WFTW Body: 

येशुले लूका ५:३७,३८ मा नयाँ दाखमध्य नयाँ मशकमा हाल्नुपर्ने बारेमा बताउनुहुन्छ। नयाँ दाखमध्य येशूको जिवन हो र नयाँ मशक येशूले बनाउन चाहनुभएको मण्डली हो। येशू जानुभएको पुरानो काना सहरमा, पुरानो दाखमध्य सकिएको थियो। पुरानो दाखमध्य मानिसद्वारा, धेरै समय लगाएर परिश्रमका साथ बनाइएको थियो - तर त्यसले मानिसको आवश्यकतालाई पुरा गर्न सकेन। यो व्यवस्थाको - पुरानो वाचाको - मुनि भएको जिवनको दृष्टान्त हो। पुरानो दाखमध्य सकिन्छ; र प्रभुलाई नयाँ दाखमध्य दिनुअघि पुरानो दाखमध्य सकिने प्रतिक्षा गर्नुपर्छ।

के हाम्रो व्यक्तिगत, वैवाहिक वा माण्डलिक जिवनमा पुरानो दाखमध्य सकिएको छ? छ भनें हामीले परमेश्वरको सामु गएर आफ्नो मागहरु इमान्दारिपूर्वक राख्नुपर्ने हुन्छ। केवल उहाँले हामीलाई नयाँ दाख्मध्य दिन सक्नुहुन्छ! कानामा भएको नयाँ दाखमध्य मानिसको परिश्रमले बनाइएको थिएन। यो परमेश्वरको अलौकिक काम थियो। त्यसैले यो हाम्रो जिवनमा पनि हुन सक्छ। उहाँले आफ्नो नियम हाम्रो हृदय र मनमा लेख्नुहुन्छ, हामीलाई उहाँको सिध्द इच्छा पुरा गर्ने इच्छा राखिदिनुभएर (हिब्रू ८:१०; फिलिप्पी २:१३)। हामी उहाँलाई प्रेम गरौँ र उहाँको आज्ञामा हिडौँ भनेर उहाँले हाम्रो हृदयको खतना गर्नुहुन्छ (व्यवस्था ३०:६; इजकिएल ३६:२७)। यो सबै उहाँको स्वयंको काम हुनेछ, काना सहरमा आफूले गर्नुभएको काम जस्तै। यो अनुग्रहको अर्थ हो। हामीले जिवनभरि प्रयास गरेतापनि - येशूको जिवनलाई बनाउन सक्दैनौ। तर हामीले हाम्रो शरीरमा "मारिनुभएको ख्रिष्ट" (दिनहुँ क्रुस बोक्दै, हाम्रो धमण्डलाई मार्दै, आफ्नो स्व-इच्छालाई र हाम्रो अधिकार र प्रतिष्ठालाई मार्दै) जसरी जिउँछौ भनें, परमेश्वरले हाम्रो जिवनमा येशूको जिवनको नयाँ दाखमध्यको उत्पादन गर्ने प्रतिज्ञा गर्नुभएको छ (२ कोरिन्थी ४:१०)।

नयाँ दाखमध्य पाउँदा, हाम्रो युध्द पापसँग छ। तर नयाँ मशक पाउँदा, हाम्रो युध्द धार्मिक रितिरिवाजहरुको विरुध्दमा छ जसले परमेश्वरको वचनलाई रध्द गर्दछ। र कतिलाई पापबाट स्वतन्त्र हुनुभन्दा मानिसको रिति रिवाजबाट स्वतन्त्र हुन मुस्किल छ! तर, बलजफती गर्ने मान्छेले परमेश्वरको राज्यलाई लिन्छन् (मत्ती ११:१२)। धार्मीक रितिरिवाजलाई कडा तरिका बिना हटाउन सकिदैँन।

हामी यो सोच्न सक्छौँ, ख्रिष्टियन भएपछि, हामी पुरानो मशकबाट छुटकारा पाउँन सक्छौ र ख्रिष्टियन मण्डलीमा हामीसँग नयाँ मशक छ। तर यदि तपाई ख्रीष्टियनका सवाहरुमा ध्यान दिएर हेर्नुहुन्छ भने, तपाईले त्यहाँ भएको पुरानो वाचाको विशेषताहरुभएका मानिसहरु थुप्रै देख्नुहुन्छ। त्यहाँ देख्न सकिने थुप्रै भएपनि, केवल तिन उदाहरणहरुको विचार गर्नुहोस्।

सबैभन्दा पहिला, यहूदीहरुको एक खास जाति थियो (लेवीहरु) जो पुजहारी थिए र सबै धार्मिक कामहरु गर्दथे। सबै यहूदीहरु पुजाहारी बन्न सक्दैनथिए। तर, नयाँ वाचामुनि, सबै विश्वासीहरु पुजहारी हुन् (१ पत्रुस २:५; प्रकाश १:६)। यो प्राय विश्वासीहरुसँग ज्ञानको रुपमा त छ, तर यो वास्तवमा धेरै थोरैले अभ्यास गर्छन्। प्राय: हरेक ख्रिष्टियन झुण्डमा 'पाष्टर' वा ''परमेश्वरको सेवक' वा 'पुरा-समय परमेश्वरको काम गर्ने व्यक्ति' जो ठ्याक्कै पुरानो नियमको लेवीहरु जस्तै हुन्छन्, जसले परमेश्वरको जनहरुलाई परमेश्वरको आराधना गर्न डोर्याउँछन्। यि 'लेवीहरुले' मात्र नयाँ व्यक्तिहरुलाई बप्तिस्मा दिँदछन् र प्रभु भोजमा अगुवाई गर्दछन्। र यि 'लेवीहरु' परमेश्वरको जनहरुको दशांशद्वारा सहायता गरिनुपर्छ। सवाहरुमा, यि 'लेवीहरुले' प्रभुता जमाउँछन् र अरु कसैको सेवाकाईलाई महत्व दिदैनन्। एक-जनाले मात्र बोल्ने सवा पुरानो मशकको भाग हो। नयाँ वाचामा, हरेक विश्वासीले नयाँ दाखमध्यबाट पिउँन सक्छन्, पवित्र आत्माद्वारा अभिषेक गराइन सक्छन् र पवित्र आत्माका दानहरु पाउँन सक्छन्। दुई वा तिन जनाले अगुवाई गर्न सक्छन्, एक वा दुई जनाले अन्यभाषा (जसको हरेक शब्दको कसैले अनुवाद गर्न मिल्छ) बोल्न सक्छन् र हरेक विश्वासीले मण्डलीमा भएको सवामा भाग लिएर बोल्न स्वतन्त्र हुन सक्छन्। १ कोरिन्थी १३ मा नयाँ दाखमध्यको बारेमा वर्णन गरिएको छ - प्रेमले भरिएको जिवन। नयाँ मशक १ कोरिन्थी १२ र १४ मा वर्णन गरिएको छ। तर कतिजना विश्वासीले यो परमेश्वरको अनुसार गर्न चाहन्छन्? दु:खलाग्दो कुरा, धेरै कमले। धेरै व्यक्तिहरु र उनिहरुको तिरिएको 'लेवीहरु' आफ्नै मशकमा सन्तुष्ट छन्।

दोस्रोमा, यहूदीहरुको आफ्नै भविष्यवक्ता थिए जसले उनिहरुको निम्ति धेरै कुरामा परमेश्वरको इच्छालाई पाउँथे - किनकि भविष्यवक्ताहरुसँग मात्र त्यो आत्मा थियो। तर नयाँ वाचाको मुनि, भविष्यवक्ताहरुको छुट्टै प्रकारको काम छ - ख्रिष्टको शरिरलाई निर्माण गर्ने (एफेसी ४:११,१२)। सबै विश्वासीहरुले अब पवित्र आत्मा पाउनेभएकोले, उनिहरुलाई आफ्नो जिवनमा परमेश्वरको योजना के रहेछ भन्दै भविष्यवक्ताहरुकहाँ जाने जरुरत छैन (हिब्रू ८:११, १ यूहन्ना २:२७)। यध्दपी कति विश्वासीहरु अझैपनि पुरानो मशकमा बाँचिरहेका छन्, उनिहरु मानिसहरुकहाँ जादैँ मेरो जिवनमा परमेश्वरको के योजना छ, म कोसँग विवाह गरुँ, आदि भन्दै सल्लाह माग्छन्।

तेस्रो, यहुदीहरु ठूलो समूह भएको व्यक्ति थिए जो विभिन्न ठाउँमा छरिएका थिए तर उनिहरुको मुख्य ठाउँ भनें यरुशलेम थियो र अगुवाको रुपमा शारिरिक पुजाहारी थिए। नयाँ वाचाको मुनि, केवल येशू हाम्रो महापुजाहारी हुनुहुन्छ र केवल एउटा मुख्य स्थान छ, य त्यो स्थान परमेश्वरको सिंहासन हो। यहुदीसँग सामदान थियो जसको मध्यबाट सातवटा हाँगाहरु निस्किएका थिए (प्रस्थान २५:३१,३२)। यो पुरानो मशक थियो।

नयाँ करारमा, प्रत्येक स्थानिय मण्डली एक छुट्टै सामदान हो - जस्को कुनै हाँगा छैन। हामी यसलाई प्रकाश १:१२,२० मा स्पष्ट रुपमा देख्न सक्छौ, जहाँ एसियाका सात स्थानिय मण्डलीलाई सात छुट्टै सामदानको प्रतिनिधित्व गरिएको छ - यहुदीको सामदानभन्दा विपरीत। येशू मण्डलीको शिरको रुपमा, ति सामदानको बीचमा हुनुहुन्छ। ति दिनहरुमा कुनै सांसारिक पोप थिएनन्, न अध्यक्ष न ता कुनै पनि समूहको मुख्य व्यक्ति नै थिए। यस संसारमा नै कुनै मुख्य एल्डर थिएनन्, जसको निर्णय कुनै पनि सम्बन्धमा अन्तिम हुन्थ्यो। हरेक स्थानिय मण्डली स्थानिय एल्डरद्वारा चलाईन्थ्यो। यि एल्डरहरुले आफ्नो शिरको रुपमा सिधै परमेश्वरलाई जिम्मेवारी दिन्थे। तर आज हामी हाम्रो वरिपरि धेरै ख्रिष्टियनहरुलाई देख्छौ जो यस्तै समुहको (पुरानो मशक) प्रणालीमा छन्, चाहे कुनै नाम दिएर वा नाम बिना - किनकि त्यहाँ धेरै यस्ता समूह छन। जुन आफू कुनै समुदायको हुँ भनि विश्वास गर्दैनन्, तर तिनीहरुमा ति समुदायका जस्ता विशेष्ताहरु छन्। यो सबै पुरानो मशक हो।

परमेश्वरले स्थानिय मण्डलीमा भ्रष्टाचार फैलिन रोक्नको लागि नियुक्त गर्नुभएको छ। यदि एसियाका सात मण्डलीहरु एक अर्काको हाँगा भएका भए, बालाम र निकोलाइटन र झुटा शिक्षाहरुका (प्रकाश २:१४,१५,२०) भ्रष्ट शिक्षाहरु ति सातै वटा मण्डलीमा फैलनेथ्यो। तर तिनीहरु छुट्टै सामदान भएकाले, स्मर्ना र फिलाडेल्फिया यि दुई मण्डलीले आफुलाई शुध्द राख्न सके। यदि तपाई आफ्नो सवा शुध्द राख्न चाहनुहुन्छ भने, आफू कुनै सम्प्रदाय वा कुनै शिक्षाको हुनुहन्छ भन्ने पुरानो मशक हटाउनुहोस्। परमेश्वरले हाम्रो देशमा धेरैलाई उठाउनुभएको होस् जसले मानिसको रितिलाई (मत्ती ११:१२), जसले धेरैलाई बन्धनमा राखेको छ विरोध गर्न तयार होउन्, र जसले हरेक ठाउँमा परमेश्वरको शरिरलाई निर्माण गरुन्।

आमेन्।