WFTW Body: 

प्रार्थना केवल परमेश्वरसँग बोल्ने मात्र होइन तर परमेश्वरको कुरा सुन्नु पनि हो। र सुन्नु चाहिँ उहाँसँग बोल्नुभन्दा पनि महत्वपूर्ण कुरा हो। विचार गर्नुहोस्: यदि तपाई प्रभुमा वृध्द व्यक्तिसँग बोल्दै हुनुहुन्छ भने तपाईले बोल्नुभन्दा बढि सुन्नुहुन्छ। त्यसैले, एउटा साँचो प्रार्थनामा - तपाईले परमेश्वरसँग कुरा गर्नु भन्दा बढि उहाँको कुरालाई सुन्नुपर्छ।

यदि तपाई केहि कुरा गर्न धेरै उत्सुक हुनुहुन्छ भने, तपाईले आफैलाई यो परमेश्वरको इच्छा हो भनि भ्रममा पार्न सक्नुहुन्छ। र यो कुरा तपाईले आफ्नो मनलाई शान्त पार्नको निम्ति त्यसको लागी छोटकरीमा प्रार्थना गर्नुहुन्छ, र त्यसपछि आफैलाई भन्नुहुन्छ कि "तपाईले त्यो कुरा गर्नको निम्ति आफ्नो हृदयमा शान्ति महसुस गर्नुभएको छ" र त्यस कुरा गर्नको निम्ति अघि बढ्नुहुन्छ र त्यसलाई पूरा गर्नुहुन्छ! यस प्रकारले तपाईले परमेश्वरको इच्छालाई पूर्ण तवरले गुमाउनुहुन्छ। याद राख्नुहोस्: तपाईले गर्नुहुने कुरा जति महत्वपूर्ण छ, त्यति नै बढि त्यो कुरा गर्नको निम्ति तपाईले परमेश्वरको प्रतिक्षा गर्नुपर्छ।

शरिर मूलतः अल्छे र सुख-विलासीपनहरुको प्रेमी र आराम प्रेमी हुन्छ। त्यसबाट भ्रममा नपर्नुहोस्। तपाईले परमेश्वरको इच्छा पूरा गर्न खोज्दा, तपाईको इन्द्रियहरु मार्फत आउने हरेक प्रभावहरुलाई अस्विकार गर्न सक्नुपर्छ। तपाईको विचार गर्ने तरिका र परमेश्वरको विचारहरुमा आकाश-जमीनको भिन्नता छ। (यशैया ५५:८,९)। परमेश्वरले कामहरु गर्ने तरिका तपाईले गर्ने तरिका भन्दा धेरै उच्च छ। त्यसैले तपाईले आफैलाई परमेश्वरमा पूर्ण-रुपले समर्पण गरेको उहाँ चाहनुहुन्छ ताकि तपाईले उहाँको सर्वश्रेष्ठ योजना पाउन सक्नुभएको होस्।

तपाईलाई प्रार्थना गर्नको निम्ति धेरै समय नहुन सक्छ। तर तपाईले जुनसुकै निर्णयहरु गर्नुहुँदा पनि परमेश्वरको प्रतिक्षा गर्ने तपाईको मनोभाव हुनैपर्छ। र त्यसैले, तपाईले आफुलाई हरेक दिन परमेश्वरसँग समय बिताउनलाई आफूलाई अनुशासित तुल्याउनुहोस् - सकेसम्म बिहानको पहिलो काम नै यहि गर्नुहोस्। यदि त्यो बिहानको समयमा सम्भव छैन भने, दिउसोको कुनै समय। नत्र तपाईले प्राप्त गर्ने प्रभाव तपाईको जीवनको लागि परमेश्वरको इच्छाबाट भट्कन सक्छ।

परमेश्वर तपाईसँग हरेक दिन कुरा गर्न चाहनुहुन्छ। यो सन्देश हामीले बाइबलको पहिलो पृष्ठदेखि नै पाउछौँ। जहाँ त्यसले भन्छः "पहिलो दिनमा, परमेश्वरले भन्नुभयो... दोस्रो दिनमा, परमेश्वरले भन्नुभयो, तेस्रो दिनमा, ..... चौथो, ..... पाँचौं र छैटौं दिन, परमेश्वरले भन्नुभयो।" परमेश्वर बोल्नुभएको हरेक दिन केहि हुन्थ्यो, र त्यसको अन्तिम प्रतिफल "धेरै असल" हुन्थ्यो त्यसैले, त्यो तपाईको जिवनमा पनि हुनसक्छ, यदि तपाईले हरेल दिन परमेश्वरलाई सुन्नुभयो भने। येशूले भन्नुभयो, "मानिस रोटिले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नेछ" (मत्ती ४:४)। यदि तपाईले हरेक दिन परमेश्वरलाई पहिलो स्थानमा राख्नुहुन्न भने, त्यो पछि हट्नको लागी धेरै सजिलो हुन्छ।

"परमेश्वरलाई सुन्नु" भन्नाले मैले बाइबल पढ्नु भन्न खोजेको होइन, तर बरु दिनभरी तपाईको मनमा पवित्र आत्माले के भन्न खोज्दै हुनुहुन्छ त्यसको बारेमा सुन्नु भनेको हो, ता कि तपाईले परमेश्वरलाई प्रसन्न तुल्याउनुभएको होस् र ति सबै कुरालाई हटाउनुभएको होस् जसले परमेश्वरलाई अप्रसन्न तुल्याउँछ। परमेश्वरले जहिल्यै पनि हाम्रो प्रार्थनाको जवाफ दिन चाहनुहुन्छ। तर हामी उहाँको जवाफको लागी यत्नसित पर्खन सक्नुपर्छ। कहिलेकाहीँ उहाँको उत्तर "नाई" हुन सक्छ, कहिलेकाहीँ "पर्ख" हुन सक्छ। रातो, पहेलो, र हरियो बल्ने ट्राफिक बत्ति जस्तै, परमेश्वरको उत्तर पनि "नाई", "पर्ख", वा "हुन्छ" भनि हुनसक्छ।