WFTW Body: 

येशूले मण्डलीको बारेमा केवल दुई पटक बोल्नुभएको छ - मत्ती १६:१८ र १८:१७-२० मा। र ति दुई पल्ट नै उहाँले शैतानले मण्डलीसँग युध्द गरीरहेको बताउनुहुन्छ। पहिलो सन्दर्भमा, येशूले शैतानले मण्डलीलाई प्रत्यक्षरुपमा शैतानिक शक्तिद्वारा - आत्मिक मृत्युद्वारा - हमला गरेको बताउनुहुन्छ। दोस्रो सन्दर्भमा, उहाँले शैतानले कुनै भाईद्वारा, जसलाई उसले भ्रममा पारेको हुन्छ, र जो अन्जानवश उसको लागि काम गरिरहेको हुन्छ, अप्रत्यक्ष रुपमा मण्डलीलाई विगार्न चाहन्छ भनि बताउनुहुन्छ। तर शैतानले जुनसुकै तरिका अपनाए तापनि, परमेश्वरले हामीलाई शैतानका कामहरुलाई बाँध्न, र उसले पक्रेकाहरुलाई छुटाउने अधिकार दिनुभएको छ (मत्ती १६:१९; १८:१९; २ तिमोथी २:२६)। हामीले यो अधिकार पुरै साहससँग प्रयोग गर्नुपर्छ।

येशूले यो भन्नुभएको थियो कि उहाँले बनाउनुभएको मण्डलीमा एउटा पहिचान गर्ने चिह्न हुन्छ; कि त्यसले नरकका ढोकाहरुलाई (आत्मिक मृत्युका शक्तिहरुलाई) जित्छ। अर्को हातमा, यदि मण्डली आफै ति आत्मिक मृत्युका शक्तिहरुद्वारा वशमा छन् भने - जसमा ईर्ष्या वा झगडा, वा प्रतिस्पर्धी आत्मा, वा सम्मानको खोजी गर्ने, वा अमरता, वा पैँसाको लोभी, वा सांसारीकपना, वा तितोपना, वा धमण्ड, वा अहङ्कार, वा फरिसीपना, आदि छन् भने, तब हामी यो मण्डली होइन जुन येशू ख्रिष्टले बनाउँनुभएको मण्डली होइन भनि जान्न सक्छौँ।

शैतानले निरन्तर मण्डलीलाई बिगार्न खोज्दछ। र प्राय: जसो समयमा, उसले आफ्नो निम्ति काम गर्नेहरुलाई मण्डलीमा प्रवेश गराउने प्रयास गर्दछ। यहूदाले "लुकीछिपी भित्र पसेका केहि मानिसहरुको" बारेमा बताउँछन् (पद ४)। यहोशूलाई छल गरेका गिबोनीहरु जसरी (यहोशू ९)। मण्डलीहरुमा यस्ता धेरै व्यक्तिहरु छन् जसले एल्डरहरुलाई छल गरेका छन् र आफू चेला भएको जस्तो गरी नाटक गर्दै मण्डलीको बिचमा लुकिछिपि बस्छन्। तर यि मानिसहरुले कसरी एल्डरहरुलाई छल गर्न सके त? सायद ति एल्डरहरु उनिहरुलाई देखेर धेरै प्रसन्न भएका छन् वा उनिहरुको धनसम्पति वा ओहोदालाई देखेर लालचमा परेका छन्। प्राय जसो सबै बेबिलोनिय झुण्डहरुमा, सांसारीक ओहोदा वा सम्पत्ति भएका मानिसहरुले त्यस समूहका फैसलाहरु लिन्छन्, उनिहरु मण्डलीका एल्डरहरु नभएतापनि। तर हाम्रो बिचमा यस्तो हुनु हुँदैन। यदि हामी सावधान छैनौँ भने, हाम्रो मण्डलीमा पनि गिबोनीहरु आउनेछन्।

हामी परमेश्वरको महिमा गर्छौ कि उहाँले हामीलाई निरन्तर रुपमा हेर्नुहुन्छ र यस्ता शैतानिक आक्रमणबाट बचाउनुहुन्छ। "परमप्रभुले नै शहरको रक्षा गर्नुभएन भने पाले व्यर्थमा जागो बस्दछ" (भजनसंग्रह १२७:१)। दाजुभाईहरु सङ्गै मिलेर एकता बसेको ठाउँमा मात्र परमेश्वरले आफ्नो आशिष दिन सक्नुहुन्छ (भजनसंग्रह १३३:१) - र केवल मिलेर बसेको मण्डलीले नरकको ढोकामाथि विजय प्राप्त गर्न सक्छ। त्यसैले पवित्र आत्मा हाम्रो मध्यमा त्यस एकतालाई बनाईराख्नको निम्ती, सामर्थ्यका साथ काम गर्नुहुन्छ।

प्रकाशको पुस्तकमा दिइएको स्वर्गको प्रत्येक सात झलकमा, हामी स्वर्गमा भएका हरेक प्राणीले परमेश्वरलाई ठूलो स्वरले निरन्तर रुपमा महिमा दिइरहेको पाउँछौ - कहिलेकाहिँ बिजुली र गर्जनको आवाजको साथमा र कहिले गर्जने नदी जसरी। यो स्वर्गको माहोल हो कुनै गनगन वा सर्त बिनाको - निरन्तररुपमा गरिने महिमा। र यो माहोल पवित्र आत्माले हाम्रो हृदय, हाम्रो घर र हाम्रो मण्डलीमा पनि ल्याउन चाहनुहुन्छ। तब शैतान यि सबै ठाउँबाट हटेर जान्छ।

शैतानले धेरै विश्वासीहरुलाई पक्षघात बनाएको छ, र उनिहरुलाई उसको विरुध्दको आत्मिक लडाईमा असक्षम बनाएको छ, किनभने शैतानले उनिहरुमा आफ्ना दाजुभाई र दिदिबहिनिप्रति, आफ्ना आफन्त र छिमेकीप्रति, उनिहरुको परिस्थितिप्रति, र परमेश्वर स्वयंप्रति पनि गनगन र गुनासो गर्ने आत्मालाई हाल्न सफल भएको छ।

प्रकाश १२:८ मा एउटा उदेकको वचन लेखिएको छ कि शैतान र उसको साथिहरुको लागि स्वर्गमा कुनै पनि ठाउँ भेट्टीएन। हाम्रो जिवनमा पनि यस्तै हुनुपर्छ - हाम्रो हृदयमा, हाम्रो घरमा र हाम्रो मण्डलीहरुमा। यि ठाउँहरुमा शैतान र उसका साथिहरुले स्थान नपाउन्।

हामीले यि सल्लाहहरु पालन गर्यौ भने, हामीले शैतानलाई जित्न सक्छौ: अनि परमेश्वरको शान्तिले तिमीहरुका हृदयहरुमा राज्य गरोस्, यसैका निम्ति तिमीहरु पनि एउटै शरीरमा बोलाइएका छौ; अनि तिमीहरु धन्यवादी होओ (कलस्सी ३:१५)। यसकारण म यो अर्ती दिन्छु: सबैभन्दा पहिले विन्ती, प्रार्थना, निवेदन र धन्यवादहरु सबै मानिसहरुका निम्ति चढाइउन् (१ तिमोथी २:१)। हाम्रा प्रभू येशू ख्रीष्टको नाममा परमेश्वर र पितालाई सबै कुराहरुका निम्ति सधैभरि धन्यवाद चढाओ (एफेसी ५:२०)। सबैभन्दा पहिला हामीलाई उनिहरु सबैको निम्ति धन्यवादी हुन भनिएको छ जो परमेश्वरद्वारा ख्रिष्टको शरिरको भागी हुनको निम्ति बोलाइएका छन्। यदि हामीलाई छनोट गर्न दिइएको हुनथ्यो भने, हामीले परमेश्वरले बोलाउनुभएको मध्ये धेरैलाई बोलाउँदैनथ्यौ होला - खासगरी उनिहरुलाई जो हाम्रो शिक्षाको भन्दा बाहिरका छन्!!! तर परमेश्वरको ज्ञान हाम्रो भन्दा बढि छ, यो संसारभन्दा कयौँ गुणा माथि छ, उहासँग पक्कै हाम्रोभन्दा राम्रो मनसाय छ। र यदि हामी बुध्दिमान छौँ भने, हामीले हाम्रो विचारलाई परमेश्वरसँग मिलाउनेछौँ। हामीले एकपल्ट ख्रिष्टको शरिरमा आफ्नो दाजुभाई दिदिबहिनिप्रति धन्यवादि हुन सिक्यौँ भनें, हामीले हरेक मानिसलाई र हाम्रो हरेक परिस्थितिहरुमा पनि धन्यवादी हुन सिक्छौँ। हामीलाई थाहा छ कि हाम्रो स्वर्गीय सार्वभौम पिताले सबै मानिस र सबै परिस्थितिलाई नियन्त्रण गर्न सक्नुहुन्छ। र यदि हामीले साँच्चै विश्वास गर्छौ भनौ, हामीले पक्कै पनि परमेश्वरलाई हरेक घडि प्रशंसा गर्नेछौँ, र तब यो साबित हुन्छ कि हाम्रो राज्य स्वर्गको हो र संसारको होइन। तब शैतानले हामीसँग हार खानेछ। तब मात्र हामी उसको विरुध्द प्रभावकारी आत्मिक युध्द लड्न सक्षम हुनेछौँ।