WFTW Body: 

हाम्रो इच्छा परमेश्वरलाई झन् बढ्ता गरेर बुझ्ने हुनुपर्छ, किनकी यो अनन्तको जिवन हो। हामीले अनन्तसम्म नै परमेश्वरलाई झन् बढ्ता गरेर चिन्ने ज्ञानमा बढ्नेछौँ। त्यसैले जसले परमेश्वरलाई झन् बढ्ता गरेर जान्ने इच्छा राख्छ, उसको निम्ति अनन्तता उराठलाग्दो हुनेछैन। त्यसैले, हाम्रो सांसारिक जिवन पनि उराठलाग्दो हुनेछैन। हामीले उत्पत्ति २ मा परमेश्वरले आदमसँग गर्नुभएको व्यवहार हेरेर उहाँको बारेमा केहि सिकौँ। त्यहाँ हामी देख्छौँ कि परमेश्वर स्वयंले आदमको निम्ति पत्निको आवश्यक्तालाई देखनुभएको छ र उहाँ स्वयंले उनलाई पत्नि दिनुभएको पनि छ। त्यहाँ हामी परमेश्वरको स्वभाव कस्तो छ भनि देख्दछौँ। परमेश्वरलाई मानिसहरुको खाँचो के हो भनि थाहा छ र उहाँले ति आवश्यक्ताहरु पुरा गर्नको निम्ति हरेक कुरा गर्नुहुन्छ। जब हामी उहाँको यस अलौकिक स्वभावको भागीदार बन्छौँ, हामी पनि त्यस्तै बन्नेछौ - अथवा, हामी हाम्रो वरिपरि हुनुभएकाहरुको खाँचोहरुलाई देख्नेछौँ र ति आवश्यक्ताहरुलाई पुरा गर्न हर सम्भव कोसिस गर्छौँ! यसले हाम्रो तर्फबाट प्रायजसो धेरै बलिदानहरु माग्छ। त्यसैले हामीले आफैँलाई यो सोध्नुपर्छ कि हामी यस अलौकिक स्वभावको भागिदार बन्नको निम्ति त्यस मूल्य तिर्न इच्छुक छौँ कि छैनौँ।

हाम्रो आदमको स्वभाव परमेश्वरको यो स्वभावभन्दा बिल्कुलै अलग छ। आदमको जिवन बिल्कुल स्वार्थी छ र यसले हामीलाई केवल आफ्नो आवश्यक्ता र आफ्नो परिवारको आवश्यक्ताको लागी सतर्क बनाउँछ। यथार्थमा, उनिहरु यत्ति स्वार्थी हुन्छन कि अरु कसैले कुनै व्यक्तिको आवश्यक्ता पुरा गरेको पनि उनिहरु देख्न सक्दैनन्। त्यसको विपरित उनिहरु अरु व्यक्तिहरुको पिडामा खुसी हुन्छ।

जब मानिसले पाप गर्यो, परमेश्वरले जिवनको रुखको सामु करुबहरु र चारैतिर घुमिरहने एउटा ज्वालामय तरवार राख्नुभयो। जिवनको रुखले अनन्त जिवन - परमेश्वरलाई चिन्नु चित्रण गर्छ। जिवनको रुखको सामु राखिएको यस तरवारद्वारा, परमेश्वरले आदमलाई यो चित्रण देखाउन चाहनुहुन्थ्यो कि अब जसले जिवनको रुखमा हिस्सा लिन चाहन्छ, उसले पहिले आफ्नो स्वयंको जिवनमा तरवारले छेडिएको अनुभव गर्नुपर्छ। हामी उत्पत्ति ३:२१ मा पढ्छौँ कि आदम र हव्वाले पाप गर्ने बित्तिकै, परमेश्वरले अदनको बगेँचामा एउटा जनावरलाई मार्नुभयो, र त्यसको छालाले उनिहरुको निम्ति वस्त्र बनाइदिनुभयो र उनिहरुलाई पहिर्याइदिनुभयो। त्यहाँ पनि परमेश्वरले उनिहरुलाई त्यहि कुरा सिकाउँदै हुनुहुन्थ्यो - कि अब उनिहरुलाई वस्त्र लगाउनको निम्ति केवल बलिदान र मृत्युको माध्यम थियो। आदम र हव्वाले कुनै "मृत्यु" बिना नै आफूलाई ढाक्ने कोसिस गरेका थिए। त्यसैले परमेश्वरले आफ्नो र मानिसहरुसँको सङ्गति र उहाँको स्वभावको वस्त्र पहिरनको लागी शुरु देखि नै बलिदानलाई जोड दिनुभएको हामीले देख्न सक्छौँ।

परमेश्वरले कैनलाई यो बताउँनुभयो कि उनको आधारभूत समस्या उनको भाई हाबिलप्रति भएको "उनको खराब विचार" थियो (उत्पत्ति ४:७)। यहूदा उनिहरुसँग बोल्छन् जो "कैनको बाटोमा हिँड्छन्"। तिनीहरु को हुन्? तिनीहरु ति व्यक्तिहरु हुन् जसले आफ्ना भाईहरुप्रति असल विचारहरु राख्दैँनन्। यस विषयमा हामी सबैले आत्मिक जाँच गर्नु आवश्यक छ। के तपाईले इमान्दारीतापूर्वक भन्न सक्नुहुन्छ कि तपाईको स्थानिय मण्डलीमा हुनुभएको भाईबहिनीहरुप्रति र उहाँको परिवारहरुप्रति तपाईको असल विचारहरु छन्? के तपाईले यो पनि भन्न सक्नुहुन्छ कि अरु मण्डलीका भाईबहिनीहरुप्रति पनि तपाईको असल विचारहरु छन्? तब त्यस घेरालाई बढाउनुहोस् र आफूलाई प्रश्न गर्नुहोस् कि के तपाईले चिन्नुभएको प्रत्येक व्यक्ति, तपाईको आफन्त, शत्रु र तपाईलाई कुनै किसिमले पनि हानि पुर्याएका व्यक्तिहरुको निम्ति पनि तपाईको असल विचारहरु छन्? यदि कुनै मानिस वा उनको बच्चाहरुको बिच केहि असल कुरा हुन्छ र तपाईको हृदयमा केहि कुराले आनन्द मनाउनुको सट्टा अशान्ति भएको महसुस गर्नुहुन्छ, र उनिहरुको परिवारमा केहि खराबी हुँदा तपाईले दु:ख मन गर्नुको साटो, आफ्नो हृदयमा रमाउनुहुन्छ भनें, त्यसको मनोभावले के दर्शाउँछ? केवल यो कि आदमको जिवन तपाईभित्र जिवित र सक्रिय छ।

यदि तपाई आफूप्रति इमान्दार हुनुहुन्छ भने, तपाई आफू कैनको बाटोमा हिँडिरहनुभएको छ कि छैन भन्ने कुरालाई तपाईले छिट्टै पत्ता लगाउनुहुन्छ। यदि तपाई परमेश्वरको अभिषेक तपाईको जिवनमा निरन्तर रुपमा चाहनुहुन्छ भने, तपाईले आफूमा दुष्ट आदम स्वभाव देख्नुहुन्छ भनें त्यसलाई मार्नको निम्ति हतार गर्नुहोस्।

जब गहुँको दाना भुईमा खस्छ र पूर्णरुपले मर्छ, तब मात्र त्यहाँ धैरै फलहरु हुन्छन्। जब कोहि आफूमा पूर्णरुपले मर्छ, कसैले केहि गरे वा नगरे पनि ऊ कहिल्यै दु:खी हुँदैन। उसले सधैँ अरुको भलाई खोज्छ। उ कहिल्यै पनि आफ्नो बारेमा बताईएको कुराहरुलाई लिएर रिसाउँदैन र कसैसँग पनि झगडा गर्दैन। उसले कहिल्यै पनि आत्म-दयाको कारणले आँसु झार्दैन - किनकि साँच्चै, मरेकाहरुले आफ्नो चिहानमा आँसु झार्दैनन्।

कैनले आफ्नो भाईप्रति ठिक विचार नताख्दा उनको मुख कालो भएको हुन्छ (उत्पत्ति ४:६)। हामीले यो कुरा थाहा नपाउन सक्छौँ, तर हाम्रो हृदयमा भएका मनोभावहरु प्राय हाम्रो अनुहारमा देखिन्छ। यदि तपाई सधैँ अरुको भलो चाहनुहुन्छ भने, तपाईको चेहरा सधैँ प्रभुको आनन्दित चेहरा जस्तै झल्किन्छ। धैरै विश्वासीहरु कैनको बाटोमा हिँडिरहनुभएको छ। उनिहरुको ओठको झुटो मुस्कान र "जयमसिह"मा, उनिहरुको सङ्गी - विश्वासीहरुप्रति गलत मनोभावहरु पाउन सकिन्छ। जब मानिसहरु तपाईको विरोधमा जान्छन् र तपाईलाई खराबी गर्दछन्, परमेश्वरले तपाईको सक्कली हृदयको अवस्थालाई स्क्यान गरेर दिनुहुन्छ। यदि तपाईले उनिहरुलाई प्रेम गर्न सक्नुहुन्न भने, तपाईको हृदयको स्क्यानले तपाईले परमेश्वरको स्वभावलाई लिनुभएको छैन भनि देखाउँछ, किनकी परमेश्वरको स्वभाव आफ्नो शत्रुहरुलाई प्रेम गर्ने किसिमको छ। येशूले यहूदा इस्करयोतीप्रति पनि असल योजना बनाउनुभयो।

परमेश्वरले सबै मानिसको निम्ति असल कुराहरु चाह गर्नुहुन्छ। सुसमाचार यो हो कि हामीले उहाँको स्वभावलाई लिन सक्छौँ। जसले यो सुसमाचार बुझैको छैन, उसले सुसमाचार नै बुझेको छैन।

आमेन्!