम्रो मण्डलीबाट चारै दिशामा जीवित पानीहरु, पूर्व र पश्चिमतर्फ वर्षभरि बग्नेछ" (जकरीया १४ः८) ।

ती जीवित पानीहरु हामीबाट अरुलाई कसरी प्रवाह हुनेछ ?

भ.सं. २३ः५ मा हामी पढ्छौं, "हाम्रो कचौराहरु भरिएर पोखिदछ" । "भरिएर पोखिदछ" को लागि प्रयोग गरिएको मूल हिब्रू शब्द "रेवायाह" हो । यो शब्द (हिब्रूमा) बाइबलको अर्को एक ठाउँमा मात्र प्रयोग गरिएको छ, भजन संग्रह ६६ः१२, जहाँ यसलाई "प्रसस्तताको ठाउँ" भनेर अनुवाद गरिएको छ ।

त्यसैले हामी यो निश्कर्षमा पुग्छौं कि यो ठाउँमा आउनको लागि जहाँ जीउँदो पानीले हाम्रा "कचौराहरु भरिएर पोखिदछ", हामीले भ.सं. ६६ः१२ को अघिल्लो पदहरुमा उल्लेखित अनुभवहरु मार्फत जानुपर्छ, त्यो पद १० देखि १२ हो, जहाँ हामी पढ्छौंः

- परमेश्वरले हामीलाई चाँदी जस्तै निखार्नुहुनेछ,

- परमेश्वरले हामीलाई जालमा ल्याउनुहुनेछ (कठिन परीस्थिति),

- परमेश्वरले अरुलाई हामीमाथि दमनकारी बोझ राख्न अनुमति दिनुहुनेछ,

- परमेश्वरले मानिसहरुलाई हाम्रो टाउको माथि सवार हुन अनुमति दिनुहुनेछ,

- परमेश्वरले हामीलाई दन्किरहेको "आगो" (आगोको परीक्षा) मा हाल्नुहुनेछ,

- तब परमेश्वरले हामीलाई "वरफ झैं चिसो पानी" मा राख्नुहुनेछ (उहाँको उपश्थितिको कुनै "भावना" बिना) ।

परमेश्वरकायीअनुशासनहरुलाईआफ्नोजीवनमास्वीकारगर्नेहरुलेअन्ततःआफ्नाकचौराहरुभरिएरअरुलाईआशिषदिएकोभेट्टाउनेछन् प्रभुको प्रशंसा होस् !!